• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

metakhabar by metakhabar
१६ साउन २०८२,
0
झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा : यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय  विवाह गरिन् तर उनको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन। एक सन्तानकी आमा उनी विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो। उनलाई श्रीमान् र घरपरिवारबाट घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने र छोरालाई स्याहार नगरेको आरोप लगाउन थाले।

आफूमाथिको आरोप मीनालाई सह्य नभएपछि घर झगडा सुरु भयो। श्रीमान्ले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि उनले जिल्ला अदालतमा सम्बन्धविच्छेद (पारपाचुके) सम्बन्धी मुद्दा दर्ता गरिन्। त्यसपछि  घरमा थप कलह बढ्यो। उनी आफ्नो घर त्यागेर माइती घरमा बस्न थालिन्। उनको पति–पत्नीको सम्बन्धविच्छेदको मुद्दा गएको जेठ १९ गते अलग हुने सहमतिमा मिलापत्र भयो। हाल ती युवती श्रीमान्बाट अंशसमेत नलिई सम्बन्धविच्छेद् गरेर माइतमा बस्तै आएकी छिन्।

यसैगरी, रम्भा गाउँपालिकाकी अर्की महिलाले पनि सम्बन्धविच्छेद गरिन्। विदेशमा रहेका श्रीमान्सँग अविश्वास बढेपछि बिहे गरेको ४ वर्षमा सम्बन्धविच्छेद गर्नु पर्‍यो। तानसेनकी एक महिलाको पनि पीडा उस्तै छ। १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गरिन्। आमाबुबाको काखमा खेल्ने उमेरमा विवाह गरेकी उनले सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि जिल्ला अदालत पाल्पाबाट सम्बन्धविच्छेद गरिन्।

पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिने, अन्य केटीसँग लागेका कारण उनले सम्बन्धविच्छेद गर्नुपरेको बताइन्। ‘सानैमा परिवारका केही सदस्यको करकापमा लतारेर विवाह गराइदिनुभयो। मैले धेरै दुःख पाएँ, श्रीमान्ले दिएको पीडा सहन नसकेपछि सम्बन्धविच्छेद गरेँ’, उनले भनिन्।

पारिवारिक खटपट भए पनि यसअघि सम्बन्धविच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्धविच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । रम्भा गाउँपालिकाका एक युवाका आठ वर्षकी छोरी र डेढ वर्षका छोरा छन्। २८ वर्षको उमेरमै दुई छोराछोरी पाइसकेका उनले २४ वर्षकी श्रीमती सीमासँग २०८२ असार १९ गते सम्बन्धविच्छेद गरे। श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने, आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्धविच्छेद गर्नु परेको उनले बताए।

रामपुरका ३५ वर्षीय अर्का युवाले पनि २७ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गरे। २०७० मा  प्रेमविवाह गरेका उनका पनि सात वर्षका छोरा र दुई वर्षकी छोरी छन्। ती युवाले श्रीमती परपुरुषसँग लागेको थाहा पाएपछि सम्बन्धविच्छेद गरे। ‘टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएपछि सम्बन्धविच्छेद गरी पाऊँ’, भनी उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए।

यी त केही प्रतिनिधि पात्र मात्र हुन्। अपरिपक्व विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण पाल्पामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्यामा वृद्धि भएको छ। जिल्ला अदालत पाल्पामा तीन वर्षमा सम्बन्धविच्छेदका मात्र एक हजार ३५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीका अनुसार २०७९/८० मा ४४३, २०८०/८१ मा ४२८  र २०८१/८२ मा ४८५ मुद्दा दर्ता भएका थिए।

अघिल्लो आर्थिक वर्षमा कुल ८१५ मुद्दा दर्ता भएकामा सम्बन्धविच्छेदका मात्र ४८५ रहेका छन्। अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्धविच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने गरेको स्रेस्तेदार पराजुलीले बताए। उनका अनुसार दर्ता मुद्दामध्ये एक हजार १४२ वटा फर्स्यौट भएका छन्। सामाजिक सञ्जालको दुरुपयोग, कम उमेरमा विवाह, वैदेशिक रोजगारजस्ता कारणले गर्दा पारिवारिक बेमेल भएकाले सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका हुन्। सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रबाट बढी सम्बन्धविच्छेदका मुद्दा आउने गरेका उनको भनाइ छ।

अझ रोचक तथ्य के छ भने यहाँ सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या पनि बढ्दै गएको छ। गत  आर्थिक वर्षमा ४८५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६६ वटा मुद्दा पुरुषले दर्ता गरेका थिए। पुरुषले दिएका अधिकांश मुद्दा पक्षमा फैसला भएका छैनन्। महिला अर्थात् पत्नीलाई प्रतिवादी बनाएर पुरुष अर्थात् पतिले सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दा दिनेका संख्या बढेको छ।

पछिल्लो वर्षमा यस्ता खालका मुद्दा बढेका हुन्। तर, दाबीसहितको प्रमाण अपुग हुने गरेको पाइएको छ। केही पक्षमा फैसला भएको छ। पुरुषले दर्ता गरेका अधिकांश मुद्दामा प्रमाण नपुगेको अदालतका तहसिलदार रामप्रसाद पोखरेलले बताए। विपक्षी महिलाले प्रतिउत्तर नलगाएका मुद्दा र दाबी अनुसारका प्रमाण पुगेका केही मुद्दामा मात्रै पुरुषको पक्षमा फैसला भएको पोखरेलको भनाइ छ।

