• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

    एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

    अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

    अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

    अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    गृहमन्त्रीमाथि उठेका आरोप सत्य भए तत्काल राजीनामाको माग, सुशासनका लागि जनताको आवाज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानको परमाणु परियोजना ध्वस्त भयो? पेन्टगन र सिआईएका ‘फरक-फरक’ आंकलन

metakhabar by metakhabar
१२ असार २०८२,
0
इरानका तीन ‘न्यूक्लियर स्टेशन’लाई ध्वस्त बनाउने अमेरिकी बी–२ युद्ध यान कस्तो छ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेन्टगनको एउटा गोप्य रिपोर्ट सञ्चारमाध्यमहरूले सार्वजनिक गरिदिएपछि अमेरिकाको इरान अपरेशन विवादमा तानिएको छ। गत जुन २२ मा अमेरिकाले इरानका केही मुख्य परमाणु केन्द्रमा आक्रमण गरेको थियो। त्यसलाई पेन्टागनले ‘अपरेशन मिडनाइट ह्याम्मर’ नाम दिएको थियो।

त्यो आक्रमणबाट इरानको फोर्दो पहाडमुनि रहेको आणविक प्रशोधन केन्द्र तथा अरु दुई परमाणु केन्द्रहरू पूर्णरुपमा ध्वस्त भएको अमेरिकाले जनाएको थियो। ट्रम्पले अहिले पनि त्यही दाबी गरिरहेका छन्।

तर अमेरिकी सञ्चारमाध्यम सिएनएन र न्यूयोर्क टाइम्सलगायतले पेन्टागनको गोप्य प्रतिवेदनका आधारमा ती परमाणु केन्द्रमा अमेरिकी आक्रमणले कुनै क्षति नगरेको भन्दै समाचार प्रकाशित गरेका थिए। ट्रम्पले त्यसलाई झुट भनेका छन् र ती सञ्चारमाध्यमहरूले ‘फेक न्यूज’ दिएको भनेर टिप्पणी गरे। अनि अहिले नेटो सम्मेलनका लागि हेगमा रहेका ट्रम्पले आफ्नो भाषण अनि पत्रकारहरूसँग पनि इरानका सबै परमाणु परियोजनाहरू ध्वस्त बनाइसकेको दाबी दोहोर्‍याइरहेका छन्।

यसबीचमा अमेरिकाको मुख्य गुप्तचरी निकाय सिआईएका प्रमुखले भने अमेरिकी आक्रमणबाट इरानका परमाणु केन्द्रहरूमा निकै ‘गम्भिर क्षति’ भएको बताएका छन्। पत्रकारहरूसँग सिआईएका निर्देशक जोन र्‍याक्टलिफले इरानका मुख्य परमाणु केन्द्रहरू क्षतिग्रस्त भएको बताए। तर उनले ट्रम्पले भनेजस्तै पूर्णरुपमा ध्वस्त भएको भने बताएका छैनन्।

पेन्टागनमा रहेको उसको खुफिया एजेन्सीले भने आक्रमणको प्रारम्भिक विश्लेषण गर्दै इरानी परमाणु परियोजनाका मूल तत्वहरू जस्ताको त्यस्तै रहेको प्रतिवेदन तयार गरेको थियो। त्यही प्रतिवेदन सञ्चारमाध्यमहरूमा चुहिएपछि विवाद चुलिएको हो।

केही सञ्चारमाध्यमहरूले भने अमेरिकाले आक्रमण गर्नुभन्दा अघि नै इरानले ती परमाणु केन्द्रबाट महत्वपूर्ण सामग्री सारेर खाली गरिसकेको बताएका छन्। इरानले अमेरिकाले आक्रमण गरेका ती केन्द्रहरूबाट ४ सय किलोभन्दा धेरै युरेनियम सुरक्षित गरेको बताइएको छ। त्यसबाट कैयौं परमाणु बमहरू बनाउन सकिने विज्ञहरूको दाबी छ।

ट्रम्पले भने अमेरिकाको आक्रमणबाट इरानका परमाणु परियोजनाहरू कैयौ दशक पछि धकेलेको भन्दै अब इरानलाई परमाणु हतियारको महत्वकांक्षा छोड्न पनि भनेका छन्। आगामी सात इरानसँग वार्ता गर्ने र केही सम्झौताहरू पनि हुने ट्रम्पको भनाइ छ।
परमाणु कार्यक्रम अब नष्ट भइसकेको भन्दै ट्रम्पले इरानलाई तेल बेचेर देशलाई धनी बनाउन पनि सुझाव दिएका छन्। उनले इजरायलसँग ‘बहादुरी पूर्वक’ लडेको भन्दै इरानको प्रशंसा पनि गरेका थिए।

इरानले भने ‘इजरायल र अमेरिकासँग बदला सफल भएको’ भन्दै उत्सव मनाइरहेको छ। आफ्ना आणविक परियोजनाहरूका बारेमा इरानले पनि यकीन तथ्यहरू सार्वजनिक गरिसकेको छैन।

१२ दिनसम्म चलेको यो इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि सामेल भएको थियो। अमेरिकाले आफ्ना परमाणु केन्द्रहरूमा आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वका कतार तथा इराकमा रहेका अमेरिकी सैन्य वेस क्याम्पहरूमा आक्रमण गरेको थियो। इरानको त्यो आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीच युद्धबिराम भएको घोषणा गरिदिएका थिए।

बिबिसीकाे सहयाेगमा

Previous Post

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्नुहुन्छ : ‘आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउनुपर्‍यो’

Next Post

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने
फिचर-ब्यानर

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

७ बैशाख २०८३,
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

७ बैशाख २०८३,
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार

अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

७ बैशाख २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
समाचार

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

७ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

७ बैशाख २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आर्थिक

गृहमन्त्रीमाथि उठेका आरोप सत्य भए तत्काल राजीनामाको माग, सुशासनका लागि जनताको आवाज

७ बैशाख २०८३,
Load More
Next Post
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In