• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इस्लाम र हिन्दुको प्रेमकथा ः पटना ब्लुज पुस्तक समीक्षा 

by
२१ भदौ २०७९,
0
इस्लाम र हिन्दुको प्रेमकथा ः पटना ब्लुज पुस्तक समीक्षा 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पटना र मेरो एउटा अचम्मको सम्बन्ध छ । विराटनगर र दुहबीमा स्कुल कलेज पढेको बेला छिमेकी देशको पटनाका बारेमा  चर्चा हुन्थ्यो । राम्रो पनि नराम्रो पनि । पटनामा लगेर मान्छेलाई बेच्छन् देखि पटनाका कलेज र अस्पतालका सुविधाहरू सम्म कुराकानीका हाइलाइट्स हुन्थे । 

म पटना गएको त छैन तर एकफेर बैंककबाट नेपाल आउँदा हवाई जहाज असाध्यै ढिला भयो, अनि राती आउँदा पाइलटले तल देखिएको बत्ती बलेको सहर पटना हो भन्दै ल्याएका थिए, मैले झ्यालबाट तल हेरेँ, तल अँध्यारोको बिचमा ससाना बत्तीहरू माझमा पटना देखिएको थियो । 

आज चाहिँ पटना ब्लुज, एउटा पुस्तकको कथा ल्याउँदै छु । 

लेखक अब्दुल्लाह खान बैङ्क मा काम गर्छन्, उनको लेखाइमा बैङ्कको एकतमासको जागिर प्रतिको वितृष्णा र कल्पनाको सागरमा स्वतन्त्र डुलाई पाइन्छ । बिहारको चम्पारनमा आफ्नो अध्ययन सकाएका यी लेखकले मुसलमान विद्यालय मदरसाबाट विद्यालय स्तरको पढाई पुरा गरेका हुन् । 

भारतमा अहिले यी लेखकको पटना ब्लुज उपन्यास बहुतै चर्चामा छ । बिशेषत अहिले त्यहाँ खुबै चर्चामा रहेको हिन्दुत्वको जगाइएको भावना अनिइस्लामको सहभागितात्मक मुद्दामा यो उपन्यासको चर्चा रहेको पाइन्छ । 

त्यसमाथि बैंकर अब्दुल्लाह लेखन र वित्त व्यवस्थापनमा मात्र नभई विज्ञान विषयका ज्ञाता हुन र यिनको बिहार र पटनाको बुझाई वास्तवमै उल्लेखनीय मानिएको छ । 

आउनुहोस् पटना घुमौँ । आरिफ खानले हामीलाई हात समाएर पटना घुमाउँछन् किनभने आरिफ पटना ब्लुजका मुख्य पात्र हुन् । 

सन् १९७० मा जन्मिएका आरिफले सरकारी सेवामा जागिर खाने धोको राखेका हुन्छन् । सम्पूर्ण पटना ब्लुज नै आरिफ २० वर्षको छँदा गरेका जागिर अनि करिअरको लागि सङ्घर्षको घटना हो । ७० मा जन्मेका आरिफ २० वर्षका हुँदा ९० को दशक हुन्छ, त्यस बेलाको भारतको एउटा अमिट प्रतिबिम्ब पटना ब्लुजमा छ ।  

सपना, चाहना, बिछोड, भाग्य अनि समाजको बिम्बहरू यस पुस्तकमा बेजोड रूपमा आएका छन् । एउटा सटल प्रेमकथा छ यसमा जहाँ आरिफ आफ्नो सङ्घर्षका दिनमा एउटी हिन्दु महिलासँग प्रेममा पर्दछन् । यो फरक खालको प्रेम हो, आरिफ जसलाई प्रेम गर्दछन् ती महिला आरिफ भन्दा धेरै जेठी छिन् । ती महिलाका आरिफ जत्रा सन्तान छन् । आरिफले धर्मको सँघार मात्र नाघेनन् तर उमेरको बन्देज पनि नाघेका छन् । ना उम्र की सीमा हो ना जन्मका हो बन्धन, आरिफको प्रेमले उजागर गरेको छ । 

माया र प्रेममा उमेर अनि धर्मको पाबन्दी हुँदैन भन्ने कुरा पटना ब्लुज बाट लेखकले दर्साउन खोजेका छन् । 

कता कता यो उपन्यासमा बाबरी मस्जिद   विवादका टुक्राहरू पाइन्छ भनेँ कतै मानवताका अक्षरशः दृष्टान्तहरू पनि । 

भारतीय कर्मचारीतन्त्रमा सन् १९९० मा मण्डल कमिसन लागु गरिएको थियो जसले अन्य जात र धर्मका मान्छेलाई सरकारी सेवामा जान अफ्ठेरो भएको बताइन्छ । उपन्यासमा यी सबै कुराहरु छन् । आरिफ प्रेममा घुलेर जान्छ, उसको सपना अनि चाहना सबै अन्ततः मायामा डुबेर नै जान्छ । 

