• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

metakhabar by metakhabar
११ साउन २०८२,
0
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ११ साउनः पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ ।

एकैठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूहसमूहमा उक्त फार्ममा मानिस आउने गरेका छन् । फार्ममा आएका व्यक्तिलाई यहाँ भएका खेती तथा प्रयोग गरिएका विधि र प्रविधिका बारेमा प्रयोगात्मक तरिकाले जानकारी दिने गरिएको फार्म सञ्चालक मीनाकुमारी गुरुङले जानकारी दिनुभयो ।

विदेश बसाइँको करिब १६ वर्षको अनुभव सँगाल्नुभएकी ५९ वर्षीया गुरुङ स्वदेशमा केही गर्नुपर्छ भन्ने सोंचका साथ व्यावसायिक कृषिमा लाग्नुभएको हो । उहाँसँग जापानसहित हङ्कङ, ब्रुनाई, अमेरिका तथा बेलायतका विभिन्न अनुभव छन् । पछिल्ला आठ वर्षयता माया इको भिलेज एकीकृत फार्म सञ्चालन गर्दै आउनुभएकी उहाँको फर्ममा विभिन्न कृषक समूहका तालिहहरू सञ्चालन हुन्छन् । तालिमका सहभागीलाई उहाँ स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिहनुभएको छ ।

विभिन्न ठाउँमा कृषिसम्बन्धी औपचारिक तालिममा समेत सहभागी हुनुभएकी गुरुङलाई विभिन्न कृषि सम्बद्ध सङ्घसंस्थाले तालिमका लागि बोलाउने गरेका छन् । गुरुङको ३० रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत कृषि फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायत खेती भइरहेको छ ।

गुरुङले गड्यौला मलको उत्पादन गरेर बिक्री पनि गर्दै आएको बताउनुभयो । घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका जनाउँदै उहाँले समयसमयमा आवश्यकताअनुसार अरुलाई पनि रोजगारी दिँदै आएको बताउनुभयो । फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट हालै तालिम सञ्चालन गर्ने भवन निर्माण प्रयोजनका लागि रु सात लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

केही गर्छु भन्ने साेंचका साथ आउने फार्म तथा कृषकलाई परियोजनाका तर्फबाट विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिँदै आइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । परियोजनाबाट माया इको भिलेज एकीकृत फार्मलाई समयसमयमा विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिएको बताउँदै उहाँले उक्त फार्म कृषिको सिकाइका लागि महत्त्वपूर्ण पाठशालाका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।

सञ्चालक गुरुङका अनुसार फार्ममा हेर्न र बुझ्न आउने व्यक्तिलाई प्रवेश शुल्क रु १०० निर्धारण गरिएको छ । फार्ममा राति सुत्न सक्नेगरी आवासीय व्यवस्था नरहे पनि दिउँसो भने आवश्यकताअनुसारको खाजा तथा खाना खुवाउने व्यवस्था मिलाइएको उहाँले जनाकारी दिनुभयो ।

पछिल्ला समयमा पोखरा बजारबाट दिउँसो आएर फार्म अवलोकन गरी खाजा तथा खाना खाएर जानेक्रम बढिरहेको बताउँदै गुरुङले फार्मले खाजा खानासहित अवलोकन गराउने गरी रु दुई हजारको ‘प्याकेज’ निर्धारण गरेको जानकारी दिनुभयो ।

फार्मभित्र विभिन्न प्रजातिका फलफूल तथा तरकारीसँगै भैँसीपालन, बाख्रापालन, लोकल कुखुरापालनलगायत कृषिसम्बन्धी गतिविधि अवलोकन गर्न सकिन्छ । “त्यस्तै विभिन्न ११ वटा टनेल निर्माण भएका छन् । जसमध्ये तीन वटा टनेल च्याउखेतीका लागि छन् भने बाँकीमा तरकारीखेती गरिएको छ”, गुरुङले भन्नुभयो । फार्ममा आइसकेपछि कृषिका विविध पक्षलाई बुझेर सहभागी हरेकले यसलाई आफू स्वयंले व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन भन्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

एक जना कृषकले अर्को कृषकसँगको अनुभव साटासाट गर्नाले धेरै ज्ञान तथा सीप प्राप्त हुने बताउँदै गुरुङले त्यो संस्कार वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । प्राङ्गारिक खेतीले माटोको उर्वराशक्ति पनि राम्रो बनाउने र त्यसबाट उत्पादित वस्तु पनि स्वस्थकर हुने भएकाले यसतर्फ सबै लाग्नु अपरिहार्य भएको उहाँको भनाइ छ । व्यावसायिक तरकारीखेतीसँगै पशुपालनलाई पनि समेटिएर एकीकृत कृषि गर्न सकिएमा उत्पादन पनि राम्रो लिन सकिने र त्यसरी उत्पादित वस्तु खाँदा मानवीय स्वास्थ्यमा पनि नबिग्रने उहाँको अनुभव छ ।

प्रशस्त उत्पादनसँगै यसबाट भरपुर उपयोग लिनका लागि एकीकृत कृषि आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताउनुभयो ।

“पशुपालन र तरकारीखेती सँगसँगै गर्न सकिएमा शुद्ध प्राङ्गारिक उत्पादन गर्न सकिन्छ”, उहाँले भन्नुुभयो, “प्राङ्गारिक मलको प्रयोगगरी गरिएका उत्पादनले मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर गर्दैन ।” एकीकृत कृषितर्फ आकर्षण बढाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले माया इको भिलेज फार्म यसको उदाहरण बनेको धारणा राख्नुभयो ।

Previous Post

घरमा एक्लै हुँदा हृदयघात भयो भने के गर्ने ?

Next Post

के तौल घटाउन कागती पानी पिउनु फाइदाजनक छ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
Load More
Next Post
के तौल घटाउन कागती पानी पिउनु फाइदाजनक छ ?

के तौल घटाउन कागती पानी पिउनु फाइदाजनक छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In