• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दूधमा अनुदान दिन थालेपछि …

metakhabar by metakhabar
११ साउन २०८२,
0
दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी), ११ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूधमा अनुदान दिन थालेपछि उत्पादनमा शतप्रतिशतले वृद्धि भएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले गत आर्थिक वर्षमा प्रतिलिटर रु २० अनुदानको व्यवस्था गरेको थियो । जसअन्तर्गत एक लाख ५८ हजार १२६ लिटर दूध किसानले सहकारीमार्फत बिक्री गरेर अनुदान रकम प्राप्त गरेको हुप्सेकोट गाउँपालिकाका पशु सेवा शाखा प्रमुख अधिकृत बुद्धिबहादुर देउजाले बताउनुभयो ।

“आर्थिक वर्ष २०८० /८१ मा ७५ हजार २०० लिटर दूध किसानले बिक्री गरेकामा गत आव २०८१ /८२ मा एक लाख ५८ हजार १२६ लिटर दूध बिक्री गरेका छन्”, उहाँले भन्नुभयो, “गत आवमा मात्र प्रतिलिटर रु २० अनुदानले गर्दा रु ३१ लाख ६२ हजार ५२० गाउँपालिकाले किसानलाई भुक्तानी गरेको छ ।”

हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८÷७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि भएको पाइएको छ । यसअघि किसानले सहकारीमा बिक्री गरेको दूधको तथ्याङ्कका आधारमा सहकारीमार्फत अनुदान रकम वितरण गर्ने गरिएकामा गत आवदेखि सबै किसानको व्यक्तिगत बैंक खातामा नै गाउँपालिकाले रकम भुक्तानी गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

“आव २०७९÷८० मा प्रतिलिटर रु पाँच, २०८० /८१ मा प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराइएको थियो”, उहाँले भन्नुभयो, “गत आवदेखि प्रतिलिटर रु २० अनुदान व्यवस्था गरेका हाँै । यसको प्रतिफलस्वरूप घरायसी प्रयोगका लागि मात्र दूध उत्पादन गर्ने किसानले अहिले बिक्री गर्नेगरी पशुपालन गर्न थालेको पाएका छाँै ।”

गाउँपालिकाले दूधमा अनुदान रकम दिन थालेपछि प्रत्येक वर्ष उत्पादन पनि बढेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताउनुभयो । आव २०८० /८१ मा ७५ हजार २०२ लिटर दूध किसानले बिक्री गरेकामा गत आवमा त्यसमा शतप्रतिशत वृद्धि भई एक लाख ५८ हजार १२६ लिटर दूध किसानले बिक्री गरेको पाइएको पराजुलीले जानकारी दिनुभयो ।

“गाउँपालिकाभित्रका दुग्ध सहकारीले उपलब्ध गराएको चौमासिक तथ्याङ्कका आधारमा किसानकै बैंक खातामा अनुदान दिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादनका आधारमा अनुदान दिने कार्यक्रमले गाउँपालिकाभित्र पशुपालक किसानको सङ्ख्या पनि वृद्धि भएको छ ।”

उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थालेपछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो ।

“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार किसानलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्, चालु आवका लागि पनि दूधमा प्रतिलिटर रु २० अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ”, उहाँले भन्नुभयो ।

गत आवमा सबैभन्दा धेरै दूध बिक्री गरेर हुप्सेकोट –४ शङ्खदेवका किसान कृष्णप्रसाद सापकोटाले रु दुई लाख ७८ हजार ६०६ गाउँपालिकाबाट अनुदान रकम प्राप्त गर्नुभएको लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो । उहाँले १३ हजार ९८० लिटर दूध बिक्री गर्नुभएको लेखा अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

Previous Post

त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य

Next Post

बासँको उद्योगलाई प्राथमिकता दिने विषयमा सरकार किन उदासिन ?

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
Load More
Next Post
बासँको उद्योगलाई प्राथमिकता दिने विषयमा सरकार किन उदासिन ?

बासँको उद्योगलाई प्राथमिकता दिने विषयमा सरकार किन उदासिन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In