• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मनसुन प्रतिकूल बन्दा : धान उत्पादन घट्ने चिन्ता

metakhabar by metakhabar
९ साउन २०८२,
0
मनसुन प्रतिकूल बन्दा : धान उत्पादन घट्ने चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा संघको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् । मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८० दशमलव छ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने गर्छ ।

विभागका अनुसार साउन ४ गतेसम्म मुलुकभर ७२ दशमलव १४ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ८४ दशमलव छ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बीउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताए । “अहिले मधेसका फाँट हेर्दा सुक्खा देखिन्छन्, वर्षा नहुँदा आधा प्रतिशत पनि रोपाइँ सकिएको छैन”, उनले भने, “सुक्खाको समस्या कसरी सम्बोधन गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौँ ।”

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले साउनको २०–२२ गतेसम्म पनि राम्रो वर्षा हुन नसकेको खण्डमा उत्पादनमा १५ देखि २० प्रतिशत ह्रास आउने बताए । “उत्पादन बढाउन समयमा नै रोपाइँ सम्पन्न गर्नुपर्छ, रोपाइँ सम्पन्न भएपछि पनि समय समयमा धानले सिँचाइ पाउनुपर्छ”, उनी भन्छन्, “तर नेपालका अधिकांश स्थानमा आकाशकै पानीको भरमा सिञ्चित गर्नुपर्ने अवस्था छ, आवश्यक परेका बेला वर्षा भएको छैन । मधेसको अवस्था हेर्दा अब नै धान उत्पादन घट्ने देखिन्छ, अझै वर्षा भएन भने उत्पादनमा बढी ह्रास आउन सक्छ ।”

बालीविद् डा डिल्लीराम शर्माले पनि मधेस क्षेत्र धान उत्पादनको हब नै रहेको भन्दै मधेसमा सुक्खाका कारण धानको उत्पादनमा असर पर्ने सम्भावना रहेको बताए । “धानको बीउ सुकिसकेको छ । रोप्न नपाएपछि अनि बीउ छिप्पिँदै जान्छ र छिप्पिएको बीउ रोप्दा पनि उत्पादनमा कमी आउँछ । रोपेरमात्र पनि भएन सिँचाइको राम्रो सुविधा आवश्यक पर्छ”, उनले भने, “भविष्यमा पनि यस्तै समस्या आउन सक्छ । तसर्थ सुक्खा क्षेत्रमा लगाउन सकिने बालीबारे अनुसन्धान गर्नुपर्छ र अब वैकल्पिक बालीबारे सोच्नुपर्छ ।”

जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) को तथ्याङ्कानुसार मनसुन अवधिमा मुलुकभर एक हजार ४०० मिलीमिटर सरदर वर्षा हुने गरेकामा हालसम्म करिब पाँच सय मिलीमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको ३४ दशमलव नौ प्रतिशत वर्षा भएको छ ।

विभागले उपलब्ध गराएको जनकपुर, सिमरा, विराटनगर, पोखरालगायतका वर्षा मापन केन्द्रको तथ्यांक हेर्दा यी मापन केन्द्रमा औसतभन्दा कम वर्षा भएको छ । “जनकपुरमा मनसुन सुरु भएयता २० प्रतिशत वर्षा भएको छ । जनकपुरमा मनसुन अवधिमा औसत एक हजार १०० मिलीमिटर वर्षा हुने गर्छ”, शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

जलस्रोत तथा सिँचाइ विभागको तथ्यांकनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउनेगरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एकतिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुनसकेको तथ्यांकमा उल्लेख छ ।

अकासे पानीकै भरमा मधेसमा ५१ प्रतिशत रोपाइँ
मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा चौधरीले मधेस प्रदेशको कुल खेतीयोग्य जमिनको ४९ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा रहेको जानकारी दिए । उनका अनुसार सिँचाइको मुख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्यूबवेल र डिपबोरिङ रहेको छ ।

“तर अहिले भएका कतिपय नहरबाट पनि पानी पाउँदैन । अन्नको मुख्य भण्डार रहेको मधेस प्रदेशमा सिँचाइ आयोजनालाई प्राथमिकता नदिए आगामी दिनमा यस्तै समस्या भोग्नुपर्छ”, उनले भने, “अधिकांश किसान आकाशबाट पानी कहिले पर्ला अनि रोपाइँ गरौँला भनेर बस्नुपर्ने बाध्यता छ ।”

कृषि तथा पशुपन्छी डायरी, २०८१ अनुसार हाल कृषि क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको २४.१ प्रतिशत योगदान पुर्‍याउनुको साथै ५०.४ प्रतिशत जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आएको छ । मधेस प्रदेशमा नेपालमा खेती गरिने कुल जग्गाको १६.२५ प्रतिशत जग्गामा खेती हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यस प्रदेशमा जम्मा पाँच लाख ४२ हजार ५८० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिने छ भने जम्मा पाँच लाख दुई हजार २२४ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । जसमध्ये कुल तीन लाख ६२ हजार ३४४ हेक्टर जग्गामा बर्खे धानको खेती र २० हजार ८३९ हेक्टर जग्गामा चैते धानको खेती हुने गरेको छ ।

