• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ३० जेठः गण्डकी प्रदेश सरकारले सामुदायिक विद्यालयमा सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाइसँगै जीवनपयोगी सिप सिकाउने लक्ष्यका साथ सुरु गरिएको सो कार्यक्रमप्रति विद्यार्थीको आकर्षक बढेको देखिएको छ ।

विद्यार्थीको विज्ञान विषयमा अभिरुची जगाउँदै भविष्यमा वैज्ञानिक र सिर्जनशील उद्यमी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ नेपाली परिवेशलाई समेत दृष्टिगत गरी कार्यक्रम सुरु गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयका निर्देशक धनश्याम पौडेलका अनुसार सो कार्यक्रममा सहभागी विद्यार्थीले कृषि, पशुपालन, इन्जिनियरिङ, हस्तकलासँग सम्बन्धित सामग्री उत्पादन गर्न सक्नेछन् र केही रकम पनि आयआर्जन गर्नसक्ने छन् ।

उहाँका अनुसार समाजका जेहेन्दार, विपन्न एवं सिमान्तिकृत वर्गका विद्यार्थीको शिक्षासँगै आयआर्जन वृद्धिका लागि रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वासका साथ प्रदेशका विभिन्न ३४ सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको छ ।

“पठनपाठनसँगै सीप प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो, “कार्यक्रमबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र आर्थिक स्तरीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।” बजारको मागमा आधारित विशिष्टीकृत जनशक्ति उत्पादनमा केन्द्रित रहने गरी प्रदेशभरका सामुदायिक विद्यालय लक्षित उक्त कार्यक्रममा दुई हजार ५०० विद्यार्थीले सहभागिता जनाउँदै आएका छन् ।

प्रदेश सरकारको कार्यविधिअनुसार कार्यक्रमको सुरुआतमा प्रत्येक विद्यालयलाई रु पाँच लाख र त्यसपछि प्रतिवर्ष रु दुई लाखका दरले आर्थिक सहयोग गर्ने व्यवस्था रहेको बताउँदै निर्देशक पौडेलले भन्नुभयो, “प्रदेशका ३६ वटा सङ्घीय निर्वाचन क्षेत्रमा एक। एक ‘स्टेमल्याब’ सञ्चालनमा आएका छन् । कतिपय विद्यालयले कार्यक्रम सञ्चालन गर्न आवेदन नदिँदा उक्त अवसरबाट विद्यार्थी वञ्चित भएको प्रदेश सरकारले जनाएको छ ।

नवलपुरको देउचुली नगरपालिकास्थित भीमसेन आदर्श माविका विद्यार्थीले नौमती बाजा एवम् मौरिपालनबाट आयआर्जन गर्न सुरु गरेको मन्त्रालयका उपनिर्देशक ऋषिराम बाँस्तोलाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन भएसँगै सो विद्यालयमा यस वर्ष १५० विद्यार्थी नयाँ भर्ना भएको विद्यालयले जनाएको छ ।

बाँस्तोलाले भन्नुभयो, “प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने, लक्षित समुहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार गर्ने र तह पूरा गर्ने दर वृद्धि गर्नका लागि छात्रबृत्ति कार्यविधि तयार गर्ने काम पूरा भएको छ ।”

उहाँका अनुसार विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सिपसँग जोड्ने काम गरिरहेका छन् । “विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा उतार्न विद्यालय हाताभित्र नै तरकारी खेती, हस्तकलाका सामाग्री उत्पादन, पशुपालनलगायतका विभिन्न ज्ञानलाई सिपसँग जोड्ने काम गर्दै आएका छन्, कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कार्यक्रममा सहभागिता रहँदै आएका छन्, विद्यार्थीको पढाइलाई निरन्तरता दिँदै फुर्सदको समयमा सिप सिकाउने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

जानकी माविमा हस्तकलाका सामग्री उत्पादन

कास्कीको पोखरा महानगरपालिका वडा नं १७ महतगौँडास्थित जानकी माविमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमअन्तर्गत बाँसका हस्तकला सामग्री उत्पादन सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारद्धारा सञ्चालित सो कार्यक्रमअन्तर्गत कक्षा ७ देखि १० सम्मका २२ छात्रछात्राले बाँसबाट पेन होल्डर, टिस्युपेपर होल्डर, मन्दिर, ढकियालगायतका विभिन्न सामग्री निर्माण गर्दै आएका छन् । उक्त कार्यक्रमका लागि सरकारले यस आर्थिक वर्षमा रु पाँच लाख उपलब्ध गराएको छ ।

कलम समात्ने कलिला हातले चक्कू र हँसिया समातेर पढाइसँगै कमाउन सुरु गरेका विद्यार्थीले उत्पादित सामग्री बिक्रीबाट आयआर्जन गर्न थालेको प्रशिक्षक एवं विद्यालयका सहायक प्रधानाध्यापक कमल आचार्यले जानकारी दिनुभयो ।

सो कार्यक्रमको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेल नेतृत्वको टोलीले स्थलगत अनुगमनपछि कार्यक्रम उपलब्धिमूलक र प्रेरणादायी भएको जनाएको छ । टोलीले उत्पादित सामग्रीको बजारीकरण र व्यवस्थापनमा सबैको साथ–सहयोग हुनुपर्नेमा जोड दिएको छ । सो विद्यालयमा ३५० विद्यार्थी रहेको र हस्तकला सामग्रीको उत्पादनसँगै शैक्षिक गुणस्तर तथा विद्यार्थी सङ्ख्या वृद्धि भएको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।

सो कार्यक्रममा सहभागी विद्यार्थीले हस्तकलाका सामग्री हातैले बनाउँदा लागत महङ्गो पर्ने, समय बढी लाग्ने, शुल्क बढी निर्धारण गर्दा बिक्री नहुने समस्या देखिएकाले मेसिनको व्यवस्था भइदिए सुरक्षित, समयको बचावट भई सस्तो दररेटमा बेच्न सकिने सुझावसहित सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभएको छ ।

पछिल्लो समय गण्डकी प्रदेशले सुरु गरेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रमप्रति आमविद्यार्थीको आकर्षण बढेको, विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको र अभिभावकमा खुसियाली देखिएकाले कार्यक्रम लागू गरी लाभान्वित हुन सम्बद्ध पक्षको ध्यानाकषर्ण गरिएको छ ।

Previous Post

साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री

Next Post

किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

metakhabar

metakhabar

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In