• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

metakhabar by metakhabar
१ साउन २०८२,
0
तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।

दुई हजार दुई सय मिटर लामो उक्त सडक निर्माणको ठेक्का विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले लिएको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण उक्त सडक समयमा विस्तार र स्तरोन्नति हुन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका इञ्जिनीयर किरण सुवेदीले उक्त सडक निर्माणमा हालसम्म ७० प्रतिशत भौतिक र ६६ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो । गत वैशाख दोस्रो सातादेखि अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सुरू गरिए पनि पहिलो चरणको कालोपत्र अझै नसकिएको उहाँको भनाइ छ । “दोस्रो तहको कालोपत्र गर्न बाँकी नै छ, सडक मार्किङ, सौन्दर्यीकरणलगायत काम गर्न अझै केही महिना लाग्ने देखिन्छ”, इञ्जिनीर सुवेदीले भन्नुभयो, “वर्षात्का बेला भएकाले कालोपत्रको काम प्रभावित भइरहेको छ, आउँदो आवभित्रमा काम पूरा हुन्छ ।”

हरिचोकतर्फबाट सुरू भएको पहिलो तहको कालोपत्र अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माण प्रभावित बनेको इञ्जीनीयर सुवेदीले बताउनुभयो । आगामी हिउँदसम्ममा उक्त खण्डको यातायात सेवा सहज हुने उहाँको भनाइ छ । “लामो समय सडक नबन्दा स्थानीयवासी र यात्रु मर्कामा थिए, अब भने धेरै सहज भइसकेको छ”, उहाँले भन्नुभयो ।

उक्त खण्डको दुवैतर्फ चार लेनको सडक चार वर्षअघि नै बनिसकेको थियो । बीचको खण्ड जीर्ण हुँदा प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यातायात सेवा असहज बन्दै आएको छ । सडक कच्ची र अस्तव्यस्त हुँदा सवारी जामको समस्या र दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीको गुनासो छ ।

आयोजना कार्यालयका अनुसार दुई वर्षमा सक्ने ठेक्का सम्झौता भए पनि समयमा काम पूरा हुन नसकेपछि दुई पटकसम्म ठेक्का म्याद थपिएको छ । आयोजना कार्यालयले ठेक्का तोड्न खोजे पनि निर्माण कम्पनीले कामलाई तीव्रता दिने प्रतिबद्धता गरेपछि म्याद थपिँदै आएको हो ।

निर्माण कम्पनीले प्रतिबद्धता अनुसार समयमा काम गर्न नसकेको इञ्जीनीयर सुवेदीले बताउनुभयो । उक्त सडक निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयवासीले पठक–पटक आयोजना कार्यालयलगायत सरोकार भएका पक्षलाई ध्यानाकर्षण गराएका थिए ।

गतवर्ष असार १५ मा सडकमै रोपाइँ गरेर दबाबमूलक कार्यक्रमसमेत गरेका थिए । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउँजाउ गर्ने गरेका छन् ।

Previous Post

नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत

Next Post

कामपाको बजेट पारित

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

कामपाको बजेट पारित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In