बर्खे धानको उत्पादन एक लाख २७० मेट्रिक टन छ भने उत्पादकत्व ४।८१ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तथ्यांकनुसार यस प्रदेशमा चैते धानको उत्पादन १२ लाख ३७ हजार ४०१ दशमलव नौ मेट्रिक टन र उत्पादकत्व तीन दशमलव ४१ मेट्रिक टन प्रतिहेक्टर छ । मधेस प्रदेश दोस्रो आवधिक योजना, २०८१/८२–२०८५र८६ अनुसार आव २०७९/८० मा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५।०२ प्रतिशत छ ।

मनसुनी वायु कमजोर हुँदा कम वर्षा
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालले मनसुनी वायु कमजोर हुँदा मधेस प्रदेशलगायत मुलुकका विभिन्न स्थानमा वर्षा कम भइरहेको जानकारी दिए । “मधेस क्षेत्रमा पानी नै नपरेको त होइन । कतै भारीदेखि अतिभारी वर्षा पनि भएको छ । कतै वर्षा नै भएको छैन । अनि अतिभारी नै वर्षा भए पनि धेरैबेर वर्षा भएको छैन”, उनले भने, “आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दा कोशीका पहाड र तराई, मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । तर थोरै समय पानी पर्दा कृषिमा राहत भने नपुग्न सक्छ । अर्को साता भने राम्रो वर्षा हुने अनुमान छ । तर कहिलेकाहीँ मौसमी प्रणाली परिवर्तन भइदिएर फरक पर्न सक्छ ।”

केन्द्र र प्रदेश सरकारबाट अनुमगन
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले तराईमा सुक्खाका कारण कृषिमा देखिएको असर पत्ता लगाउन र समस्या समाधानमा के गर्न सकिन्छ भनेर अनुसन्धान गर्न मधेस प्रदेशमा अनुमगन भइरहेको जानकारी गराए । “सुक्खा कारण रोपाइँलाई असर गरिरहेको छ, रोपाइँ सकिए पनि सिँचाइ हुन सकिरहेको छैन । तसर्थ हामी अहिले मधेस प्रदेशमा अनुगमनमा आएका छौँ”, रासससँग टेलिफोन वार्तामा उनले भने, “मधेस प्रदेशमा सुक्खाका कारण देखिएको समस्याबारे छिट्टै हामी प्रतिवेदन तयार गर्नेछौँ ।”

मधेस प्रदेश सरकारले यही असार २६ गते मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेपश्चात् प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रोपाइँ अवस्था तथा सुक्खा क्षेत्रको प्रारम्भिक स्थलगत निरीक्षणसम्बन्धी समिति बनाएको थियो । समितिले प्रदेशका आठवटै जिल्लामा टोली परिचालन गरी असारसम्मको अवस्थालाई मध्यनजर गर्दै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

स्थलगत निरीक्षणको क्रममा सतही सिँचाइबाट (मुख्य नदी र त्यसका नहरबाट)सिञ्चित हुने जिल्लामध्ये सप्तरी–कोशी तथा चन्द्र नहर, रौतहट–बागमती तथा झाँज नहर, सर्लाही बागमती तथा मनुषमारा सिँचाइ, बारा र पर्सा–गण्डक नहर पाइएको थियो । त्यसैगरी, सिरहा र धनुषाका केही पालिकामात्र कमला नहरबाट सिञ्चित हुने र बाँकी अधिकांश पालिकाहरू भूमिगत सिँचाइबाट ९स्यालो तथा डिपट्युबवेल० सिञ्चित हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

महोत्तरीमा रातु खोला रहेता पनि भूमिगत सिँचाइ (स्यालो तथा डिप ट्युबवेल) नै सिँचाइको मुख्य स्रोत रहेको पाइयो । सतही सिँचाइको व्यवस्थापन, मर्मत तथा निर्माण हुनुपर्ने, भूमिगत डिप ट्युबवेलहरूलाई सञ्चालनयोग्य बनाउने पहलको आवश्यकता रहेको, भूमिगत सिँचाइको गहिराइसम्बन्धी अध्ययन गराई दीर्घकालीन सिँचाइ प्रणालीको व्यवस्थापन हुन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ । कृषि प्रणालीमा केही परिवर्तन गर्नुपर्ने, छरुवा विधिबाट धान रोपाइँ, सुक्खा जातका धानहरूको प्रवर्द्धन तथा प्रदर्शन, बाली लक्षित सहुलियतको व्यवस्था राहत प्रदान गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

गत वर्ष धान उत्पादनको अवस्था
मन्त्रालयले उपलब्ध गराएको तथ्यांकनुसार गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष (२०८० साल)को तुलनामा गत वर्ष (२०८१) मा चार दशमलव ०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो ।

विसं २०८१ मा कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा चार लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा एक लाख ३० हजार १९१ मे। टन र सुदूरपश्चिम प्रदेशमा छ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

अघिल्लो वर्ष (विसं २०८०) को तुलनामा गत वर्ष (२०८१)मा उत्पादन वृद्धिदर कोशी प्रदेशमा दुई दशमलव १६ प्रतिशत, मधेस प्रदेशमा १० दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४ दशमलव ०६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ६ दशमलव १९ प्रतिशत रहेको थियो । तर बागमती प्रदेशमा एक दशमलव १३ प्रतिशत, गण्डकी प्रदेशमा रु ३ दशमलव २२ प्रतिशत, कर्णाली प्रदेशमा १० दशमलव तीन प्रतिशतले उत्पादनमा ह्रास आएको थियो ।

Previous Post

संरक्षणको पर्खाइमा ऐतिहासिक ‘ठूलढुङ्गा’

Next Post

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
Load More
Next Post
दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In