• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँस प्रवर्द्धनमा जुट्नुभएका नगर प्रमुख सत्याग्रहमा

metakhabar by metakhabar
१२ साउन २०८२,
0
बाँस प्रवर्द्धनमा जुट्नुभएका नगर प्रमुख सत्याग्रहमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, १२ साउनः यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि सत्याग्रह सुरु गर्नुभएको छ । उहाँले बाँसजन्य सामग्रीको प्रवर्द्धनसहित सात बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको हो ।

उहाँका मागहरुमा स्थानीयस्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदा छन् । बाँसका सामग्री तथा स्थानीयस्तरमा उत्पादन हुने थोकवस्तुको प्रवर्द्धन गर्न सरकार समक्ष नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह सुरु गरेको नगर प्रमुख भट्टराईले बताउनुभयो । “बाँस तथा बाँसजन्य कच्चा पदार्थ उपयोगमा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो”, उहाँले भन्नुभयो, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्नेमा सरकार उदासीन देखिएपछि सत्याग्रह सुरु गरेको हुँ । यो कार्यक्रम तीन दिनसम्म जारी रहन्छ ।” शान्तिपूर्णे सत्याग्रहले माग पूरा नभएमा यही साउनको १४ गतेदेखि आमरण अनसन बस्ने तयारी उहाँको छ ।

बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको थियो । पशुपतिमा कपाल मुण्डन गरेपछि उहाँ खाली खुट्टा हिँडेर सिंहदरबारको दक्षिण ढोका पुग्नुभएको थियो । त्यसपछि माइतीघर मण्डला पुग्नुभएका नगर प्रमुख भट्टराईले बाँसका सामग्री प्रदर्शनसँगै सत्याग्रह सुरु गर्नुभएको हो ।

नगर प्रमुख भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर यही साउन ४ गते काठमाडौँ जानुभएको हो । यसअघि आन्दोलनकै कार्यक्रमअनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरुलाई बाँसका कुर्सी र टेबल उपहार दिनुभएको थियो ।

भट्टराईले सत्याग्रह घोषणा गर्नुभएपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ । नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो ।

“मन्त्रालयको पत्रअनुसार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र नगर प्रमुख तीर्थराज भट्टराईबीच यही साउन ९ गते छलफल भएको थियो । थप छलफल गर्न र वार्तालाई निष्कर्षमा पु¥याउन मेरो संयोजकत्वमा वार्ता टोली बनाइएको हो”, उहाँले भन्नुभयो, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने नगरपालिकाको नीति छ । हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।”

नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित गत फागुनमा तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ गरेको थियो ।

सो घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख छ ।

Previous Post

पत्रकार पराजुलीको उपन्यास ‘बखान’ प्रकाशोन्मुख

Next Post

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In