• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वाइडबडीको अनौठो चक्रः खरिद, ऋण, र अनुसन्धानमा एउटै व्यक्ति – न्यायका नाममा चयनमुखी सौदा ?

metakhabar by metakhabar
१३ साउन २०८२,
0
वाइडबडीको अनौठो चक्रः खरिद, ऋण, र अनुसन्धानमा एउटै व्यक्ति – न्यायका नाममा चयनमुखी सौदा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा शक्ति, सुविधा र संरचनाको चक्र कतिसम्म एकल व्यक्ति वरिपरि घुम्न सक्छ भन्ने उदाहरण बनेका छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई। वाइडबडी विमान खरिदमा देखिएको अनियमितता मात्र होइन, उक्त अनियमितताका सूत्रधारमध्ये एक व्यक्तिलाई अनुसन्धानको सम्पूर्ण चक्रमा उन्मुक्ति दिने निर्णयले न्याय र नैतिकताको आधारमा गम्भीर प्रश्न खडा भएको छ।

विविध संवैधानिक पदमा पुगेका प्रेम राई वाइडबडी प्रकरणमा खरिद स्वीकृत गर्ने, ऋण दिने, र अहिले अनुसन्धान गर्ने जिम्मेवारी सम्हाल्ने तीनै भूमिकामा संलग्न थिए।

२०७३ मा पर्यटन सचिव रहेका बेला जहाज खरिदको प्रारम्भिक निर्णयमा संलग्न राई त्यसपछिका वर्षहरूमा निगम सञ्चालक समितिको अध्यक्ष, नागरिक लगानी कोष र सञ्चयकोषका अध्यक्षसमेत रहे। जहाज किन्न उनले नेतृत्व गरेको समितिले प्रक्रिया अघि बढायो, ऋण स्वीकृत गर्‍यो, र अहिले उनी स्वयं नेतृत्व गर्दै आएको अख्तियारले भ्रष्टाचार मुद्दा चलायो—तर अनौठो शैलीमा आफूलाई अनुसन्धानको दायराबाट बाहिर राख्दै।

ून्यायको मूर्त रूप हो अनुसन्धानको निष्पक्षता,ू विशेष अदालतको फैसलामा भनिएको छ, ूतर जब एउटै व्यक्ति भ्रष्टाचारको प्रक्रिया अघि बढाउने, लाभ दिने र पछि मुद्दा दायर गर्ने निर्णयमा पनि नेतृत्व गर्छ, त्यो न्यायको मर्ममाथि घात हो।ू

विशेष अदालतको फैसलामा स्पष्ट रूपमा प्रेम राईमाथि अनुसन्धान नहुनु चयनमुखी र अन्यायपूर्ण भएको ठहर गरिएको छ। वाइडबडी खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै अदालतले १२ करोड २५ लाख जरिवाना र बिगो तोकेको छ, तर राईमाथिको भूमिकालाई पूर्णरूपमा छायामा राखिएको छ।

कानुन र नीति आफैं बनाउने, आफ्नै निर्णय लागू गराउने अनि पछि आफ्नै विरुद्ध अनुसन्धानको आँखा चिम्लिने प्रवृत्तिलाई यदि सत्ताको दुरुपयोग होइन भन्ने हो भने न्यायको मापदण्ड र जनउत्तरदायित्व दुबै नष्ट हुने छन्। यसबाहेक, अदालतले जहाज खरिदको प्रक्रियामै कानुनी अपारदर्शिता र कपट देखिएको उल्लेख गरेको छ। ूनिर्माता कम्पनीबाट नयाँ जहाज खरिद गर्नु पर्ने नियमलाई मोडेर, पुरानो जहाज खरीदका लागि कानुनी चोला ओढाइएको थियो,ू फैसलामा भनिएको छ।

नैतिक संकट मात्र होइन, संविधानकै मूल मर्म– शक्तिको बाँडफाँट र जवाफदेहिता–माथि यस्तो चयनमुखी अनुसन्धानले प्रहार गरेको छ। यसले न मात्र अख्तियारप्रति जनविश्वास खस्काउँछ, बरु देशको सुशासनप्रति नै प्रश्न खडा गर्छ।

प्रेम राईमाथि अब प्रश्न उठेको मात्र होइन, जवाफ दिनुपर्ने घडी आएको छ। कि त उनी आफैं छानबिनबाट अलग भएर निष्पक्षता प्रमाणित गर्ने, कि त संसद् र राजनीतिक नेतृत्वले नैतिकताको आधारमा हस्तक्षेप गर्ने। वाइडबडी प्रकरणले फेरि एक पटक स्मरण गराएको छ—नेपालमा भ्रष्टाचारको मुद्दा अपराधभन्दा बढी शक्ति व्यवस्थापनको खेल बनेको छ।

Previous Post

स्यालले टोकेर तीन जना घाइते

Next Post

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In