• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

metakhabar by metakhabar
१० असार २०८२,
0
हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, १० असारः जिल्लामा हाइड्रोसिल भएका बिरामीको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । विभिन्न स्थानमा हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन गरी हाइड्रोसिलको समस्या देखा परेका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाइएको हो ।

शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा सोमबार महाकाली प्रादेशिक अस्पतालले आयोजना गरेको हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविरमा २३ जनामा हाइड्रोसिलको समस्या देखा परेको छ ।

अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्र रावलका अनुसार हाइड्रोसिलको समस्या देखा परेका २३ मध्ये १० जनामा जटिल प्रकृतिको समस्या देखा परेका छन् भने १३ जनामा सामान्य किसिमको हाइड्रोसिल देखिएको उहाँले बताउनुभयो ।

“जटिल प्रकृतिको हाइड्रोसिलको समस्या देखा परेका १० जनाको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “शिविरमा पुगेका एक जना बालकको अण्डकोश जुन ठाउमा हुनुपर्ने हो त्यो ठाउँमा नरहेको पाइएको छ, एक जना पुरुषको अण्डकोषमा मासु पलाएको पाइएको छ ।”

हाइड्रोसिल अण्डकोशको वरिपरि सुजन वा तरल पदार्थ जमेको अवस्थालाई भन्ने गरिएको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार हाइड्रोसिल शिशुमा जन्मअघि गर्भमा रहेकाबेला अण्डकोष पेटभित्रबाट तल झर्दा त्यसको वरिपरि पानी आउने नली खुला रहेको अवस्थामा हुन्छ ।

“जन्मपश्चात् पनि त्यो नली बन्द हुँदा पानी तल ओर्लिन्छ र अण्डाकोषको वरिपरि जम्मा हुँदा हाइड्रोसिल हुन्छ । यस्तो अवस्थामा भएको समस्या एक÷दुई वर्षमा आफैँ निको हुन्छ । बढी उमेरका पुरुषमा अण्डाकोषमा लागेको चोटका कारण पानी जम्मा हुँदा, अण्डकोष वा वरिपरि नलीमा सङ्क्रमण हुँदा, फाइलेरिया परजीविका कारण लिम्फ प्रणाली पानी बन्द भएर, हर्निया वा अण्डकोषसम्बन्धी शल्यक्रिया पछि हाइड्रोसिल देखापर्ने गर्दछ । हाइड्रोसिलका बिरामीको परीक्षण स्वास्थ्य चौकीमा रहेको अल्ट्रासाउन्डबाट गरिन्छ”, डा भट्टले भन्नुभयो ।

हाइड्रोसिलको समयमा उपचार नभएमा हात्तीपाइले हुनसक्ने भएकाले समयमा रोगको पहिचान र निदान गरिनुपर्ने डा भट्टले सुझाव दिनुभयो । हात्तीपाइले रोगको सङ्क्रमणका हाइड्रोसिल हुनसक्ने भएकाले सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

लामखुट्टेले सार्ने फाइलेरिया परजीविको सङ्क्रमणबाट अधिकांशमा हाइड्रोसिलको समस्या देखा परेको स्क्रिनिङ शिविरमा सहभागी चिकित्सकले बताएका छन् ।

“हाइड्रोसिल स्क्रिनिङ स्वास्थ्य प्रणालीको एक महत्त्वपूर्ण पक्ष हो, जसले फाइलेरियाजस्ता दीर्घकालीन रोगबाट हुने जटिलता नियन्त्रण गर्न सहयोग गर्छ”, चिकित्सक शिरिष अवस्थीले भन्नुभयो, “समयमा उपचार गर्न सकेमा पुरुषको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।”

तीन दशकदेखि हाइड्रोसिलको समस्या झेल्दै आएका शुक्लाफाँटा नगरपालिका–३ का धनिराम चौधरीले चिकित्सकले शल्यक्रिया गरेपछि सञ्चो हुने अश्वासन पाएपछि खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “शिविरमा जाँचपश्चात् निःशुल्क रूपमा शल्यक्रियाका लागि सिफारिस गरिएको छ, वर्षौंदेखि खेप्दै आएको पीडाबाट अब मुक्ति पाउने भएको छु ।”

यसअघि अस्पतालले बेलडाँडी गाउँपालिमा आयोजना गरेको स्क्रिनिङ शिविरमा जाँचका लागि पुगेका बिरामीमध्ये १० जनामा हाइड्रोसिलको समस्या देखिएको जनाएको थियो ।

अस्पतालमा जाँच गराएका बिरामीमा हाइड्रोसिलको समस्या देखापरे निःशुल्क उपचार र शल्यक्रिया हुने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा भट्टले बताउनुभयो । कतिपयलाई अस्पतालमा हाइड्रोसिलको उपचार र शल्यक्रिया निःशुल्क हुनेबारे थाहा नहुने भएकाले शिविरमार्फत जानकारी पनि दिने गरिएको उहाँले उल्लेख गर्नुभयो ।

Previous Post

गण्डकी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल जारी

Next Post

कतार आक्रमणपछि रद्द भएको दोहा उडान आज १२ बजेका लागि पुनः तय, यात्रुहरू रातभर अलपत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
Load More
Next Post
कतार आक्रमणपछि रद्द भएको दोहा उडान आज १२ बजेका लागि पुनः तय, यात्रुहरू रातभर अलपत्र

कतार आक्रमणपछि रद्द भएको दोहा उडान आज १२ बजेका लागि पुनः तय, यात्रुहरू रातभर अलपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In