• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सभामुखको चुनावः दुईजना प्रतिस्प्रधामा, कसको मत कति ?

by
५ माघ २०७९,
0
सभामुखको चुनावः दुईजना प्रतिस्प्रधामा, कसको मत कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नवगठित प्रतिनिधिसभाले आज सभामुख पाउने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमाले नेता देवराज घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सांसद ईश्वरी न्यौपानेले संसद् सचिवालयमा बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले सांसद देवराज घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ बसेका छन् भने समर्थकमा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन छन् । एमालेसहित सत्ता गठबन्धनका नेताहरुले दिउँसो १ बजेर ५ मिनेट जाँदा घिमिरेको उम्मदेवारी दर्ता गराएका हुन् ।

झापाको अर्जुनधारा नगरपालिका ६ मा २०१३ जेठ १३ गते जन्मेका एमाले नेता देवराज झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी नेकपा एमालेभित्र केपी ओलीका खरो विश्वासपात्रका रुपमा चिनिन्छिन् ।

ताप्लेजुङको सिरिजंघामा जन्मिएका ६६ वर्षीय घिमिरेको राजनीतिक यात्रा २०३२ सालबाट सुरु भएको हो। एमालेभित्र अन्तर विरोध र गुटगत राजनीतिमा सधैं अध्यक्ष ओलीकै पक्षमा खुल्दै आएका घिमिरेले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका हुन् । एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमाले र माओवादी मिलेर बनेको नेकपामा प्रदेश १ का अध्यक्ष थिए । एमालेको दशौं महाधिवेशनपछि पार्टीको स्थायी समिति सदस्य बनेका घिमिरेको संसदीय राजनीति २०५६ सालमा राष्ट्रियसभाबाट अघि बढेको हो । घिमिरे २०५६ सालमा राष्ट्रिय सभाका सदस्य थिए ।

तत्कालीन महाकाली सन्धी प्रकरणमा एमालेभित्र तिव्र विवाद हुँदा अध्यक्ष मनमोहन अधिकारी मतदानमा सरिक नभएपछि उनका तर्फबाट भोट हालेर पक्षमा बहुमत पुर्याउने यिनै घिमिरे हुन् ।

सभामुख पदकी अर्की उम्मेदवार नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने कैलालीबाट समानुपातिक सांसद हुन् । कैलालीको भजनीकी न्यौपानेले राजनीतिक यात्रा नेपाल विधार्थी स‌ंघ र पछि महिला संघ हुँदै अघि बढाएकी हुन् । २०५८ सालमा नेपाल महिला संघको अधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी उनले त्यही कार्यकालमा उपसभापतिको जिम्मेवारी सम्हालिन् । नेपाली कांग्रेसको १२ औं १३ औं र १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेकी न्यौपाने पहिलो संविधानसभामा सदस्य थिइन् । दोस्रो संविधानसभामा नेपाली कांग्रेसको सचेतक बनेकी उनी २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा पराजित भइन् ।

प्रतिनिधिसभाको अंकगणित

सभामुखको निर्वाचनमा २७५ सदस्यले मतदान गर्छन् । यसमध्ये सभाध्यक्षको हैसियतमा ज्येष्ठ सदस्य पशुपति समशेर जबराले मतदान गर्दैनन् भने कांग्रेस टेकबहादुर गुरुङ निलम्बनमा परेकाले मतदान गर्न पाउँदैनन् । महोत्तरीका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजी सूचीमा रहे पनि मतदान गर्न पाउँछन् । माओवादी सांसद वर्षमान पुनः अस्पताल भर्ना भएकाले मतदान गर्न सक्ने अवस्थामा छैनन् । यो आधारमा विश्लेषण गर्दा सत्ता गठबन्धनको तर्फबाट दुई मत कम पर्ने सम्भावना छ भने विपक्षमा एक भोट अयोग्य छ । बाँकी २७२ मत सभामुखमा खस्न सक्छ, जसबाट बहुमत अर्थात् १३७ मत प्राप्त गर्ने व्यक्ति सभामुखमा विजयी हुन्छ ।

अहिलेको अंकगणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ । जस्तो( एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा एमाले उम्मेदवार देवराजले १४५ मत पाउने देखिन्छ । यसमा सत्ता गठबन्धन घटकमध्ये १२ सिट रहेको जनता समाजवादी, ६ सिटको जनमत पार्टी र ४ सिटको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले उम्मेदवारलाई नै मतदान गरेमा २२ सिट थपिन गई देवराजका पक्षमा १६७ सिट पर्न जान्छ । तर, यी दलहरु मन्त्रिपरिषद गठनमा असन्तुष्ट देखिएकाले सभामुखको चुनावमा प्रस्टसँग खुलिसकेका छैनन् ।