आफ्नो उपन्यासमा लेखकले बिहारमा भएका सम्पूर्ण हिन्दु मुसलमान विवाद अनि सहजताका कुराहरू उतारेका छन् । उन्को कथामा अर्की मुसलमान पात्र पनि छिन् जसको नाम फर्जाना हो । फर्जाना सन् १९८० सम्म मुसलमान पत्रिका किनेर पढ्ने गर्दछिन् तर त्यसपछि क्रमशः उनी हिन्दु पत्रिकाहरू पनि पढ्न थालेकी हुन्छिन् । फर्जानाको पात्रले कता कता धर्म भन्दा माथि एउटा विशाल मानवताको उदाहरण दिएर जान्छ । 

धेरै पटक शाम ए बारात अर्थात् खुसीको रातको बारेमा उपन्यासमा चर्चा गरिन्छ । यो उपन्यास ती पात्रहरूको हो जसले आफ्नो धर्मको पहिचान त्यागेर केवल मानव अनि खुसीको कुरामा केन्द्रित छन् । 

आरिफको माया अधुरो रहन्छ । अन्ततः उसले मुसलमान धर्मकै एउटा शाखा वहाबी धारकी केटी सँग विवाह गरेर गुजरात जान्छ तर गुजरातको दङ्गाका क्रममा श्रीमतीको हत्या हुन्छ । धर्मको असमानताले एउटा प्रेम छाडेर आफ्नै धर्मको विवाह गरेको आरिफको प्रेम जागिन सक्दैन । सन् २००२ को यस घटनापछि आरिफ विरक्त हुन्छ, मुम्बई फर्कन्छ अनि उनले एउटा हिन्दु मालिकको कम्पनीमा जागिरका लागि आवेदन दिन्छ । आरिफ अब बिरामी भइसक्यो, मुम्बईमा आएर आफ्नो सपना, चाहना अनि प्रेमका अनेक धागाहरूलाई अधुरो छाडेर आरिफको मत्यु हुन्छ । अन्ततः मुम्बईका आरिफका हिन्दु साहुको पछुतोपन नै यस उपन्यासको कडी हो । धर्म बाहिरको मानवता र सम्मानलाई यस उपन्यासले बडो राम्ररी प्रस्तुत गर्दछ । 

बिहारको उर्दु भाषी आरिफको कथालाई सन् १९७० बाट सन् २००२ सम्म यस उपन्यासले विभिन्न आरोह अवरोह दिएको छ । 

आरिफका कान्छा भाइलाई दिल्लीको बम काण्डमा जबरजस्ती मुछिन्छ किनभने उनी इस्लाम हुन् । आरिफले गुजरात र मुम्बईका नियति भोग्दछ भने उसको भाइले दिल्ली भोग्दछ । यता आरिफ मर्‍यो उता उसको कान्छो भाइलाई पुलिसले लैजान्छ, उनी हिरासतमा नै हराउँदछन् । 

आरिफका परिवार अब केही नलागेर दुख्नका साथ दुवै छोराहरूको शोकमा आफ्नो पोकापन्तुरा बोकेर पटना फर्किन्छन् । 

आरिफले ज्युँदा छदा उर्दु उल्था गर्ने जागिर त पाँउदछन तर  सँगै जागिर तयारी गर्न पढ्ने साथीले भनेँ सहजै सरकारी जागिरमा नाम निकाल्दछ र आरिफले आफ्नो धर्मकै कारण सरकारी जागिर परीक्षामा फेल हुन्छ । 

बिहारको केही गाउँ अनि ससाना सहर सँगको आवेग अनि गुजरात र मुम्बई सम्मको नियात्रा भएको यस उपन्यासले अहिले भारतको पुस्तक प्रेमीलाई तानेको छ । अब्दुल्लाह खानले सोसियल रियाल्जमको यो अभूतपूर्व उपन्यास लेखेको मान्न सकिन्छ है । 

धर्मले ल्याएको विभेदलाई यस उपन्यासले प्रस्तुत गर्दछ । मानवतालाई नै मुख्य धर्मका रूपमा लेखकले सन्देश दिएका छन् । शायद मैले जहाजबाट ससाना बत्ति बलेका सहरका टुक्राहरुमा कतै आरिफको घर पनि होला, आरिफलाई मैले अझै भुल्न सकेकै छैन । 

पढ्नै पर्ने यस पुस्तकको कथा आजलाई यति नै । 

सुयोग ढकाल 

Previous Post

नुनमा डुबेकागुलिया कविताहरू

Next Post

PM मोदी 75 प्रतिशत रेटिङका साथ सबैभन्दा लोकप्रिय विश्व नेताहरूको सूचीमा शीर्ष स्थानमा: सर्वेक्षण

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post

PM मोदी 75 प्रतिशत रेटिङका साथ सबैभन्दा लोकप्रिय विश्व नेताहरूको सूचीमा शीर्ष स्थानमा: सर्वेक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In