• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘असफाल्ट प्लान्ट’को प्रदूषणले बस्तीमा सास्ती

metakhabar by metakhabar
७ साउन २०८२,
0
‘असफाल्ट प्लान्ट’को प्रदूषणले बस्तीमा सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा  : यहाँको धनगढीमाई नगरपालिका–३ बनौलीमा ‘बजरङ्गबली कन्स्ट्रक्सन’द्वारा सञ्चालित सडक निर्माणमा प्रयोग हुने कच्चा पदार्थ तातो मिश्रण तयार गर्ने ‘असफाल्ट प्लान्ट’बाट उत्सर्जित प्रदूषणले बस्तीका स्थानीय बासिन्दाको दैनिक जीवन र स्वास्थ्यमा गम्भीर असर पारेको स्थानीयले आरोप लाएका छन् । विगत तीन वर्षदेखि सञ्चालनमा रहेको यस प्लान्टबाट निस्किने धूलो, धुवाँ, कडा गन्ध र आवाजले बस्तीमा दैनिक जीवन कष्टकर बनाएको स्थानीयको गुनासो बढेर गएको छ ।

स्थानीयका अनुसार बस्तीको छेउमै रहेको प्लान्टमा गिट्टी र अलकत्रा पकाउने प्रक्रिया भइरहेकाले प्रदूषण अत्यधिक फैलिएको हो । जसको प्रत्यक्ष असर बस्तीमा परेको छ । घरमै बसेर सास फेर्न गाह्रो हुने अवस्था आएको उनीहरू बताउँछन् । “विशेषगरी बिहान र साँझतिर धूलोले चारैतिर ढान्छ, सास फेर्न अप्ठ्यारो हुन्छ, कडा गन्धले उकुसमुकुस बनाउँछ,” स्थानीय रवीन्द्र चौधरी भन्नुहुन्छ ।

कतिपय स्थानीय त बाध्य भएर घरबास नै अन्यत्र सार्न थालेका छन् । तिनैमध्येका एक स्थानीय विजय सहनीले आफूले तीन किलोमिटर टाढा रहेको आफ्नै जग्गामा बसाइँ सरेको जानकारी दिनुभयो । “यहाँ उद्योगको कडा गन्ध र धूलो–धुवाँले बस्नै नसक्ने भएपछि बाध्य भएर सरेको हुँ”, सहनीले भन्नुभयो, “तर त्यहाँसम्म पनि प्रदूषणको असर आइपुगेको छ । अब कहाँ जाने ? जाने ठाउँ नै छैन ।”

स्थानीयहरूका अनुसार नजिकका बनौली, घले टोल, छप्रारी टोल, मेदनीपुरलगायतका बस्तीमा प्रदूषणको असर देखिएको छ । ती बस्तीहरूमा हजारौँ मानिस बसोबास गर्ने गरेका छन्, जसले प्रत्यक्ष रूपमा वातावरणीय प्रताडना भोग्नुपरेको स्थानीयको भनाइ छ ।

विद्यालय प्रभावित, बालबालिकामा स्वास्थ्य समस्या

प्लान्ट नजिकै रहेको नाइटिङ्गेल विद्यामन्दिर स्कुलमा अध्ययनरत सयौँ विद्यार्थी वर्षौंदेखि प्रदूषित वायुमण्डलमा बस्न बाध्य छन् । विद्यालयका प्रधानाध्यापक विजय चौधरीका अनुसार पछिल्ला केही महिनादेखि विद्यार्थीमा वाकवाकी लाग्ने, टाउको दुख्ने, वान्ता आउनेजस्ता समस्या देखिन थालेको छ । उहाँले भन्नुभयो, “यहाँ अध्ययनरत झण्डै ४०० विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परेको छ ।”

अभिभावकहरूले स्वास्थ्य समस्या देखिएपछि अस्पतालसम्म पुर्‍याउनुपरेको जनाएका छन् । बालबालिका, वृद्धवृद्धा र घरबाहिर काम गर्ने व्यक्तिहरू बढी प्रभावित भएको स्थानीयहरू बताउँछन् ।

स्थानीयको उजुरी र प्रशासनको हस्तक्षेप

स्थानीयले प्लान्टको असरबारे लामो समयदेखि पटक–पटक नियामक निकायमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय सिरहा, इलाका प्रशासन कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहानलगायतका निकायमा उजुरीपछि गत असार महिनाको १८ गते इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा उक्त प्लान्टको स्थलगत अनुगमन गरिएको थियो । निरीक्षणका क्रममा प्लान्ट सञ्चालक अनुपस्थित रहेकाले इलाका प्रशासनले प्लान्टमा ताला लगाएको थियो ।

