• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः गुन्द्री र पिरामा बसेर जनताको सेवा

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
आलेखः गुन्द्री र पिरामा बसेर जनताको सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २९ जेठः मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा होइन, गुन्द्री र पिरा(पिर्का)मा बसेको देख्न पाइन्छ । निर्वाचित भएदेखि अहिलेसम्म उहाँले कार्यालयमा रहँदा कुर्सी प्रयोग गर्नु भएको छैन । “म आफू गुन्द्री र पिरामै बस्छु, पाहुनालाई पनि त्यसमै बसाउँछु”, वडाध्यक्ष कार्की भन्नुहुन्छ । उहाँले आफ्नो कार्यकक्षमा एउटा पनि कुर्सी राख्नु भएको छैन । ग्रामीण पहिचान झल्काउन र रैथाने संस्कृतिको जगेर्ना गर्न कार्यकक्षलाई गुन्द्री र पिराले सजाउनु परेको उहाँको आफ्नै तर्क छ ।

विसं २०७९ मा नेकपा (एमाले)बाट वडाध्यक्ष निर्वाचित भएर वडा कार्यालयमा प्रवेश गर्दा पहिलो निर्णय गुन्द्रीमै बसेर गर्नु भएको थियो । देख्ने र सुन्ने धेरैले ‘वडाध्यक्षको ढर्रा धेरै लामो नटिक्ने’ टिप्पणी गरेका पनि थिए । तर, उहाँले गुन्द्री र पिरामा बसेर वडाबासीको सेवा गर्ने इच्छालाई गफमा होइन, व्यवहारमा निष्ठापूर्वक पालना गरेर देखाउनु भएको छ । एक वर्षअघि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की झापाको बाहुनडाँगीदेखि उदयपुरसम्मको ‘हात्तीमैत्री लङमार्च’ उद्घाटनका लागि मेचीनगर–४ को कार्यालय पुग्दा वडाध्यक्ष कार्की परालको गुन्द्रीमा बसेको देखेर अचम्भित हुनुभएको थियो ।

वडाध्यक्ष कार्कीले विशिष्ट पाहुनाको रूपमा आउनुभएको तत्कालीन मुख्यमन्त्री कार्कीलाई पनि मकैको खोसेलाबाट बनाइएको पिरामा बसाउनुभयो र भलाकुसारी गर्नुभयो । मेची नदीको किनारमा लङमार्चको उद्घाटन हुँदासमेत सबै अतिथिलाई मञ्चमा बस्नका लागि पिराको व्यवस्था गरिएको थियो । आखिर वडाध्यक्ष कार्कीले कुर्सीको साटो गुन्द्री र पिरा नै किन रोज्नुभयो ? वडा कार्यालयमा पहिलोपटक पुग्ने जो कोहीलाई जिज्ञासा लाग्न सक्छ । “लोप हुँदै गएका हाम्रा रैथाने संस्कृति र परम्पराको जगेर्ना गर्दै ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य हो,” गुन्द्री र पिराप्रतिको मोहबारे उहाँ भन्नुहुन्छ, “मेरो कार्यकालभरि यही परम्परा कायम राख्नेछु । कुर्सी र सोफामा बसेर कार्यालय चलाउँदिन । म जनताको सेवा गर्न आएको सेवक हुँ । कुर्सीमा बसेर शासन गर्न आएको होइन ।”

जनताको सेवा गर्न जनप्रतिनिधि भएर चुनिएको हुँदा सुख र सुविधामा आफ्नो ध्यान नगएको उहाँको तर्क छ । वडाध्यक्ष निर्वाचित हुनु अघिदेखि नै कार्की प्रकृतिप्रेमी, ग्रामीण पर्यटन अभियन्ता र बन्यजन्तु संरक्षण अभियन्ताको रूपमा चिनिनुभएको थियो । अहिले उहाँ ‘अग्र्यानिक वडाध्यक्ष’को रूपमा परिचित हुनु भएको छ । उहाँका हरेक कार्यक्रम र योजना अग्र्यानिक छन् । उहाँको अगुवाइमा वडामा हरेक वर्षको माघ १ गते ‘तरुल महोत्सव’को आयोजना हुन्छ ।

