नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएपछि बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टोलीबाट निलम्बन गर्ने निर्णय गरेको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले निलम्बन गरिएको मल्लले बताए ।














