खाना खान मनै नलाग्नु वा भोक लाग्दा–लाग्दै पनि खाना मीठो नलाग्नु र घाँटीबाट तल नजानुलाई अरुचि या खान मन नलाग्नु भनिन्छ । चिया–कफीको अधिक सेवन, विषम ज्वरो पछिको समय, शोक, डर, अति लोभ, अति क्रोध एवं गन्ध, छातीको जलन, दिसा राम्रो नआउनु, कब्जियत हुनु, लिभर तथा आमाशायमा खराबी हुनु आदि कारणले अरुची हुनेगर्छ ।
खाना रुचाउने घरेलु उपचार
१. खाना खानुभन्दा एक घण्टा पहिले एक चम्चा पंचसकार चूर्ण तातोपानीसँग खानाले खुलेर भोक लाग्छ ।
२. हरियो धनियाँमा हरियो खुर्सानी, टमाटर, अदुवा, हरियो पुदिना, जीरा, हिङ, बिरेनुन हालेर सिलौटामा पिसेर बनाएको चटनी खानाले खानाप्रति इच्छा फेरि उत्पन्न हुन्छ ।
३. राती सुत्ने समयमा अमला ३ भाग, हर्राे २ भाग तथा बर्रो १ भागलाई मसिनो चूर्ण बनाएर एक चम्चा मनतातो पानीसँग लिनाले बिहान दिसा खुल्दछ एवं भोक पनि खुलेर लाग्दछ ।
४. खानामा पातलो एवं हल्का व्यञ्जनहरुको प्रयोग गर्नाले खाएको खाना तुरुन्त पच्दछ, जसले गर्दा भोक पनि चाँडो लाग्दछ ।
५. खाना खाइसकेपछि बिहानबेलुका दुई चम्चा झण्डु पञ्चावस सिरप लिनाले खाएको खाना चाँडो पच्छ र खानाप्रति रुचि जागृत हुन्छ ।











