• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाखौँ आम्दानी दिने बेत बाँस : बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल

    लाखौँ आम्दानी दिने बेत बाँस : बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल

    एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

    एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

    अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

    अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

    अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन

metakhabar by metakhabar
१२ असार २०८२,
0
म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, १२ असारः पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आउनुभएको छ ।

शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिनुभयो । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उहाँसँगै श्रमतीतले गीताले अरिङ्गालपालन गर्नुभएको हो ।

“नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गत वर्ष जङ्गलबाट घरमा ल्याएर गरेको अरिङ्गालपालन सफल भएको छ”, गीताले भन्नुभयो, “मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिङ्गाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ ।”

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहनुभएकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएका श्रीमान् अशोकले साथ दिनुभएको छ ।

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिङ्गालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिनुभयो । “जङ्गलमा अरिङ्गालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ”, अशोकले भन्नुभयो, “अरिङ्गालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिङ्गालको गोला ल्याएर पाल्ने गरेका छौँ ।”

जङ्गलबाट ल्याइएको अरिङ्गाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ । “बेनीका होटलमा अरिङ्गालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन् । काँचो लार्भा प्रतिकिलो रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको छ”, शाहीले भन्नुभयो ।

गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताउनुभयो । “एउटा गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई÷दुई महिनामा लार्भा निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो ।

पालेका अरिङ्गाल चरनका लागि जङ्गल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्जा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिङ्गालका आहारा हुन् । झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताउनुभयो ।

शक्तिवद्र्धक मानिने अरिङ्गालको भुटेको लार्भा प्रतिरिकापी रु ६०० का दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताउनुभयो । अरिङ्गाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उहाँको अनुभव छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिङ्गालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन् ।

“अरिङ्गाल पाल्न सजिलो काम भने होइन । गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिङ्गाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ”, अशोकले भन्नुभयो, “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।” उहाँका अनुसार रातो र कालो जातका अरिङ्गाल बढी पाइन्छन् ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिङ्गालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताउनुभयो । “लार्भाका लागि गोला पोलेर अरिङ्गालको वंशनै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ”, उहाँले भन्नुभयो, “जोखिम भएकाले अरिङ्गालपालनमा सावधानी भने अपनाउन आवश्यक छ ।”

Previous Post

कोरोनाका यी पाँच दिशानिर्देशहरू फेरि सम्झनुहोस्, परिवार सुरक्षित रहनेछ

Next Post

गर्मी हटाउन अब घरमा बनाउनुहाेस् सजिलैसँग ३ खाले माेजिताे

metakhabar

metakhabar

सम्बन्धित खबर

लाखौँ आम्दानी दिने बेत बाँस : बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल
फिचर-ब्यानर

लाखौँ आम्दानी दिने बेत बाँस : बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल

७ बैशाख २०८३,
एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने
फिचर-ब्यानर

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

७ बैशाख २०८३,
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

७ बैशाख २०८३,
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार

अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

७ बैशाख २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
समाचार

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

७ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

७ बैशाख २०८३,
Load More
Next Post
गर्मी हटाउन अब घरमा बनाउनुहाेस् सजिलैसँग ३ खाले माेजिताे

गर्मी हटाउन अब घरमा बनाउनुहाेस् सजिलैसँग ३ खाले माेजिताे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In