उहाँले चुनावमा भोट माग्न जाँदा मोटर गाडी होइन, लोप भइसकेको राँगागाडी चढेर चर्चा पाउनु भएको थियो । वडामा फूल फुल्ने प्रजातिका एक लाख विरुवा हुर्काउने उहाँको महत्त्वाकांक्षी योजना छ । उहाँको विकासे कार्यक्रमको एउटा नाम ‘घरलौरी, तोरीमौरी’ राख्नुभएको छ । भारतबाट हात्तीको बथान नेपाल प्रवेश गर्ने मेची नदीको बगरलाई उहाँले आकर्षक रूपमा सजाएर ‘प्रकृति पार्क’ बनाउनु भएको छ । हात्तीको प्रतिमा र कलात्मक ढुङ्गे धाराले सजाइएको पार्कमा नेपाल र भारतका पर्यटक आउने गर्छन् । “परालको गुन्द्रीमा बसेर वडाबासीको निवेदनमा तोकादेश गर्ने यस्ता अग्र्यानिक वडाध्यक्ष मुलुकको अर्को ठाउँमा पाइन्न,” मेचीनगर–४ स्थित निरौला कृषि तथा पशुपालन प्रालिका सञ्चालक केवल निरौला भन्नुहुन्छ, “झट्ट सुन्दा र उहाँको कार्यशैली हेर्दा पुरातन जस्तो लाग्छ । तर, यो अग्र्यानिक अभियानले सिङ्गो वडालाई ग्रामीण पर्यटनको उत्कृष्ट थलोको रूपमा चिनाउन मद्दत पुगेको छ । उहाँका हरेक कार्यक्रम पर्यावरणमैत्री छन् ।”

मेचीनगर नगरपालिका–४ को वडा कार्यालय पुग्ने पाहुना उहाँको कला, संस्कृति र पर्यावरणप्रतिको लगाव देखेर उत्प्रेरित हुने गरेका छन् । आफ्नो कार्यकक्षमा आउने पाहुनालाई उहाँ बेलचाना (औषधीय गुण भएको बनस्पति) को चिया चखाउनुहुन्छ । उहाँ कार्यालयमा बसेर भुटेको मकै र गुन्द्रुकको अचार खाजाको रूपमा खानुहुन्छ ।
पलेटी कसेर परालको गुन्द्री र पिरामा बसेर साक्षात्कार गर्नुपर्ने वडाध्यक्षको कार्यकक्ष देख्दा सुरुमा आफूलाई आश्चर्य लागेको इलामका पर्यटन अभियन्ता केशवकुमार द्यौरालीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । “उहाँको कार्यकक्षमा सोफा र कुर्सी होलान् भन्ने मेरो सोझो अनुमान थियो,” वडाध्यक्षको कार्यकक्षमा पहिलोपटक पुग्दाको अनुभव लेख्दै द्यौराली भन्नुहुन्छ, “तर वास्तविकता अर्कै थियो । वडाध्यक्ष त पिरा र गुन्द्रीमा बसेर वडाबासीसँग कुराकानी गरिरहनु भएको थियो । परम्परागत बस्तुबाट निर्मित रैथाने सामानको प्रयोगले स्थानीय उत्पादन र पर्यटकको प्रबर्द्धन भएको पाएँ । स्थानीयले आयआर्जन गर्न पाएका रहेछन् । उहाँको जस्तो सोचले नै अग्र्यानिक समृद्धिको बाटोमा हिँड्न सहयोग पुग्छ ।”

उहाँको वडाबासी नेपालमै सबैभन्दा बढी हात्ती प्रभावित छन् । साविक बाहुनडाँगीको एउटा हिस्साको रूपमा रहेको उहाँको वडामा हरेक दिन भारतबाट मेची नदी तरेर १०० वटासम्म जंगली हात्ती आउँछन् । दिनभर भारतको जङ्गलमा बसेर राति भएपछि आहाराको खोजीमा नेपाल भित्रिने पहिलो स्थान नै उहाँको वडा क्षेत्र हो ।

