• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः मुख्य राजमार्गकै यात्रा कठिन

metakhabar by metakhabar
१३ साउन २०८२,
0
आलेखः मुख्य राजमार्गकै यात्रा कठिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, १३ साउनः काभ्रेपलाञ्चोकअन्तर्गत मुख्य दुई राजमार्ग अरनिको र बिपी राजमार्ग अवस्थित छन् । अरनिको राजमार्गमा तीन वर्षदेखि र बिपी राजमार्गमा ठीक दश महिनादेखि कठिनाइ पूर्ण यात्रा गर्न बाध्य भएका छन्, मध्यपहाडी क्षेत्रका नागरिक । अझ, अरनिको राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको काभ्रेपलाञ्चोकको धुलिखेलदेखि भक्तपुरको सूर्यविनायकसम्मको सडकमा पनि हाल कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता झेलिरनुपरेको छ ।

पानी पर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे हुने अहिले यी राजमार्गका विशेषता बनेका छन् । घुलाम्मेको अवस्थामा भने जसातसो यात्रामा केही राहत जस्तो देखिन्छ, तर वर्षामा भने हिलोका कारण यात्रा निकै कठिनाइ हुने नै गर्छ, वर्षाका बेला बिपी राजमार्गमा भने बाढीपहिरोको उत्तिकै जोखिमपूर्ण अवस्था रहेको छ । हाल बिपी राजमार्गमा मनसुनका समयमा राति दश घण्टा यातायातका साधन सञ्चालनमा रोक लगाइँदै आएको छ ।

काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने हुँदा जोखिम न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीसम्मको क्षेत्रमा असार ७ गतेदेखि सोही समयमा करिब दश घण्टा १५ दिनका लागि र असार २२ गतेदेखि थप एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाइएको छ ।

गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात् पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्युपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ ।

बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भैहाले पन्छाउन ठूला बोल्डर ‘स्ट्यान्डबाई’ राखिएको कार्यालयले जनाएको छ । कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अबरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५÷१५ वटा उपकरणका साथै डिभिजनले डोजर, टिपर, लोडरलगायतका सात उपकरण तयारी अवस्थामा राखेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो ।

नेपाल सरकारले गत सालको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको हो । क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो । इन्जिनियर योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ पुनर्निर्माण हुने सडकमध्ये डालाबँेसीदेखि ४०० बेँसीसम्मको साढे आठ किमीका लागि खानी÷कमलजित÷एवान जेभी छनोट भएको छ । उक्त सडकखण्ड पुनर्निर्माण गर्न निर्माण व्यवसायीसँग रु एक अर्ब ४२ करोड कबोल भएको जनाइएको छ । काभ्रेपलाञ्चोकतर्फको ४०० बेँसीदेखि भकुण्डेबेँसीसम्मको ११ किमी सडक पुनर्निर्माणका लागि भने प्राविधिक मूल्याङ्कनको काम भइरहेको उहाँले बताउनुभयो ।

यस्तै, काभ्रेपलाञ्चोकतर्फकै वर्षेखोलादेखि डालाबेँसीसम्मको साढे पाँच किमी सडकखण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारले पुनर्निर्माण गर्ने भएका छन् । उक्त तीन दशमलव दुई किमी जाइकाले र दुई दशमलव तीन किमी सडक नेपाल सरकारले पुनर्निर्माण गर्ने जनाइएको छ । सिन्धुलीको खाल्टे डिभिजन सडक कार्यालयले ठेक्का लगाएको नेपालथोकदेखि वर्षेखोलासम्मको चार किमी सडक भने सम्झौताका चरणमा रहेको छ ।

क्षतिग्रस्त सडक नेपाल सरकारबाट रु आठ अर्ब ५० करोडको बजेट सुनिश्चित भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीको सडकखण्डका लागि रु एक अर्ब बजेट सुनिश्चित भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार हालको वर्षायाममा राजमार्ग पुनर्निर्माणको काम सुरु हुँदैन । भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन सडक बनाइने भएको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यस राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।

