• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेंवाखोला बाढीको तीनवर्ष : अझै हटेन सास्ती

metakhabar by metakhabar
५ साउन २०८२,
0
हेंवाखोला बाढीको तीनवर्ष : अझै हटेन सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि विसं २०८० असार तेस्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आउनुपर्ने थियो । बाढीले हेंवा खोलाको सडक पुल बगाएको उनलाई जानकारी नै थियो । तर आर्थिक वर्ष सकिन लागेकाले नआइ नहुने भयो । डिजेलको अभावले गाउँबाट चल्ने सवारीसाधन बेलाबखत मात्रै चल्ने भइसकेका थिए ।

जोडबलले सवारीसाधनमा स्थान पाएर उनी पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपा पुछारसम्म पुगे । हेंवा खोलामा सडक अवरुद्ध भएकाले करिब दुई किलोमिटर पैदलयात्रा गरी फिदिम नगरपालिका–४ थापाटारबाट सवारीसाधन हुँदै उनी फिदिम आइपुगे ।

गत वर्षको असोजमा उनकी श्रीमती बिरामी परेपछि उपचारका लागि अस्पताल जानुपर्नेभयो । बिरामी श्रीमती लिएर फिदिम आउँदा हेंवा खोलामा अघिल्लो वर्षायामको जस्तै सास्ती आचार्यले खेप्नुप¥यो । यस वर्ष हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएपछि वर्षायाममा यात्रा नगर्ने अठोटमा आवश्यक सामग्री जोहो गरेर बस्ने सोचाइमा आचार्य हुनुहुन्थ्यो । तर जेठ दोस्रो साता उनलाई करेन्ट लाग्यो । नियमित फलोअपमा अस्पताल धाउनुपर्ने बाध्यता उनको छ ।

‘यसवर्ष आफैँ बिरामी भएकाले फलोअपका लागि अस्पताल जाँदै छु, आइतबार फिदिम आउँदै गरेका आचार्यले भने, तर यसवर्ष पनि उस्तै सास्ती खेप्नुप¥यो ।’आचार्य हेंवा खोलामा लगातार तीन वर्षायाममा आइपरेको समस्याको प्रत्यक्ष साक्षी हुन् । आचार्यले भनेजस्तै मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा २०८० असार २ गते आएको बाढीले यहाँ रहेको पक्की सडक पुल बगाएको थियो । यहाँ एक सातापछि फड्के निर्माण गरी मानिस र मोटरसाइकलले खोला पार गर्ने प्रबन्ध मिलाइयो । यसको करिब दुई महिनापछि सोही स्थानमा बेलिब्रिज जडान  सम्पन्न भयो ।

गतवर्ष असोज १२ गते बेमौसमी वर्षापछि आएको बाढीले १३ महिनाअघि जडित बेलिब्रिज बगायो । बेलिब्रिज बगाएपछि वर्षा क्रमशः रोकिँदै गयो । हेंवा खोलामा डाइभर्सन निर्माण गरी यातायातलाई सुचारु गरियो । निकै ढिलो गरी गत फागुनबाट यहाँ पुनः बेलिब्रिज जडान गर्न थालिएको थियो ।

सडक डिभिजन कार्यालय इलामले रु तीन करोड ४८ लाखको लागतमा निर्माण गरिरहेको बेलिब्रिज निर्माण सम्पन्न हुन लाग्दा गत जेठ ३१ गते भाँचियो । बेलिब्रिज भाँचिदा निर्माणमा संलग्न रहेका बाराको सिमरा उपमहानगरपालिका घर भएका तीन जना कामदारको ज्यान नै गयो ।

यसपछि दुर्घटनाग्रस्त बेलिब्रिज खोल्ने काम सम्पन्न भयो । तर नयाँ निर्माणको टुङ्गो नलाग्दै गएराति आएको बाढीले यहाँ निर्माण गरिएका दुई डाइभर्सनलाई क्षतिग्रस्त बनाएपछि सडक अवरुद्ध छ । यात्रु र स्थानीयवासी सरकारी निकाय गम्भीर नभएकोमा चिन्तित छन् । “बेलिब्रिज निर्माण गर्ने निर्माण कम्पनी, तालुकदार निकाय र आसपासका स्थानीय तह यसमा जिम्मेवार हुनुपर्छ”, उपचारका लागि फिदिम आउँदै गर्नुभएका यात्रु आचार्यले भने, ‘यो सास्तीको उपाय चाहीँ खोज्नुपर्छ । कडाइका साथ नियमन गरेको भए हुन्थ्यो । छोटो बाटो विकल्पका रुपमा खोज्न किन सकिएन होला? ‘