‘पीडा दबाएर बसेका पुरुषहरू पनि नयाँ कानुन आएपछि सम्बन्धविच्छेद गर्न अग्रसर देखिएका हुन्,’ स्रेस्तेदार पराजुलीले  भने ‘सम्बन्धविच्छेद अहिले फेसन भएको छ, सम्बन्धविच्छेद गर्न पतिपत्नीबीच प्रतिस्पर्धा हुने गरेको देखिएको छ ।’ सम्बन्धविच्छेद गर्न आउँदा उनीहरूले कुटपिट गरेको, खान लाउन नदिएको भन्ने गुनासो गर्ने गरेका छन् । तर, वास्तविकता त्योभन्दा फरक भएको पराजुली बताउनुहुन्छ। ‘पछिल्लो समयमा सामाजिक सञ्जाल, श्रीमान्हरू वैदेशिक रोजगारीमा रहेका महिलाहरू सम्बन्धविच्छेद गर्ने गरेको देखिएको छ,’ उनले भने, ‘बर्सेनि सम्बन्धविच्छेद गराउनेको संख्या डरलाग्दो रुपले वृद्धि भइरहेको छ । अहिले त पुरुषको संख्या पनि बढ्दै गयो ।’

स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्धविच्छेदका घटनाले प्रशय पाएको स्रेस्तेदार पराजुली  बताउँछन्। उनले भने, ‘सकेसम्म पुनः घरबार होस् भनेर हामीले मेलमिलाप गराउने प्रयास गरेका छौँ, तर परिस्थिति सोचेअनुरुप नभएपछि एउटा निर्णय गर्न बाध्य छौँ।’

यसलाई न्यूनीकरण गर्न समाज र अभिभावक सतर्क नरहने हो भने अझ भयावह बन्ने उनको बुझाइ छ। यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्धविच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो ।

तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्धविच्छेदमा अग्रसर हुने गरेको देखिएको अधिवक्ता शिवप्रसाद देवकोटाले बताए।

सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण वैदेशिक रोजगार भएको उनको बुझाइ छ। अधिवक्ता देवकोटो भन्नुहुन्छ, ‘कामको खोजीमा श्रीमान् वैदेशिक रोजगारीमा जाने गरेका छन्। लामो समयसम्म श्रीमान् श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्का–उपशङ्का गर्न थाल्छन् र सम्बन्धविच्छेदको बाटो खुल्छ।’ कम उमेरमा विवाह, प्रेम विवाह, पितृ सतात्मक सामाजिक संरचनाबाट ग्रसित जस्ता कुराले पनि सम्बन्धविच्छेद हुने गरेको उनले बताए।

देवकोटाले भने, ‘प्रेमी–प्रेमिकाले विवाह हुनुपूर्व एक आपसमा आश्वासन बाँड्ने तर विवाहपछि ती आश्वासन पूरा नगर्ने, अर्कोतर्फ माइतीमा आमा/बुबाले दिने मानसम्मान सासू, ससुराबाट नपाउँदा पनि घरायसी झगडाबाट श्रीमान्, श्रीमतीको सम्बन्ध टुट्न पुग्छ।’ सूचना प्रविधिको प्रयोगबाट हुने विवाहमा पनि सम्बन्धविच्छेद हुने गरेको उनको भनाइ छ।

सम्बन्धविच्छेदलाई आज पनि पारिवारिक रूपमा कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ। दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको छ।

बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने महिला अधिकारकर्मी गङ्गा पौडेल बताउँछिन्। सम्बन्धविच्छेदका सकारात्मकभन्दा नकारात्मक असर भेटिने उनको भनाइ छ तर  सम्बन्धविच्छेदसँग बालबालिकाको उदासीपनसँगै सकारात्मक पक्ष पनि जोडिएको हुन्छ। ‘दैनिक हुने झै–झगडाबाट मुक्त हुँदा उनीहरूमा सकारात्मक असर पनि देखिएका हुन्छन्’ पौडेल भन्छिन्।

Previous Post

‘टोलका जातीय नाम फेरिए, आत्मसम्मान महसुस भयो’

Next Post

विद्यालय शिक्षा विधेयकमाथि सहमति नजुट्दा प्रक्रिया रोकियो, शिक्षक महासङ्घको चेतावनीपछि सरकार दबाबमा

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकार आयो, युवा गए
फिचर-ब्यानर

सरकार आयो, युवा गए

२३ अशोज २०८३,
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
फिचर-ब्यानर

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

२३ अशोज २०८३,
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
Load More
Next Post
विद्यालय शिक्षा विधेयकमाथि सहमति नजुट्दा प्रक्रिया रोकियो, शिक्षक महासङ्घको चेतावनीपछि सरकार दबाबमा

विद्यालय शिक्षा विधेयकमाथि सहमति नजुट्दा प्रक्रिया रोकियो, शिक्षक महासङ्घको चेतावनीपछि सरकार दबाबमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In