कांग्रेसतर्फको मतको अवस्था हेर्दा ईश्वरी न्यौपानेले आफ्नो पार्टीका ८९ मध्ये टेकबहादुर गुरुङबाहेक ८८ मत पाउनेछिन् । यसमा एकीकृत समाजवादीको १० भोट थप्दा ९८ हुनेछ भने यसमा लोसपाका ४ सांसद थप्दा १०२ पुग्छ ।

एक(एक सिट रहेका जनमोर्चा र नेमकिपा विपक्षमै रहेकाले उनीहरुले या त चुनाव बहिस्कार गर्नेछन्, या कांग्रेसलाई नै मत दिनेछन् । त्यस्तै स्वतन्त्र सांसदसँग तीन मत छ । प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले कसलाई भोट दिन्छन्, खुलिसकेको छैन ।

मन्त्रीमा नसमेटिएका उनीहरुले कांग्रेसलाई मत दिए भने यी सबै मत जोड्दा कांग्रेसको भागमा १०७ पुग्छ । जसपा, नागरिक उन्मुक्ति र जनमतको २२ सिट थप्दा पनि बहुमत पुग्दैन । अन्यथा, सत्तारुढ गठबन्धनबाटै सभामुख चयन हुने सम्भावना नै बढी देखिन्छ । सत्ता पक्षबाटै फ्लोर क्रस नभएसम्म साना दलको मात्रै सहाराले कांग्रेसले जित्ने सम्भावना देखिँदैन ।

तर, गणितले साथ नदिए पनि कांग्रेस उम्मेदवार न्यौपाने आफूले सभामुखको चुनाव जित्ने दाबी गर्छिन् । उनी भन्छिन्, ‘निर्वाचनमा जाँदै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । मैले पनि निर्वाचन जित्छु भनेर सुनिश्चितताका साथ लागिरहेकी छु । माननीय सांसदहरुले दिनुभएको मत मेरो जित्ने आधार हो ।’

सभामुखमा त्रिकोणात्मक संघर्ष

राज्य सञ्चालनमा महत्वूपर्ण मानिने राष्ट्रपति र सभामुख पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच त्रिकोणात्मक संघर्षको स्थिति देखा परेको छ । कांग्रेस सभापति देउवा राष्ट्रपति आफ्नो दलले लिने मौकाको खोजीमा छन् भने प्रधानमन्त्री दाहाल सभामुख र राष्ट्रपतिमध्ये एउटा पद नेपाली कांग्रेसलाई दिन सहमत छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्षसमेत रहेका ओली दुवै पद एमालेले नै पाउनुपर्ने अडानमा छन् ।

ओलीनिवास बालकोटमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन जनाएकै दिन पुस १० गते माओवादीले प्रधानमन्त्री पाएपछि राष्ट्रपति एमालेले पाउने र सभामुखमा भने दुई दलबीच आलोपालो गर्ने बालकोटमा सहमति भएको एमालेको दाबी छ ।

राष्ट्रपति र सभामुख एमालेलाई दिने गरी बालकोटमा सहमति जुटेको दाबीलाई माओवादी नेताहरुले पनि अस्वीकार गरेका छैनन् । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिइसकेपछि पुस १० को परिस्थिति फेरिएको र कांग्रेसलाई पनि विश्वासमा लिनुपर्ने दायित्व प्रधानमन्त्रीमा सिर्जना भएको माओवादी नेताहरुको जिकिर छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवासमा कांग्रेसहितको सर्वदलीय बैठक बस्यो । तर, यो बैठकमा ओलीले दाहाललाई पुस १० को सहमति सम्झाए भने दाहालले विश्वासको मत पाइसकेपछि पहिलेको स्थिति फेरिएको भन्दै कांग्रेसलाई समेट्नुपर्ने अडान दोहोर्याए । यही त्रिकोणात्मक संघर्षकै स्थितिमा भोलि सभामुखको चुनाव हुन लागेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेसलाई विश्वासमा लिने प्रयास गरे पनि सत्ता साझेदार एमाले भने बालकोटको सहमतिलाई देखाउँदै दाहालको ईच्छा पूरा हुन दिने पक्षमा देखिँदैन । त्यसैले यो त्रिकोणात्मक द्वन्द्वको स्थिति आगामी राष्ट्रपतिको निर्वाचनसम्मै लम्बिने देखिन्छ ।

Previous Post

सफलताको कथाः अलेक्जेन्डर ड्युमा यसरी बने सफल

Next Post

हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै सीके राउतले लेखे- शासक वर्गले हेप्यो

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै सीके राउतले लेखे- शासक वर्गले हेप्यो

हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै सीके राउतले लेखे- शासक वर्गले हेप्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In