• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान

metakhabar by metakhabar
३२ असार २०८२,
0
हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ३२ असार : ‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ६० औँ शृङ्खलामा पोखरा महानगरपालिका–२२ स्थित कालाबाङ घरेडी बुद्धपार्कलगायतका क्षेत्र समेटेको छ ।

स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूल नाराका साथ विगत छ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार गरिँदै आएको हाइकिङको ६० औँ शृङ्खला पोखरा २२ स्थित कालाबाङ घरेडीबाट सुरु गरी भुम्दी, तारेभिर, चिसापानी पुगेर पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा आएर सम्पन्न गरिएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो ।

एक दिवसीय पदयात्रा(हाइकिङ)सहित घरवास पर्यटनको अनुुभव लिन पनि यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको उहाँले बताउनुुभयो ।

पछिल्ला समयमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल वढ्न थालेको तारेभिरस्थित असिम खाजा घर एण्ड किराना पसलका सञ्चालक राजु रानाले बताउनुभयो ।

समग्र पोखरासहित हिमाली दृश्य समेतको एक साथ अवलोकन गर्ने गन्तव्यका रुपमा चासो र चर्चा कमाएको यो क्षेत्र पोखराबाट पश्चिमतिर रहेको छ । पोखराको वडा नं २३ घाँटी छिनाबाट माथि हेर्दा तारा तथा ठूलो छर्लङ्ग देखिने भिरका कारण यहाँ जाने मार्गको भिरलाई तारेभिरका रुपमा लिने गरिएको स्थानीयवासी बताउँछन् ।

सम्पूर्ण पोखरालाई एक साथ नियाल्न सकिने कालाबाङको शिरबाट देखिने हिमाली दृश्यले यहाँ आउने जो कोही लोभिने गरेका छन् । न्हेआल डाँडाका रुपमा समेत चिनिने यहाँबाट फेवाताल सहित पोखराको लदृश्यका साथै धौलागिरि, अन्नपूर्ण, मनास्लुलगायतका हिमशृङ्खला नाङ्गो आँखाले देख्न सकिन्छ ।

कालाबाङ आफैँमा प्रकृति र संस्कृतिको सङ्गम हो । प्राचीन मौलिकता कायमै रहेका यो गाउँमा गुरुङ समूदायको बाहुल्यता छ । परापूर्वकालदेखि नै स्याङ्जा, कास्की र पर्वतको त्रिवेणी धार्मिक पर्यटकीयस्थल पञ्चासेलगायतका स्थानमा आवतजावत गर्नेहरूको बास बस्ने ठाउँका रुपमा कालाबाङ रहेको थियो ।

विगतमा समेत आतिथ्यता प्रदान गरिहेको यस ठाउँको मौलिकतालाई अहिले पनि घरवासमार्फत जगेर्ना गरिएको छ । गाउँलाई घरवासमार्फत पर्यटनसँग जोड्नका लागि यहाँ सञ्चालित घरवास यतिखेर स्वदेशी एवं विदेशी पर्यटककको विशिष्ट रोजाइमा पर्ने गरेको कालाबाङ होमस्टेका संस्थापक सचिव एवं अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुुभयो ।

“यहाँका १८ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ”, उहाँले भन्नुुभयो, “हामी कालाबाङ आएका पर्यटकलाई दैनिक ९० जनासम्म होमस्टेमा राख्न सक्ने व्यवस्था मिलाएका छौँ ।” अनौपचारिक रुपमा २०७० सालदेखि होमस्टे सुरु गरिए पनि औपचारिक रुपमा भने २०७३ असोजमा पर्यटन कार्यालयमा विविधवत् होमस्टे दर्ता गरिएको उहाँले जानकारी दिनुुभयो ।

