• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यातायात क्षेत्र व्यवस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता

metakhabar by metakhabar
२० असार २०८२,
0
यातायात क्षेत्र व्यवस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० असारः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । यसका लागि नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उहाँको भनाइ छ ।

यसैगरी, सवारीसाधनहरुलाई भारवहन क्षमताअनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागू गरिने पनि उहाँले बताउनुभयो । नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारवहन क्षमता कडाइका साथ लागू गर्न आवश्यक रहेको उहाँको भनाइ छ । अधिक भारका मालवाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गरिने बताउनुभयो ।

चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले नेपालका सडक, पुललगायतका संरचनाको संरक्षण सबैको दायित्व रहेको पनि उल्लेख गर्नुभयो ।

“हाम्रो भूबनोट तथा सडकको अवस्थाअनुसार पुलहरुको निर्माण गरिएको हुन्छ,” मन्त्री दाहालले भन्नुभयो, “निश्चित भार क्षमताका ती संरचनामा जथाभावी अधिक भारका सवारीसाधन त चलाउनु भएन नि, हाम्रा संरचनको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो ।”

उहाँले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा व्यवसायीहरुले राखेका माग सम्बोधनमा मन्त्रालय सकारात्मक रहेको मन्त्री दाहालले बाताउनुभयो ।

‘विकासलाई उत्पादनसँग जोडौँ’

नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र हुँदैन भन्नेहरुको भ्रमलाई एसियन मापदण्डमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी राजमार्गले चिरिरहेको समेत बताउनुभयो ।

यसैगरी, उत्तर दक्षिण करिडोरका रुपमा निर्माण भइरहेका राजमार्गले नेपाललाई चीन र भारतसँगको पहुँचलाई पनि बलियो बनाइरहेको मन्त्री दाहालको भनाइ छ । यसैगरी, हुम्लामा समेत पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उहाँले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

“हामीले सडक तथा पुलहरु बनायौँ, तर यो नै अन्तिम विकास होइन, यी संरचनाहरुको माध्यमबाट उत्पादन वृद्धि गर्न जरुरी छ,” मन्त्री दाहालले भन्नुभयो, “अब सहर र गाउँको दूरी टाढा रहेन, गाउँमा पनि उद्यमशीलताको विकास गर्न सहज भएको छ, त्यहाँ उत्पादित तथा प्रशोधित कृषि उपजलगायतका उत्पादनलाई बजारसम्म ल्याएर उत्पादन वृद्धितर्फ पनि हामीले ध्यान दिने बेला आएको छ ।”

यातायात क्षेत्रलाई सुरक्षित बनाउनेतर्फ समेत ध्यान दिइएको मन्त्री दाहालको भनाइ थियो । समितिको सो भवन रु एक करोड ११ लाखको लागतमा निर्माण भएको अध्यक्ष कृष्णप्रसाद पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, यातायात व्यावसायी महासङ्घका अध्यक्ष विजय स्वार, यातायात व्यावसायी, मजदुर नेतालगायतले बोल्नुभएको थियो । कार्यक्रममा भवन निर्माणमा योगदान गर्नेलाई सम्मान गरिएको थियो ।

Previous Post

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

Next Post

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In