• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेनीको शिरमा ‘रावण पार्क’

metakhabar by metakhabar
३२ असार २०८२,
0
बेनीको शिरमा ‘रावण पार्क’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ३२ असारः म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ ।

परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा अवस्थित छ । ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्नेबाहेक सबै काम सकिएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले करिब ९४ प्रतिशत भौतिक प्रगति भएको रावण पार्क आगामी असोजमा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्काको म्याद थप गरिएको जानकारी दिनुभयो ।

“चार रोपनी क्षेत्रफलमा निर्मित पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको छ”, उहाँले भन्नुभयो, “ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभि गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएका छन् ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७६÷७७ देखि रावणको मूर्तिसहित पार्क निर्माण थालिएको थियो ।

नगरपालिकाले मन्त्रालयमा नियमित प्रतिवेदन बुझाउन नसक्दा आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ मा बजेट व्यवस्थापन हुन नसकेपछि निर्माण व्यवसायी पनि पन्छिन खोजेका भन्दै नगरप्रमुख केसीले ४४ महिनासम्म निर्माण रोकिएको उल्लेख गर्नुभयो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ फागुनमा धर्म एस कास्यप जेभीले रु एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणले गत फागुनदेखि गति लिएको थियो । लामो समय र धेरै प्रयासपछि बजेट व्यवस्थापन गरेर विसं २०७८ असारदेखि रोकिएको निर्माणलाई नियमित रूपमा फर्काएर अन्तिम चरणमा पुर्‍याइएको बेनी-५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।

उहाँका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएका र उनको नाभि गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ । पुलह आश्रम १४ रोपनी क्षेत्रफलमा फैलिएको बताउँदै उहाँले यहाँ पार्क निर्माण सम्पन्न भएर सञ्चालनमा आएमा पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित रावण पार्क निर्माण स्थल पछैबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचाैँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठसहितका व्यक्तले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।

विसं २०७४ देखि बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावका कारण रामायण उद्यानको योजना कार्यान्वयन हुन सकेको थिएन । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ । बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे, बाँसबोट, एकपाटे हुँदै पुरुण्डीसम्मको सडक कालोपत्रे भएको छ । पुरुण्डीबाट करिब दुई किलोमिटर कच्ची सडकको यात्रापछि पछै पुगिन्छ ।

Previous Post

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

Next Post

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In