पोखराको पृथ्वीचोकको बसपार्कबाट एक घण्टामा पुग्न सकिने यो होमस्टे पछिल्ला समयमा पर्यटकको आकर्षक गन्तव्य बनिरहेको उहाँले बताउनुुभयो । पोखराबाट १४ किलोमिटर दूरीमा पुग्न सकिने यस ठाउँमा पुगेका पर्यटकका लागि होमस्टे सञ्चालकले एक दिनको रु एक हजार १०० प्याकेज निर्धारण गरेका छन् । प्याकेजअनुसार गाउँमा पुगेका पर्यटकलाई बेलुका साँझको स्वागत खाजा, बेलुकाको मासु खाना, बिहानको नास्ता एवं सुतेको समेत गरी प्याकेज निर्धारण गरिएको छ ।

एक घण्टामा नै पुग्न सकिने भएकाले अधिकांशत बेलुका पुगेर भोलिपल्ट फर्कने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुुभयो । गाउँमा जानका लागि सार्वजनिक यातायात पनि सहज छ । प्रत्येक दिन बिहान ८ः३० बजे, दिउँसो १ः३०, ३ः३० र ६ः०० बजे पृथ्वीचोकबाट कालाबाङ घरेडीसम्म बस छुट्ने गरेको र त्यहीअनुरुप उताबाट पनि बसहरू फर्कने व्यवस्था मिलाइएको छ ।

प्रकृति र संस्कृतिले सम्पन्न कालबाङमा स्थानीयले ब्राह्मणको भजन, गुरुङको झ्याउरे, दलितको रत्यौली र नौमती बाजा सुन्ने÷हेर्नेलगायतका व्यवस्था मिलाएका छन् ।

चिटिक्क सजाइएका ढुङ्गेघर र ढुङ्गाका छपनीले छपक्क छापिएको बाटो आदि यहाँका विशेषता हुन् । बस्ती जति सुन्दर छ त्यस्तै स्थानीयको आतिथ्यता पनि लोभलाग्दो छ ।

गाउँको सिरानमा स्थानीयकै सक्रियतामा बनाइएको बुद्धपार्क यतिखेर यहाँको अर्को आकर्षण बनेको छ । बुद्धपार्क निर्माणको अभियान भने तत्कालीन जिल्ला विकास समिति हुँदैदेखि सुरु गरिएको होमस्टेका अध्यक्ष एवं पार्क निर्माण समितिका अर्थ सङ्कलन उपसमितिका संयोजक समेत रहनुभएका गुरुङले जानकारी दिनुुभयो ।

बुद्धपार्क र यस आसपासमा विभिन्न पूर्वाधार निर्माणमा स्थानीय जनसहभागितासहित हालसम्म करिब रु तीन करोड खर्च भइसकेकको उहाँले जानकारी सिदनुुभयो । हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटका अनुसार पोखराबाट नजिक रहेका कारण बुद्धपार्क पछिल्लो समयमा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पोखराबाट नजिकै र छोटो समयका लागि पदयात्रा गर्न चाहने पर्यटकलाई पनि यो ठाउँ उपयुक्त गन्तव्यका रुपमा रहेको उहाँले बताउनुुभयो । “एक दिवसीय हाइकिङका लागि पनि यो गन्तव्य उपयुक्त छ”, उहाँले भन्नुुभयो, “हाइकिङ गर्न चाहने पर्यटकलाई कालाबाङ घरेडीबाट पदयात्रा सुरु गराई भुम्दी, तारेभिर, चिसापानीबाट पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा ल्याउन सकिन्छ ।”

यिनै सम्भावनाकै उजागर गराउनका लागि हाइकर्स क्लब नेपालले एक दिवसीय हाइकिङमा कालाबाङ घरेडी बुद्धपार्क क्षेत्रलाई समेट्न खोजेको उहाँले बताउनुुभयो ।

Previous Post

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

Next Post

मादीनदी पुलको काम अन्तिम चरणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
Load More
Next Post
मादीनदी पुलको काम अन्तिम चरणमा

मादीनदी पुलको काम अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In