• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पाखाबारीमा लोभलाग्दो केराखेतीः १५ लाखसम्म आम्दानी

metakhabar by metakhabar
१५ असार २०८२,
0
पाखाबारीमा लोभलाग्दो केराखेतीः १५ लाखसम्म आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी (म्याग्दी), १५ असारः बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा तीन रोपनीमा केराखेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लाग्नुभएको थियो ।

“अहिले मेरो सबै जग्गामा केराखेती छ, करिब २५ रोपनीमा केराखेती विस्तार गरेको छु, वार्षिक रूपमा रु १० देखि १५ लाख केराबाट आम्दानी हुन्छ, नयाँ बोटले उत्पादन दिन थाल्यो भने आम्दानी पनि बढ्ने अनुमान गरेको छु”, खत्रीले भन्नुभयो । परम्परागत रूपमा धान रोप्ने खेत र मकै, कोदोलगायत अन्नबाली लगाउने बारीमा खत्रीले व्यावसायिक केराखेती लगाउनुभएको छ ।

केराखेतीका लागि आवश्यक पर्ने मलका लागि कुखुरापालन पनि गर्नुभएका खत्रीले परम्परागत खेतीबालीलाई व्यावसायिक बनाउने र परिश्रम गर्न सकेमा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ । उहाँका चारवटा केराखेतीको बगान छन् । काउलेगौँडामा विगत एक दशकयता केराखेतीको लहर चलेको हो । यहाँका करिब एक सय ५० घरपरिवार सबैले केराखेती गरेका छन् । काउलेगौँडाको थाकन, गौउथले, मुलबारी, पाटारुख, बराहथान तुसारेलगायत क्षेत्रमा केराखेतीको व्यावसायिकता बढेको छ ।

यस गाउँमा रुद्र चोखाल, दीपक खड्का, ओमकार पुरी, सोम केसी, भगवती बस्नेत, रुद्रबहादुर बस्नेतलगायतले केराको व्यावसायिक खेती गर्नुभएको छ । काउलेगौँडाका विभिन्न टोलबस्तीमा करिब चार सय रोपनीमा केराखेती विस्तार भएको काउलेगौँडा कृषि समूहका अध्यक्ष पुन्य चोखालले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले समेत साढे पाँच रोपनी बढी जग्गामा केराखेती गर्नुभएको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा बेनी नगरपालिकाको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत काउलेगौँडामा एक सय २० रोपनी जग्गामा तीन हजार पाँच सय हजारी जातको नयाँ बिरुवा लगाइएको छ ।

पच्चीस जना किसान आबद्ध काउलेगौँडा कृषक समूहले बेनी नगरपालिकाको रु १२ लाख अनुदान र किसानको रु १२ लाख बराबरको साझेदारीमा एक सय २० रोपनी जग्गामा केराखेती विस्तार गरिएको छ । दुईवटा माटे पोखरी र एक ढलान गरेको पक्की सिँचाइ पोखरी निर्माण गरी स्थानीयस्तरमा रहेका मुलको पानीलाई जम्मा गरेर तीन हजार पाँच सय मिटर पाइप लाइन विस्तार गरेर केराखेती भएको ठाउँमा सिँचाइको बन्दोबस्त मिलाइएको समूहका अध्यक्ष चोखालले बताउनुभयो । पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत भर्याङ, सिकेचरलगायतका कृषि औजार र उपकरणसमेत खरिद गरी वितरण गरिएको छ । यहाँ हजारी, धुर्से र मुर्रे जातका केराखेती हुँदै आएको छ ।

काउलेडौँडा क्षेत्रमा अहिले स्थानीय पानीका मुलहरूलाई जम्मा गरेर केराखेतीमा सिँचाइको प्रबन्ध मिलाउँदै आइएको छ । व्यावासायिक रूपमा खेती विस्तार भइरहेकाले निकट भविष्यमा हिउँदयाममा केरालाई सिँचाइको अभाव हुने भएकाले रघुगङ्गा र कालीगण्डकी नदीबाट लिफ्ट प्रविधिको सिँचाइ आयोजनाका लागि माग गरिएको कृषक समूहका अध्यक्ष चोखालले जानकारी दिनुभयो ।

अन्नबाली छाडेर केराको व्यावसायिक खेती

युवायुवती वैदेशिक रोजगारको कारण विदेश जाने र गाउँघरमा अन्नबालीको खेती लगाउन काम गर्ने जनशक्ति पाइन छाडेपछि स्थानीयले केराखेती सुरु गरेका थिए । खेतबारीलाई बाँझो रहन नदिन सुरु भएको केराखेती अहिले गाउँको आम्दानीको प्रमुख स्रोत बनेको छ । गाउँमा अधिकांशले खेतीयोग्य जमिनका साथै पाखो बारीमा पनि केराखेती लगाएको स्थानीय कुलबहादुर बस्नेतले बताउनुभयो ।

