• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘स्थानीय तहद्वारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण’

metakhabar by metakhabar
१२ असार २०८२,
0
‘स्थानीय तहद्वारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुटवल, १२ असारः बुटवल उपमहानगरपालिकाले नगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य उपचारबाट वृद्धवृद्धा हर्षित भएका छन् ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसहितको स्वास्थ्यकर्मीहरुको एक टोलीले २०८० माघ १ गते बुटवल–१२ तामनगरस्थित प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको घरमा पुगी स्वास्थ्य परीक्षण एवं उपचारको पहल गरेको थियो । उहाँका साथमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकसहितको चिकित्सकीय टोलीले ज्येष्ठ नागरिक बरईको स्वास्थ्य परीक्षण गर्नाका साथै फलफूल र स्वास्थ्यवर्धक सामग्री प्रदान गर्नुभएको थियो ।

बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०८०÷८१ बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु गरेको थियो । बरईको उपचार सुरु गरेर अभियानको शुभारम्भ गरिएको थियो ।

अभियानअन्तर्गत ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारका साथै फलफूल एवं स्वास्थ्यवर्धक सामग्री प्रदान गरिन्छ । घरमै पुगेर बाआमासँग नगरप्रमुख स्वास्थ्य उपचार अभियानबाट यस क्षेत्रका धेरै वुद्धवृद्धाहरु लाभान्वित भएका छन् । नगरले कोही पनि वृद्ध आमाबुबा स्वास्थ्य संस्थामा पुग्न नसकी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पाका पुस्ताप्रति नगरको दायित्व पूरा गर्न र अपनत्व महसुस गराउन घरघरमै पुगेर उपचार सुरु गरिएको हो ।” अभियानले पाका पुस्ताले पनि सङ्घीयत अनुभूति गर्न सक्नुभएको छ । उहाँहरु भन्नुहुन्छ, “स्थानीय सरकार हाम्रो स्वास्थ्यप्रति संवेदनशील रहेको अनुभूति गराएको छ ।”

बुटवल उपमहानगरले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्न उक्त सेवा उपलब्ध गराएको हो । पछिल्लो समय धेरै ज्येष्ठ नागरिकका सन्तानहरु वैदेशिक रोजगारीमा जानेक्रम वृद्धि भएको छ जसले गर्दा घरमा वृद्धवृद्धा नागरिक मात्र बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । यस्तो परिस्थितिमा ज्येष्ठ नागरिकको उपचारमा समस्या सृजना भएकाले यो अभियान सञ्चालन गरिएको नगर प्रवक्ता शिव राना बताउनुहुन्छ ।

नगरले कोही पनि वृद्ध आमाबुबा स्वास्थ्य संस्थामा पुग्न नसकी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेको उहाँको धारणा रहेको छ । ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगरप्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउनुहुन्छ ।

उपमहानगरको टोली घरमै आएर निःशुल्क एक्स–रे, ज्वरो मापनसहित औषधि वितरण गरेको हो । नगरले ज्येष्ठ नागरिकलाई स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि वितरणले उपचार उपलब्ध गराएको छ । बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम बुटवल उपमहानगरपालिकाको १९ वटा वडामा सञ्चालन भएको छ ।

अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा पाठक, स्त्रीरोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थीलगायत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ । नगरका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधि निःशुल्क दिने व्यवस्था रहेको छ ।

सो अभियान कार्यक्रमबाट दुई हजार ६०० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस अवसरमा ३०० को भिडियो एक्स–रे गरिएको थियो । जनस्वास्थ्य शाखाप्रमुख पाण्डेले भन्नुभयो, “६० वर्षदेखि माथिका सबै पाका पुस्तालाई शिविरमा उपचार गरिएको थियो भने ७० वर्ष माथि उमेरका नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो ।”

