• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

metakhabar by metakhabar
२ साउन २०८२,
0
मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभएको छ । समाज डेन्टल अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनियता अझ बढी बढाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

“मेडिकल टुरिजमको विकासका लागि दन्त चिकित्साको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसका निम्ति दन्त उपचारको क्षेत्रलाई व्यापक विस्तार र आवश्यक प्रचारप्रसार गर्न आवश्यक छ”, स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “मेडिकल टुरिजमलाई आकर्षित गर्न आँखा, दाँत उपचारको विश्वसनियता अझ बलियो बनाउन र विशिष्टिकृत सेवाको सुनिश्चितता गर्न जरूरी छ ।”

स्वास्थ्यमन्त्री पौडेलले मेडिकल टुरिजमका लागि आवश्यक पर्ने कानुनी प्रबन्धहरू र राज्यले सहजीकरण गर्नुपर्ने विषयहरूका निम्ति सरोकारवाला पक्षसँग समन्वय गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको दन्त चिकित्सा क्षेत्र अन्तरराष्ट्रिय जगत्मा पनि विश्वसनीय छ, त्योभन्दा पनि बढी आँखाँ उपचार विश्वसनीय बन्दै गएको स्थिति छ । दन्त उपचार नेपालमा राम्रो हुन्छ भन्ने सन्देश बाहिर गएको छ ।”

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासमा देखिएका कानुनी उल्झनलाई सहजीकरण गरेर नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज बनाउनेतर्फ सरकार लागिपरेको विश्वास व्यक्त गर्नुभयो । उहाँले समाज डेन्टल दन्त चिकित्सा क्षेत्रमा विशिष्टिकृत उपचार प्रदान गर्ने संस्थाको रूपमा स्थापित भएको भन्दै दाँत स्वास्थ्यसम्बन्धी चेतना आम नागरिकमा फैलाउन पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताउनुभयो । दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्षसहित संस्था स्थापित भएको उहाँले उल्लेख गर्नुभयो ।

समाज डेन्डल अस्पतालका प्रबन्ध निर्देशक शङ्कु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित स्थापित संस्थाले विभिन्न आरोह–अवरोह पार गर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार २०५८ साल साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कुल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य रहेको छ । सो अवसरमा प्रबन्ध निर्देशक घिमिरेले रु एक करोड बराबरको उपचार कोष स्थापनाको घोषणा गर्नुभयो । गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल, मध्यपुरथिमि नगरपालिका–३ का वडाध्यक्ष कृष्णहरि आचार्य, सूर्यविनायक नगरपालिका–२ का वडाध्यक्ष प्रदीप कार्की, नेपाल डेन्टल एसोसिएसनका महासचिव डा प्रदीप भण्डारी, नेपाल दन्त सामग्री वितरक सङ्घका अध्यक्ष शालिकराम अर्याल, बानेश्वर उद्योग तथा व्यापार सङ्घका अध्यक्ष नवीन लुइँटेललगायतले आम नागरिकलाई गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउन सरकार र निजी क्षेत्रको बलियो समन्वय र सहकार्य जरूरी भएको उल्लेख गर्नुभयो ।

Previous Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस

metakhabar

metakhabar

सम्बन्धित खबर

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
Load More
Next Post
आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस

आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In