• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्देशक शर्मालाई ‘चलचित्र दीर्घसम्मान’ प्रदान

metakhabar by metakhabar
३१ असार २०८२,
0
निर्देशक शर्मालाई ‘चलचित्र दीर्घसम्मान’ प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ असारः चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । यहाँ आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई नगद राशि रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा सम्मान गर्नुभएको हो । बोर्डका अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा निरन्तर कार्य गरिरहेकालाई प्रोत्साहन गर्न चलचित्र पुरस्कार तथा सम्मान गर्ने गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले चलचित्रकर्मीको कामलाई प्रोत्साहन गर्न विशेष समारोहको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेका छौँ । म अध्यक्षको पदभार ग्रहण गरेदेखि चलचित्र ऐन, स्टुडियो निर्माण तथा बक्सअफिसको पूर्ण कार्यान्वयन गर्ने लक्ष्यलाई पूरा गरेको छु । यो वर्ष क्षमता तथा दक्षता अभिवृद्धिका लागि हामीले काम गर्दैछौँ ।”

उक्त समारोहमा ‘विशेष योगदान सम्मान’अन्तर्गत मरणोपरान्त प्रकाश व्यवस्थापक (लाइट म्यान) स्वर्गीय श्रवण मास्केलाई नगद राशि रु ५० हजारसहित सम्मान गरिएको छ । उहाँको भाइ सञ्जिव मास्केले उक्त सम्मान ग्रहण गर्नुभयो ।

अन्य कलाकारकर्मी अभिनेता निखिल उप्रेती, सुरक्षा पन्त, उत्तम केसी, प्रेम सुब्बा, गायिका देविका बन्दना, छायाँकार दीर्घ गुरूङ, नाट्यकर्मी अनुप बराल, निर्देशक पर्शुराम चौधरी, प्रदर्शक नकिम उद्दीनलाई पनि ‘विशेष योगदान सम्मान’ मार्फत सम्मानित गरियो । स्वर्गीय माक्सेबाहेक अन्य सम्मानितलाई नगद पुस्कार भने थिएन ।

यस्तै, गत वर्ष विसं २०८१ मा प्रदर्शन भएका चलचित्रमध्येबाट नौ विधामा चलचित्रकर्मी तथा कलाकर्मीलाई नगद राशि रु २५ हजारसहित चलचित्र पुरस्कार प्रदान गरिएको छ ।

उक्त समारोहमा उत्कृष्ट चलचित्र ‘शाम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल (पूर्णबहादरको सारङ्गी), उत्कृष्ट अभिनेत्री उपासनासिंह ठकुरी (खुस्मा), उत्कृष्ट निर्देशक मिनबहादुर भाम (शाम्बाला), उत्कृष्ट सम्पादक भरत रेग्मी (पुजार सार्की), उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान (पीताम्बर), उत्कृष्ट लेखक दिपकराज गिरी (छक्का पञ्जा–५), उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र ‘गालय् वन’ (नेवारी भाषा) लाई प्रदान गर्नुका साथै निर्णायक समितिमार्फत प्रदान गरिने ‘प्रोत्साहन पुरस्कार’ अभिनेता प्रदीप खड्का (पुजार सार्की) लाई प्रदान गरियो ।

उक्त समारोहमा ‘विशेष चलचित्र पुरस्कार’ लिम्बू भाषाको चलचित्र ‘याक्कथुङ’ र मगर भाषाको चलचित्र ‘दिलसरा’ लाई प्रदान गरियो । उक्त दुई चलचित्रले जनही नगद राशि रु दुई लाख प्राप्त गर्नेछन् । चलचित्र पुरस्कारको निर्णायक समितिका संयोजक कलाकार रमेश बुढाथोकी र सदस्यहरू रङ्ग संयोजक करुण थापा, द्वन्द्व निर्देशक एनबी महर्जन, निर्देशक सुचित्रा श्रेष्ठ र दीपेन्द्रकुमार खनाल रहनुभएको छ ।

Previous Post

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

Next Post

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

metakhabar

metakhabar

सम्बन्धित खबर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
Load More
Next Post
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In