“करिब आठ रोपनी जग्गामा केराखेती विस्तार गरेको छु, अहिले त्यसले उत्पादन दिन थालेको छ, उत्पादन भएको केरा बिक्रीका लागि बजार अभाव छैन, खेती गर्न पनि कठिन छैन”, बस्नेतले भन्नुभयो । व्यावसायिक रूपमा पशुपालन गरेर दूध बिक्री गर्दै आउनुभएका बस्नेतले गाउँ नजिकै रहेको गलेश्वर बजारमा दूध तथा केरा बिक्री गरेर मासिक रु २७ हजारबराबर आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो ।

गाउँमा अधिकांश घरले केराखेतीबाट नगद आम्दानी गर्न थालिसकेका छन् । परम्परागत खेतीबाट नगद आम्दानी नहुने र श्रम गर्ने जनशक्तिको अभाव हुन थालेपछि अन्नबालीको विकल्पमा यस गाउँमा केराखेती विस्तारले तीव्रता पाएको थियो । स्थानीय किसान टेकबहादुर भण्डारीले अन्नबालीको तुलनामा केराखेतीबाट तेब्बर बढी आम्दानी हुने गरेको सुनाउनुभयो ।

करिब पाँच वर्षदेखि केराखेती गर्नुभएका बस्नेतले धानखेती हुने करिब आठ रोपनी खेतमा केराखेती विस्तार गर्नुभएको छ । “अन्नबाली लगाउनुभन्दा केराखेतीबाट धेरै फाइदा छ, बिरुवा लगाएपछि हिउँदयाममा सिँचाइ पुर्याउन सकियो भने उत्पादन राम्रो हुन्छ, पहिले अन्नबाली लगाउने स्थानीय अहिले फलफूलखेतीतर्फ आकर्षित भएका छौँ”, उहाँले भन्नुभयो ।

स्वरोजगार र समृद्धिका लागि पकेट क्षेत्र विस्तार

म्याग्दी अहिले पनि केरामा आत्मनिर्भर बन्न सकेको छैन । बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ९ को काउलेगौँडा केराखेतीको पकेट क्षेत्र मानिन्छ । नगरपालिकाले सम्भावित खेतीको व्यावसायिकता बढाउन र किसानलाई स्वरोजगार, जिल्लालाई आत्मनिर्भर, गाउँलाई समृद्धिको बाटोमा अघि बढाउन पकेट क्षेत्र विस्तारलाई जोड दिएको छ ।

चालु आर्थिक वर्षमा वडा नं ३ भकिम्लीलाई विकी र वडा नं ९ घतानको काउलेगौँडालाई केरा पकेट विस्तार कार्यक्रम सञ्चालन गरी किसानलाई प्रोत्साहन गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार, नगरपालिका र कृषक समूहको रु १२–१२ लाखको साझेदारीमा सञ्चालन गरिएको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमबाट कम्तीमा ६० प्रतिशत रकम केराको क्षेत्र विस्तारमा लगानी भएको छ ।

बेनी –९ घतानका वडाध्यक्ष चक्रबहादुर केसीले निर्वाहमुखी खेती किसानीबाट काउलेगौँडाका किसान केराखेतीको व्यावसायिकतामा लागेको बताउनुभयो । स्थानीयले खेतबारी बाँझो रहन नदिन सुरु गरेको केराखेती सफल भएपछि अहिले अभियानकै रूपमा केराखेती विस्तारले तीव्रता पाएको र यसले यहाँका स्थानीयको जीवनस्तर सुधारमा पनि सघाउन थालेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । यहाँ उत्पादन भएको केरा अहिले गलेश्वर बजार र सदरमुकाम बेनीमा खपत हुँदै आएको छ । बजार खोज्न नपर्ने र व्यापारी केरा खरिदका लागि गाउँमै पुग्ने भएकाले केराखेतीमा आकर्षण बढेको छ । बोट लगाएको दुई वर्षभित्र नै उत्पादन दिन सुरु गर्ने र एउटा बोटबाट दर्जनौँ घारीका रूपमा विस्तार हुने तथा अन्य फलफूलको तुलनामा गोडमेल र मलजलमा समेत झन्झट कम हुने भएकाले केराखेती किसानको रोजाइमा पर्न थालेको छ । म्याग्दीमा अहिले पनि बाहिरबाट केरा आयात हुने भएकाले केराखेतीको पकेट विस्तारले जिल्लालाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

Previous Post

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

Next Post

मनसुनमा मनतातो पानी: स्वास्थ्यलाई कसरी बनाउँछ बलियो ?

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
मनसुनमा मनतातो पानी: स्वास्थ्यलाई कसरी बनाउँछ बलियो ?

मनसुनमा मनतातो पानी: स्वास्थ्यलाई कसरी बनाउँछ बलियो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In