• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

    अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

    जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

    जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

    संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

    संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    नेपाल ‘ए’ टोलीको घोषणा

    नेपाल ‘ए’ टोलीको घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोर्दी केन्द्र जोड्ने सडक कालोपत्र गर्न सुरु

metakhabar by metakhabar
१२ असार २०८२,
0
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्र गर्न सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ, १२ असारः लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ । यस खण्डअन्तर्गत उदीपुर–रिठ्ठेबगर–नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताउनुभयो । उहाँका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक सात दशमलव १२१ किलोमिटर रहेकामध्ये चालु आर्थिक वर्षमा तीन किमी कालोपत्र भइरहेको छ ।

यो प्रविधिबाट गरिएको कालोपत्र टिकाउ, दिगो, र उत्कृष्ट रहेको सूचना अधिकारी जोशीको भनाइ छ । आगामी दसैँतिहारसम्ममा सबै सडक कालोपत्र भइसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले बेँसीसहर नगरपालिका–१ उदिपुर बजार तल मस्र्याङ्दी नदी पारीबाट कालोपत्र सुरु गरिएको हो ।

जोशीले भन्नुभयो, “यस सडकको काम केही वर्षअघि सम्पन्न हुनुपर्नेमा ठेकेदारले समयमा काम नगर्दा पटकपटक म्याद थप गरेर पनि सम्पन्न हुन नसक्दा ढिलाइ भएको हो ।” उहाँका अनुसार सम्झौता अनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको देखाउँदै निर्माण कम्पनीले विसं २०७९ पुससम्म सक्नेगरी जिम्मेवारी पाएको थियो ।

उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्नुपर्नेमा सो आवधिमा सम्पन्न नभएपछि विसं २०८१ मङ्सिर २८ गतेसम्म समयसीमा ताकिएको थियो । “सो समयसम्म पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुन सकेको छैन । म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ । केही दिनमा विवरण आउने छ”, उहाँले भन्नुभयो ।

सडकको निर्माणका लागि कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले विसं २०७७ असार ३ गते सम्झौता गरेको थियो । प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार २२५ लगानीमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष मात्र रु चार करोड १० लाख कार्यालयले भुक्तानी गरेको छभने हालसम्म करिब रु २१ करोड भुक्तानी भइसकेको छ । लामो समयसम्म ठेकेदार कम्पनीले काम नगरेर निर्माणमा ढिलाइ भएको कार्यालयका सूचना अधिकारी जोशीले बताउनुभयो । “पछि सरकारले रकम उपलब्ध गराउन नसक्दा निर्माणमा असर परिरहेको छ । बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा पत्र पठाएका छौँ । तत्काललाई करिब रु दुई करोड लाग्ने अनुमान छ”, उहाँले भन्नुभयो ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरबाट बेँसीसहर–११ हुँदै दोर्दी गाउँपालिका–४ मा जोडिन्छ । सोमध्ये सडकको दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर सडक ढलान गर्ने जनाइएको छ । कालोपत्र चार सेन्टिमिटरको हुनेछ ।

Previous Post

स्वस्तिमा खड्काकाे नयाँ ‘लुक्स’

Next Post

यी को-अर्ड सेटहरू गर्मीमा अफिसको लागि उपयुक्त छन्, तपाईंले आरामदायी लुक पाउनुहुनेछ

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव
फिचर-ब्यानर

अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

७ बैशाख २०८३,
जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन
फिचर-ब्यानर

जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

७ बैशाख २०८३,
संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

७ बैशाख २०८३,
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
फिचर-ब्यानर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

७ बैशाख २०८३,
काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर
फिचर-ब्यानर

काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

७ बैशाख २०८३,
नेपाल ‘ए’ टोलीको घोषणा
खेलमैदान

नेपाल ‘ए’ टोलीको घोषणा

७ बैशाख २०८३,
Load More
Next Post
यी को-अर्ड सेटहरू गर्मीमा अफिसको लागि उपयुक्त छन्, तपाईंले आरामदायी लुक पाउनुहुनेछ

यी को-अर्ड सेटहरू गर्मीमा अफिसको लागि उपयुक्त छन्, तपाईंले आरामदायी लुक पाउनुहुनेछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In