• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
९ साउन २०८२,
0
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

दोधारा चाँदनी (कञ्चनपुर), ९ साउनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमि आएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । जसमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका तथा एक सय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए । उक्त तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताउनुभयो । जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमि, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमि आएको सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो ।

“जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमि आएको सूचना अधिकारी वाग्लेको भनाइ छ । उहाँले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको गन्तव्य भएको बताउनुभयो ।

“यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण पर्यटक आउन सकेका छैनन”, सूचना अधिकारी वाग्लेले भन्नुभयो–“यसको प्रचारप्रसार र निजी क्षेत्रको लगानी हुन जरुरी छ ।” उहाँले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरेपनि त्यो अनुसारको टुर प्याकेजको व्यवस्था हुन नसक्नुले पनि विदेशी पर्यटक शुक्लाफाँटासम्म नपुगेको उहाँले बताउनुभयो ।

“विदेशी पर्यटकलाई हवाई भाडामा पनि झण्डै दोब्बर छ, सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्ने थियो त्यो छैन त्यसकारण पनि नजिकैको काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर उनीहरु फर्किने गरेका छन्”, सूचना अधिकारी वाग्लेले भन्नुभयो–“पर्यटक लक्षित विभिन्न टुर प्याकेजमा निजी क्षेत्रको लगानी हुन जरुरी छ ।”

यहाँका पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उलेख्य रुपमा पर्यटक आउन नसकेको बताउँछन । “नाकामा आवागमन सहज छैन गड्डाचौकी नाकामा पर्यटक प्रहरी हुनुपथ्र्यो त्यो छैन ।” यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भन्नुभयो–“सीमित पूर्वाधार र प्रचारप्रसार अभाव ।” उहाँले आन्तरिक पर्यटकलाई समेत प्रोत्साहन हुन नसकेको बताउनुभयो ।

शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो–“यहाँ आउने विदेशी पर्यटक थोरै ठाउँमा धेरै वन्यजन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन् ।” उहाँका अनुसार यहाँ छिमेकीमूलुक भारतबाट समेत पर्यटक यहाँ आउने गरेका छन ।

“यहाँको विशाल घाँसे मैदान, चराचुरङ्गी, शान्त वातावरण विदेशीहरुले एकदमै मन पराउँछन्”, पथप्रदर्शक पनेरुले भन्नुभयो–“फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन् ।”

पथप्रदर्शक पनेरुका अनुसार शुक्लाफाँटामा अध्ययन अनुसन्धानका लागिसमेत पर्यटक आउने गरेका छन् । तीन सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्त र वनस्पतिका लागि प्रसिद्ध छ । निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ भन्दाबढी बाह्रसिङ्गा छन् । यहाँ ४४ पाटेबाघ रहेका छन् । विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान रहेका कारण पनि यसको वेग्लै विशेषता छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि प्रसिद्ध छ ।

अघिल्लो समाचार

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

अर्को समाचार

हिउँ चितुवाको संकटसँग संघर्ष: उपल्लो मुस्ताङका पशुपालक किसानलाई राहत वितरण

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
आर्थिक

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
हिउँ चितुवाको संकटसँग संघर्ष: उपल्लो मुस्ताङका पशुपालक किसानलाई राहत वितरण

हिउँ चितुवाको संकटसँग संघर्ष: उपल्लो मुस्ताङका पशुपालक किसानलाई राहत वितरण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन