काठमाडौं– नेपाल चिकित्सक संघको अध्यक्षमा डा अनिलविक्रम कार्की विजयी भएका छन्। उनी लोकतान्त्रिक समूहका हुन् । संघको मंगलबार सम्पन्न मतगणना अनुसार अधिकाशं पदमा लोकतान्त्रिक समूह नै विजयी भएको छ ।
मतपरिणम अनुसार प्रगतिशिल समूहबाट एकजना सदस्यबाट निर्वाचित भए ।
कार्की अध्यक्षका अर्का उम्मेदवार प्रगतिशिल समूहका डा सन्तोष पौडेल भन्दा १२१४ मत धेरै ल्याएर विजयी भएका हुन् । उनले ३५३७ मत पाए भने पौडेलले २३२३ मत पाए।

यस्तै महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा सन्जिब तिवारी विजयी भएका छन्। उनले डा अमृत भुसाललाई १३७७ मतले पराजित गरेका छन्। तिवारीले २९१८ मत पाएका छन् भने भुसालले १५४१ मत पाए। यस्तै अर्की उम्मेदवार रक्षा श्रेष्ठले १५०५ मत पाइन्।
यसैगरी उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा निरज कुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा प्रशान्त भट्ट वीजयी भएका छन्।
सदस्यहरुमा लोकतान्त्रिक समूहका डा अमित रञ्जन मिश्र, डा किशोर खत्री, डा सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा स्मृती महत विजयी भएका छन्।
वरिष्ठ उपाध्यक्ष डा वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह(कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह(सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
संघको निर्वाचनमा कुल ६२९१ मत खसेको थियो।