त्यसो त, अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ । करिब चार वर्षसम्म सडक नबन्दा ठेक्का रद्द गरेको डिभिजन कार्यालय भक्तपुरले पुनः स्रोत सुनिश्चित भए पनि यस सडकखण्डको स्तरोन्नति कार्यका लागि बोलपत्र आह्वान गरे पनि नयाँ ठेकेदारमार्फत काम थाल्न अझै केही महिना लाग्ने जनाएको छ । यस सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक बिस्तारको काम यस कम्पनीले २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । पछिल्लो वर्षदेखि यस सडकखण्डको निर्माणको काम ठप्प प्रायः नै थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । यस सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि खण्डखण्डको काममा अन्योलता छाएको थियो ।

स्रोत सुनिश्चित भए पनि नयाँ ठेक्कामा जाँदा केही महिना लाग्ने भएकाले सवारी साधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख योगेशले नयाँ बोलपत्र आह्वान गरिसकेकाले नयाँ प्रक्रिया थालिएको बताउनुभयो । “नयाँ ठेक्का खोलिसकेकका छौँ, अबको डेढदेखि दुई महिनाभित्र काम सुरु हुन्छ, सायद भदौ अन्तिम साता वा असोजदेखि काम सुरु गर्नेगरी तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार नयाँ ठेक्का खोल्न रु ४२ करोड स्रोत सुनिश्चित भएको हो ।

हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा काट्ने काम मात्रै भएको छभने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा माटो काट्न नै बाँकी रहेको छ । अघिल्लो जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि पटक पटकको वर्षामा सबै बगाएर खण्डहर झैँ बनाएको थियो ।

समयमा नै निर्माणसम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते हुने गरेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो ।

यस सडकमा गुड्ने मालवाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो । यसैगरी, स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गतको साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सञ्चालन हुने आयोजनाले जनाएको छ । मनसुन बाहिरिएपछि पनि निर्माणमा ढिलाइ हुने देखिएपछि अझै यस सडकखण्डमा कष्टपूर्ण यात्रा गर्नुपर्ने नै देखिएको छ ।

यस सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । त्यस क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार कार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिए पनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन । सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार सडक विस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा बिजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो । बनेपा सहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माण कार्य भइरहे पनि वर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ । पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि चार महिनादेखि विस्तार कार्य नै रोकिएको थियो । सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण कार्य अवरुद्ध पारेका हुन् ।

सडकको डिजाइनअनुसार नै सडकको बीचबाट बराबर छुट्याउने भएकाले स्थानीयले घरको दूरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माण कार्य रोकिएको खनालले बताउनुभयो । उहाँका अनुसार पटकपटक गरिएको सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ ।

पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य शहर क्षेत्रमा समेत निर्माण कार्य रोकिँदै आएको थियो ।

यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । आयोजनाले बाँकी करिब छ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । २०७९ पुस २४ गते सुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यस सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको थियो ।

हाल दुई खण्डको विस्तारको काम ५० प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको हो । यस आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

आयोजनाको सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीका अनुसार निर्धारित समयभित्र विस्तारको काम नसकिने भएकाले समय थप्नुपर्ने देखिएको छ । उहाँका अनुसार मापदण्डभित्रका घर–टहरा भत्काउन, रूख, बिजुलीका पोल तथा अप्टिकल फाइबरको केवल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन । यस्तै साँगा–धुलिखेल खण्डमा बनेपाको शहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ । समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।

Previous Post

विक्की अग्रवालको निर्देशनमा ‘क का कि की’ फिल्मको घोषणा

Next Post

तृप्ति डिमरीकाे जन्मले खुसी थिएनन् परिवार !

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
तृप्ति डिमरीकाे जन्मले खुसी थिएनन् परिवार !

तृप्ति डिमरीकाे जन्मले खुसी थिएनन् परिवार !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In