आचार्यकै छिमेकी राजेशकिरण भट्टराई आफ्नी दुई महिने सुत्केरी श्रीमतीलाई रोगको सङ्क्रमण देखिएपछि उपचारका लागि दुई वर्षअघि यसै याममा ल्याउनु परेको सम्झिन्छन् । ‘त्यो बेला साह्रै सास्ती भोग्नुपरेको थियो, उनले भने, यस वर्ष पनि उस्तै अवस्था रहेछ । यसवर्ष दुई वर्षको छोरोलाई कानमा समस्या देखिएपछि उपचारका लागि ल्याउँदै छु ।सवारीसाधन छोडेर भारी र बालबच्चासहित भीरको बाटो हिँड्नुपर्ने बाध्यता यात्रुको छ । यस्तो हैरानी सधैंँ दोहोरिरहेको किन होलारु भनेर हामीले बुझ्न सकेनौँ’, उनले भने । यात्रुका सामग्री स्थानीयवासी युवाहरुले केही शुल्क लिएर वारपार गराउँदै आएका छन् ।

अशक्त यात्रुले पनि भरियाकै सहारा लिनुपर्ने अवस्था छ । तर भनेको बेला भारी बोक्ने मानिस पाउन पनि कठीन छ । यस राजमार्गमा दैनिक हजारौँ यात्रु यात्रा गर्ने गर्दछन् । तीन वर्षदेखि हेंवा खोलामा सडक सहज नहुँदा यात्रुहरुले धेरै समस्या खेप्नुपरेको हेंवाखोलाकी व्यवसायी धनमता गुरुङको भनाइ छ । ‘पुल नहुँदा यात्रुहरुले धेरै दुःख पाइरहेका छन् । सरकारले गम्भीर भएर काम नगरेको हो कि जस्तो लाग्छ हामीलाई’, उनी भन्छिन्।

सडक डिभिजन कार्यालय इलामका इञ्जीनीयर सीताराम गौतमका अनुसार भत्किएको स्थानमा पुनः बेलिब्रिज जडान सुरु गर्ने तयारी भइरहेको छ । भाँचिएर झर्दा बिग्रिएका बेलिब्रिजका पार्टपूर्जा भारतबाट मगाइएको थियो । तर एक सातादेखि ती पार्टपूर्जा भन्सारमा आएर थन्किएका छन् ।

‘भन्सारमा थन्किएका पार्टपूर्जा आउनासाथ जडानको काम सुरु गर्छौंँ”, उनले भने, “यहाँको समस्याको सहज समाधान भनेकै बेलिब्रिज जडान गर्नु हो ।’समग्र निर्माणको ८० प्रतिशतभन्दा बढी काम भइसकेको ७० मिटर लामो बेलिब्रिज गत जेठ ३१ गते निर्माणकै क्रममा भाँचिएपछि यहाँ पुल निर्माण अझै अन्योलमा छ । बेलिब्रिज भाँचिएका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा समिति नै गठन गरी छानबिन गरेको थियो ।

सो समितिले प्राविधिक त्रुटीले बेलिब्रिज भाँचिएको र सोही स्थानमा बेलिब्रिज जडान गर्नु समस्या समाधानको उपयुक्त विकल्प हुने निष्कर्ष निकालेको थियो । तर भाँचिएको बेलिब्रिज खुस्काउने काम सकिएको दुई सातासम्म पनि नयाँ जडानको काम अघि बढ्न नसक्दा यात्रुहरु समस्यामा छन् ।

यही पुलले ताप्लेजुङ जिल्ला र पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ । निरन्तर वर्षा भइरहे डाइभर्सनबाट सवारीसाधन सञ्चालन गर्न सम्भव हुने छैन । यसको असर प्रभावित क्षेत्रका बिरामी, विद्यार्थी तथा उत्पादित कृषि उपजमाथि पर्नेछ ।

Previous Post

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

Next Post

किरात संस्कृति जोडिएको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२७ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२७ फाल्गुन २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
समाचार

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

२७ फाल्गुन २०८२,
Load More
Next Post
किरात संस्कृति जोडिएको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण

किरात संस्कृति जोडिएको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In