बेलायती चिकित्सक सर जेम्स योङ सिम्पसन क्यालोरोफर्मलाई एनेस्थेसियाको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने खोज गर्ने र सो विधिलाई लोकप्रिय बनाएर विख्यात भए पुरानो जमानामा शल्यक्रिया गर्दा एनेस्थेशियाको प्रयोग गरिन्थ्यो । बिरामीले डाक्टरले आफ्नो शरीरको चिरफार गरेको टुलुटुलु हेर्न विवश हुन्थ्यो ।
सर जेम्स सिम्पसन प्रसव–विशेषज्ञ थिए । १८४६ मा उनले यो थाहा पाए कि अमेरिकी दन्तचिकित्सक विलियम मार्टनले विरामीहरुलाई अपरेशनको बेला पिङा नहोस् भनेर ईथरको प्रयोग गर्थे । सिम्पसनले पनि प्रसव पीडाको अवस्थाका महिलाहरुका लागि इथरलाई एनेस्थेसियाको रुपमा प्रयोग गर्न थाले । धर्मगुरुहरुले सिम्पसनले धर्मको अवहेलना गरेको आरोप लगाएर विरोध गरे किनभने बाइबलमा महिलाहरुलाई प्रसवको बेला कष्ट हुन्छ भनेर लेखिएको थियो ।
प्रयोग गर्दै जाँदा सिम्पसनले प्रसवको लागि इथरको प्रयोग उचित नरहेको कुरा पत्ता लगाए । त्यसपछि उनी त्यो भन्दा प्रभावकारी एनेस्थेसियाको खोजीमा लागे । दिनमा उनी प्रयोगशाला अनुसन्धान गरेर एनेस्थेसिया तयार गर्दथे । राति उनी आफ्ना घरमा दुई डाक्टर साथीहरुसँग बसेर दिउँसो बनाएका तत्वहरु सुँघ्थे । ४ नोभेम्बर १८४७ को राति सम्पसनलाई आफूले प्रयोग गरिरहेको क्लोरोफर्मको सानो बोतलको सम्झना आयो । उनले गिलासमा क्लोरोफर्म खन्याएर साथीहरुसँग मिलेर सुँघे ।
तत्कालै असर भयो । उनीहरु एक एक गरेर जमीनमा ढल्दै ढल्दै गए । होस् खुलेपछि सर सिम्पसनको खुशीको सीमा थिएन । उनले शक्तिशाली एनेस्थेसिया पत्ता लगाएका थिए । बिरामीहरुलाई पनि ठूलो राहत मिल्यो । उनको त्यो महत्वपूर्ण योगदानबाट प्रभावित भएर महारानी बिक्टोरियाले १८४७ मा सर जेम्स योङ सिम्पसनलाई स्कटल्याण्डमा आफ्नो निजी चिकित्सक बनाइन् ।
साभारः ‘सफलता’ पुस्तकबाट