बुटवल उपमहानगरपालिकाले गत वर्ष सञ्चालन गरेको ‘बाआमासँग नगरप्रमुख, निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रममा वडागत रुपमा के कति ज्येष्ठ नागरिकले यस कार्यक्रमबाट फाइदा लिए भन्ने विषयमा भने नगरसँग शाखामा कुनै तथ्याङ्क छैन । बुटवल उपमहानगरपालिकाले गत वर्ष सञ्चालन गरेको बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम नगरका अधिकांश ज्येष्ठ नागरिकलाई अभियानबारे थाहै नभएको बताउनुहुन्छ ।

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँको मुक्तिनाथधाममा भजनकीर्तन गरिरहेका ज्येष्ठ नागरिकको समूहमा भेटिएका धेरै ज्येष्ठ नागरिक यस कार्यक्रमबारे आफूहरुलाई केही थाहा नभएको बताउनुभयो । बुटवल–१२ नयाँगाउँकी ८७ वर्षीय मुनिकला ज्ञवालीलाई यो कार्यक्रमले छुन सकेको छैन । एकल महिला ज्ञवालीले स्वास्थ्य उपचारका लागि नगरप्रमुख घरमा आएर स्वास्थ्य सेवा नपाएको बताउनुभयो ।

यसैगरी, सोही ठाउँमा बसोबास गर्ने ६३ वर्षीया उमा ज्ञवालीको विवाह भएको छ भने त्यतिबेलाबाटै एकल रुपमा बस्दै आएकी उमालाई पनि सो कार्यक्रमबारे केही थाहा नभएको बताउनुभयो । बुटवल–१२ कै ८१ वर्षीया बेलकुमारी कौडिण्यलाई पनि बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रमको सेवा अहिलेसम्म प्राप्त नभएको बताउनुहुन्छ ।

यसैगरी, ७९ वर्षीया प्रेमकला खनाल र ८४ वर्षीया एकल महिला मनरुपा पौडेललाई पनि यस कार्यक्रमबारे जानकारी नभएको बताउनुभयो । केही ज्येष्ठ नागरिकले नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम थाहाभएको तर उपचार सेवा पाएको तर घरमा परीक्षण नभएको बताउनुहुन्छ ।

बुटवल–१ का ७० वर्षीय हरिबहादुर श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शिविर टोलमा समयमा सेवा प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले गत वर्ष प्राप्त भएको स्वास्थ्य शिविरका प्राप्त भएको उपचार सेवा यस वर्ष प्राप्त भएको बताउनुभयो । “उपचार सेवाबाट वञ्चित हुनुपर्ने हामी जस्ता पाका पुस्ताका लागि यो कार्यक्रम साहै्र राम्रो रहे पनि निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

बुटवलका पाका पुस्ताले बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले समय र कानुन अभावले अभियान ओझेलमा परेको बताउनुभयो । उहाँले गत वर्ष एकपटक मात्र ज्येष्ठ नागरिकको घरदैलोमा पुगेको बताउँदै कानुन निर्माण भएअनुसार अभियानलाई अब निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“कानुन विना काम गर्न समस्या भएको थियो तर अब कानुन निर्माण भएकाले सोही अनुसार कार्य प्रारम्भ हुनेछ । हामी पाका पुस्तालाई घरमै पुगेर उपचार र परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिन्छौँ,” उहाँले भन्नुभयो ।

यसैगरी, तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुको संरक्षण र सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका लागि घरदैलो उपचार सेवा कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकका लागि घरदैलो उपचार कार्यक्रम सुरु गरेको छ ।

स्वास्थ्य शाखाप्रमुख ज्ञानप्रसाद पौडेलका अनुसार ज्येष्ठ नागरिक घरदैलो कार्यक्रमअन्तर्गत स्वास्थ्यजाँच, निःशुल्क औषधि वितरण र मधुमेह जाँच गर्दै आएको छ । नगरको वडा नं ६ मा रहेको स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ । धेरै स्थानीय तह ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेका छैनन् । निःशुल्क औषधि वितरण र मधुमेह जाँच गर्दै आएको छ । नगरको वडा नं ६ मा रहेको स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ । धेरै स्थानीय तह ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेका छैनन् ।

Previous Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In