काठमाडौं ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।
रेशम चौधरी देउवा निवास बुढानीलकण्ठ पुगेर भेट गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत देउवासँगको भेटबारे जानकारी दिँदै ‘राजनैतिक महत्त्वपूर्ण छलफल’ भएको उल्लेख गरेका छन्।
यसअघि, नाउपाको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।













