• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

metakhabar by metakhabar
३ असार २०८२,
0
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बृद्धि भएको छ ।

कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन आगमनदर वृद्धि हुँदै गएको हो ।

जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तीर्थस्थल यहाँको मुख्य धार्मिकस्थलका रूपमा चर्चित छ ।

यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँको पर्यटकीय गन्तव्य हुन् । पृथक भूगोल, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले मुस्ताङ घुम्नैपर्ने मुख्य आर्कषक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

जिल्लाका यिनै धार्मिक, सामाजिक, सांस्कृतिक संस्कृतिका साथै यहाँको पृथक प्रकारका भूगोल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक भ्रमण गर्न लालायित हुने गरेको पाइएको छ । विगत पाँच वर्षको पर्यटकीय तथ्याङ्क तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक सङ्ख्या बढेको देखिन्छ ।

यसैक्रममा आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि जेठसम्मको ११ महिनामा स्वदेशी तथा विदेशी गरी छ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आव २०८०÷८१ मा चार लाख ५४ हजार ३२६ स्वदेशी तथा विदेशी पर्यटकले जिल्ला भ्रमण गरेका थिए । गत वर्षको तुलनामा चालु आवको ११ महिनामा दुई लाख २४ हजार २१० जना अर्थात् ३३ प्रतिशतले पर्यटक बढेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।

उनका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी पाँच लाख ३९ हजार ८७२ र विदेशी एक लाख ३८ हजार ६६४ जनाले मुस्ताङ भ्रमण गरेका छन् । गत वर्षको बाह्र महिनामा स्वदेशी तीन लाख ५४ हजार ९२७ र विदेशी ९९ हजार ३९९ जनाले मुस्ताङ भ्रमण गरेका थिए ।

गत वर्षभन्दा चालु आवको ११ महिनामा स्वदेशी पर्यटक ३४ दशमलव २५ प्रतिशत र विदेशी पर्यटक २८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको हो । चालु आवको साउनदेखि जेठसम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिकमा ९९ हजार १७६ र चैतमा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरीको तथ्याङ्क छ ।

यसैगरी विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठमा २८ हजार ३७२ र वैशाखमा २६ हजार २९ जना विदेशीले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाले बताए । मुस्ताङमा अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका साथै कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पिण्डदान र तर्पण दिन आउने गर्छन् । मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी पर्यटकमध्ये एक चौथाइले उपल्लो मुस्ताङ र कोरलानाकाको भ्रमण गरी फर्किने गरेको पाइएको छ ।

मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकमा ८० प्रतिशत भारतीय रहेका छन् । मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक मुस्ताङ आउने गर्छन् । कुल विदेशी पर्यटकको सङ्ख्यामध्ये २० प्रतिशत अन्य मुलुक छन् । यसमा ७२ देशका पर्यटक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

Next Post

बाढी- पहिरो कहर : कालीगण्डकी करिडोर, अरनिको र पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
बाढी- पहिरो कहर : कालीगण्डकी करिडोर, अरनिको र पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द

बाढी- पहिरो कहर : कालीगण्डकी करिडोर, अरनिको र पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In