• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुटवलवासीलाई पिरोलिरहने ज्योतीनगरको पहिरो

metakhabar by metakhabar
२५ असार २०८२,
0
बुटवलवासीलाई पिरोलिरहने ज्योतीनगरको पहिरो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : बुटवलको ज्योतिनगर क्षेत्रमा पहिलो पटक २०५५ सालमा पहिरो गएको थियो। पहिरो जाँदा ५७ वटा घर पूर्ण क्षति भएका थिए। यसरी पूर्ण क्षति भएका घरपरिवारलाई सरकारले बुटवलकै तामनगरको सामुदायिक वन क्षेत्रमा जग्गा दिएर बसोवासको व्यवस्था मिलाएको थियो।

ज्योतीनगरका स्थानीयलाई पहिरोले २६ वर्षअघिदेखि दिँदै आएको पीडा अहिले पनि रोकिएको छैन। ज्योतीनगरमा २०५५ पछि केही वर्ष पहिरो रोकिएपनि २०७८ सालमा १४ घर पूर्ण रुपमा क्षति हुने गरी आयो। २०५५ सालको विनाशकारी पहिरोको पीडा भुलेका ज्योतीनगर तथा लक्ष्मीनगरवासीलाई २०७८ सालको पहिरो गएको हिजो अस्ति जस्तै लाग्छ।

त्यस क्षेत्रमा हरेक वर्षको वर्षामा पटक पटक सानाठूला पहिरो खसेको खस्यै छ तर पहिरो रोक्ने स्थायी समाधान नहुँदा समस्या ज्युँकात्युँ छ।  अहिले पनि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका दर्जनभन्दा बढी घर जोखिममा परेका छन्। २०७८ सालपछि घरपरिवार विस्थापित नै हुनेगरी पहिरो नगए पनि  पहिरोको जोखिम कायमै रहेको बुटवल उपमहानगरपालिका वडा नं ३ का वडा सदस्य तथा विपद् व्यवस्थापन संयोजक अमृत खड्काले बताए।

उनले पहिरो रोकथामका लागि वडादेखि उपमहानगरले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ। उनले पहिरोको जोखिम कम गर्नको लागि वृक्षारोपण लगायतका कामहरू समेत भइरहेको बताए। पहिरोको जोखिम भएका ज्योतिनगर र लक्ष्मीनगरका क्षेत्रहरूमा प्रतिकार्यका लागि डोजरहरू समेत राखिएको बताए। उनले पहिरो जाने सम्भावित क्षेत्रहरूमा क्यामेरा समेत जडान गरिएको बताए।

क्यामेराले कैद गर्ने फोटोको आधारमा पहिरोको जोखिमयुक्त क्षेत्र पहिचानका लागि युकेको एक विश्वविद्यालयको सहयागेमा क्यामेरा जडान गरिएको उनको भनाइ छ।

ज्योतीनगर पहिरोले ज्योतिनगरवासीलाई मात्र नभएर बुटवल उपमहानगरपालिका वडा नं ४, ५ र ६ का साथै बुटवल बजारमा पर्ने सिद्धार्थ राजमार्गमा समेत असर पार्ने भएकोले पहिरो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले करोडौं रकम खर्च गरिसकेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनले वाशिश नीति तथा कार्यक्रममार्फत पहिरो रोक्न दीर्घकालिन एवं अल्पकालिन कार्यक्रमहरू सञ्चालन गरिएको बताए। यद्यपि ज्योतीनगरको पहिरो रोक्न संघीय सरकारले ठूलो लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ।

उनले बुटवल महानगरपालिकाभित्रका पहिरोको जोखिम भएको क्षेत्रमा तीन तहको सरकारले समन्वयकारी भुमिका खेल्नुपर्नेमा जोड दिए।

बुटवलको ज्योतिनगर, लक्ष्मीनगर, पाखापानीको पहिरो नियन्त्रण तथा तिनाउ दानव नदी नियन्त्रणका लागि स्थानीय सरकारको बजेटले मात्रै धान्न नसक्ने भन्दै नगर प्रमुख पाण्डेयले विनाशकारी बाढी पहिरोको समस्या समाधानका लागि संघीय सरकारले लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।

ज्योतिनगर पहिरो नियन्त्रणका लागि मात्रै करिव सवा अर्ब रूपयाँ खर्च लाग्ने डिपिआर तयार भएको भन्दै उनले त्यति ठूलो धनराशि एउटा पालिकाले खर्च गर्न सम्भव बताए। वर्षायाम सुरु भएसँगै आफूहरूलाई पहिरोको चिन्ताले सताइरहने गरेको ज्योतीनगरवासीको भनाइ छ। पहिरो नियन्त्रणका लागि स्थानीय सरकारले अग्रसरता देखाए पनि पर्याप्त नहुने भएकोले संघीय सरकारले  पनि लगानी गर्नुपर्नेमा उनीहरूको जोड छ।

२०५५ देखि २०७८ सालको पहिरोसम्म आइपुग्दा ज्योतीनगरमा घना बस्ती बसिसेको छ। बस्ती स्थानान्तरणका लागि स्थानीय सरकारले चासो नदिँदा ज्योगिनगरको पहिरोले पिरोलिरहेको छ।

Previous Post

सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा

Next Post

पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरूले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरूले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरूले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In