• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिपी राजमार्गको चार खण्डका सडकको ठेक्का लाग्यो

metakhabar by metakhabar
१२ साउन २०८२,
0
बिपी राजमार्गको चार खण्डका सडकको ठेक्का लाग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – बिपी राजमार्गको करिब ३० किलोमिटर सडक अब दुई लेनको राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने भएको छ ।

सडक विभागले हालसम्म चार निर्माण कम्पनीसँग विभिन्न चार खण्डका ठेक्का सम्झौता गरिसकेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अर्को खण्ड अनुदानमा निर्माण गर्ने तयारी गरेको छ ।

सडक विभागका अनुसार निर्माण कार्यको ठेक्का सम्झौता सम्पन्न भएको मितिबाट दुई वर्षभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेछ । यस निर्माणले बिपी राजमार्गमा सवारी आवागमन सहज हुने, ट्राफिक जाम घट्ने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ ।

भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्मको ११ किलोमिटर सडक खण्डको निर्माण ठेक्का लामा–नव कान्तिपुर जेभीले लिएको छ । विभागसँग भएको सम्झौताअनुसार यो खण्ड निर्माणका लागि भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँको ठेक्का मूल्य निर्धारण गरिएको छ ।

चारसयबेंसीदेखि डालाबेंसीसम्मको ९ किलोमिटर दूरीको सडक खानी–कमलजित–एवान जेभीले निर्माण गर्ने भएको छ । यसका लागि विभागले भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता गरिसकेको छ । यी दुवै खण्ड दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको हो ।

बिपी राजमार्गमा पर्ने पिप्लेदेखि बर्खेखोलासम्मको खण्डको निर्माण जाइकाले गर्ने भएको छ । प्रारम्भिक योजना अनुसार ५ किलोमिटर खण्ड बनाउन चाहेको भए पनि पछि जाइकाले जम्मा ३।२ किलोमिटर मात्रै बनाउने जानकारी दिएको हो । उक्त खण्डमा अहिले जाइकामार्फत अन्तिम सर्भेको काम भइरहेको छ । जापानी सरकारको अनुदानमा निर्माण हुने भएकाले यसको ठेक्का प्रक्रिया पनि जापान सरकारकै संयोजनमा हुनेछ ।

जाइकाको खण्डमा नै पर्ने पिप्लेदेखि डालाबेंसीसम्मको २।३ किलोमिटर सडकखण्डको ठेक्का भने विभागले छुट्टै निर्माण कम्पनीमार्फत गराउने तयारी गरेको छ । हालसम्म उक्त खण्डको ठेक्का भइसकेको र केही हप्तामै सम्झौता प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने विभागले जनाएको छ ।

यता सिन्धुली जिल्लाको बर्खेखोलादेखि नेपालथोकसम्मको ५ किलोमिटर खण्डको सडक निर्माण कार्य खरीढुंगा–घिसिङ–क्षितिज जेभीले पाएको छ । यसका लागि भ्याटबाहेक ५५ करोड रुपैयाँमा असार दोस्रो सातामा ठेक्का सम्झौता भइसकेको छ ।

यी सबै खण्ड राष्ट्रिय मापदण्डअनुसार दुई लेनको सडक हुनेछन् । यो राजमार्ग काठमाडौंलाई तराई र पूर्वी नेपालसँग जोड्ने वैकल्पिक मार्ग भएकाले यसको स्तरोन्नति यातायात, व्यापार र पर्यटन विकासका लागि महत्वपूर्ण मानिएको छ ।

धेरै घुम्ती, साँघुरा खण्ड र बिग्रिएको सतहका कारण यात्रु र सवारी चालकलाई सास्ती खेप्नुपर्ने अवस्थालाई अब नयाँ निर्माणले सुधार गर्ने अपेक्षा गरिएको छ ।

विभागका अनुसार भौगोलिक बनावट, माटोको गुणस्तर र वर्षाको प्रवृत्तिलाई ध्यानमा राखी सडक निर्माणको प्रविधि र गुणस्तरमा कुनै सम्झौता हुने छैन ।

Previous Post

मनसुनी विपद्: आठ राजमार्ग पूर्ण अवरुद्ध, पाँचमा आंशिक सञ्चालनमा

Next Post

सार्वजनिक लेखा समितिमा बेरुजुको चिरफार : सचिवहरूद्वारा प्रस्तुत चुनौती, प्रगति र सुझाव

metakhabar

metakhabar

सम्बन्धित खबर

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
खेलमैदान

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

१४ भदौ २०८३,
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
समाचार

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

१४ भदौ २०८३,
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
समाचार

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

१४ भदौ २०८३,
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

१४ भदौ २०८३,
Load More
Next Post
सार्वजनिक लेखा समितिमा बेरुजुको चिरफार : सचिवहरूद्वारा प्रस्तुत चुनौती, प्रगति र सुझाव

सार्वजनिक लेखा समितिमा बेरुजुको चिरफार : सचिवहरूद्वारा प्रस्तुत चुनौती, प्रगति र सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In