स्थानीय बासिन्दा, प्लान्ट सञ्चालक र प्रशासनबीच त्रिपक्षीय वार्तापछि असार मसान्तसम्म उद्योग सञ्चालन गर्न दिने र साउन १ गतेदेखि प्रचलित कानुनअनुसार प्रदूषण नियन्त्रणका सबै उपायहरू अवलम्बन गरेर मात्र उद्योग सञ्चालन गर्न दिने सहमति भएसँगै उद्योगको ताला खोलिएको थियो ।

तर सहमतिअनुसार प्रदूषण नियन्त्रणका उपायहरू लागू नगरी उद्योग सञ्चालन गरिएको स्थानीयको आरोप छ । जसले पुरानै रूपमा प्रदूषण फैलिरहेको छ । यसले गर्दा उद्योगलाई रोक लगाउनुपर्ने वा बस्तीभन्दा टाढा स्थानान्तरण गर्नुपर्ने माग उनीहरूको छ । स्थानीय नवीन किशोर चौधरी भन्नुहुन्छ, “बस्तीको छेउमै प्लान्ट सञ्चालन भइरहेको छ । यस्तो अवस्थामा विकल्प के हो ? बस्ती सार्ने कि प्लान्टलाई नै बस्ती नभएको ठाउँमा सार्ने ? मेरा दुई साना बालबालिका यही विद्यालयमा पढ्छन्, उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।”

प्लान्ट सञ्चालक राजेश्वर साहले भने सबै प्रक्रिया कानुनी रूपमा अघि बढाएको र सरकारी मापदण्डअनुसार प्लान्ट सञ्चालन गरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला कसैलाई केही थिएन, अहिले उद्योग राम्रोसँग चलेपछि सबैको नजर लागेको हो ।” उहाँले आवश्यकता परेमा प्लान्ट अन्यत्र सार्न तयार रहेको र वातावरणीय अध्ययन गरेर निष्कर्ष निकाल्नुपर्ने धारणा राख्नुभयो ।

तर स्थानीयले भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए वा आइइई) बिना उद्योग सञ्चालित भएको आरोप लगाएका छन् । प्लान्ट घरेलु कार्यालयमा मात्र ‘कन्स्ट्रक्सन कम्पनी’का रूपमा दर्ता भएको कार्यालयले बताएको छ । स्थानीय, शिक्षक र अभिभावकले तत्काल प्लान्ट बन्द नगरिए कडा आन्दोलनमा उत्रनुपर्ने चेतावनी दिएका छन् । उनीहरूको भनाइमा, स्थानीयको स्वास्थ्य र वातावरणीय असरलाई बेवास्ता गर्दै निर्माण व्यवसायी सहले प्लान्टलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना अघि बढाइरहेका छन् । यसले स्थानीय समुदायमा थप असन्तोष र आक्रोश पैदा गरिरहेको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलका अनुसार प्लान्टको वातावरणीय असरबारे थप अध्ययन र अनुगमन प्रक्रिया अघि बढाइनेछ । “जनस्वास्थ्यभन्दा ठूलो कुरा अरू हुन सक्दैन । त्यसैले हामीले स्थानीयको सहमति बेगर उद्योग सञ्चालन गर्न नदिने निर्णय गरेका छौँ”, उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “प्रहरीसँग समन्वय गरेर घरेलु तथा साना उद्योग कार्यालयलाई उक्त उद्योग तत्काल बन्द गर्न निर्देशन दिइसकिएको छ । यदि सञ्चालकलाई चित्त नबुझेमा माथिल्लो निकायमा वा कानुनी प्रक्रिया अवलम्बन गर्नसक्ने विकल्प खुला छ ।”

धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले प्लान्टको विषयमा चाँडै अनुगमनमा जाने र आवश्यक अध्ययन गर्ने प्रतिक्रिया दिनुभयोे । उहाँले भन्नुभयो, “यदि वातावरणमा असर गरेको पुष्टि भएमा आवश्यक कारबाही गरिन्छ, प्लान्ट बन्द गर्न निर्देशन दिन सकिन्छ । जनस्वास्थ्य र वातावरणको सुरक्षामा कुनै सम्झौता गरिँदैन ।”

Previous Post

ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

Next Post

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In