मानव र हात्तीको द्वन्द्वका कारण बिगत तीन दशकमा उहाँको वडाका दर्जनौँले ज्यान गुमाउनु परेको छ भने करोडौंको धनमाल क्षति भएको छ । तैपनि उहाँ हात्तीलाई मारेर होइन, सहअस्तित्वका माध्यमबाट द्वन्द्वको अन्त्य गर्न सकिन्छ भन्ने मान्यतामा अडिग हुनुहुन्छ । हात्तीसँग भिडेर होइन, सहअस्तित्व र मैत्रीपूर्ण माध्यमबाट मानवीय जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने अवधारणालाई लागू गराउने यस क्षेत्रकै पहिलो अभियन्ताको रूपमा वडाध्यक्ष कार्की चिनिनुहुन्छ ।

हात्तीले किसानको बालीमा नोक्सानी ग¥यो भने वडाले क्षतिपूर्ति दिने व्यवस्था मिलाउनु भएको छ । हात्तीलाई जिस्काउन, तर्साउन र आतंकित पार्न हुँदैन भन्ने हात्तीमैत्री अवधारणा गाउँमा बुझाउन उहाँले ठूलो हैरानी खेप्नु परिरहेको छ । यही अवधारणा पालना भएका कारण २०७५ सालयता बाहुनडाँगी क्षेत्रमा हात्तीबाट कुनै मानवीय क्षति भएको छैन । प्रकृतिमैत्री कार्यमा पु¥याउनु भएको योगदानको कदर गरेर विश्व वन्यजन्तु कोषले दुई साताअघि उहाँलाई रु ५० हजार नगद पुरस्कारसहित सम्मानीत गरेको थियो । पुरस्कार वापत प्राप्त रकम उहाँले हात्ती प्रभावित बासिन्दाको हितमा प्रयोग गर्ने गरी कोषमा प्रदान गर्नुभएको छ ।

बाल्यकाल गाउँमै बिते पनि सामान्य परिवारको कार्की उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ जानु भएको थियो । काठमाडौँमा छँदा उहाँले साहित्य, कला र पर्यावरणको गहिरो अध्ययन गर्नुभयो । उहाँ कुशल बाँसुरीबादकको रूपमा पनि परिचित हुनुहुन्छ । उहाँका पर्यावरण जागरणसम्बन्धी लेखरचना विभिन्न पत्रपत्रिकासमेतमा प्रकाशित छन् ।

मुलुकमा लोकतन्त्रको स्थापनासँगै काठमाडौँमा उच्च शिक्षा पूरा गरेपछि उहाँ गाउँको मायाले डो¥याएर युवा उमेरमा बाहुनडाँगी फर्किनुभयो । गाउँमा उहाँले सामाजिक सेवा सुरु गर्नुभयो । “गाउँको त्यसबेलाको अवस्था दयनीय थियो,” उहाँ गाउँको पुरानो अवस्थालाई सम्झदै भन्नुहुन्छ, “जङ्गली हात्ती र मान्छेबीच झडप नभएको कुनै दिन हुँदैनथ्यो । युवा पुस्ता सही मार्गनिर्देशन पाउन नसकेर दिग्भ्रमित भइरहेका थिए । आफ्नो गाउँलाई परिवर्तन गर्ने सोचका साथ म जागिर खाने र विदेश जाने सोच त्यागेर गाउँ फर्किएको हुँ ।”

उहाँको नेतृत्वमा बाहुनडाँगीले नयाँ पहिचान र परिवर्तनको अनुभूति गर्न पाएको छ । उहाँकै नेतृत्वमा बाहुनडाँगीमा राष्ट्रिय र अन्तरराष्ट्रिय महत्त्वका कार्यक्रम आयोजना भएका छन् । विश्व बैङ्क, विश्व बन्यजन्तु संरक्षण कोष, प्रकृति संरक्षण कोषलगायतका संस्थाले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि थुप्रै परियोजना बाहुनडाँगीमा ल्याएका छन् । गाउँमा सिंहदरवार पुर्याउने सङ्घीयताको मूल उद्देश्यले मेचीनगर–४ मा मेल खाएको देख्न सकिन्छ । वडाध्यक्ष कार्कीको गुन्द्री र पिराप्रतिको मोहले ‘जनप्रतिनिधि भनेको जनताको सेवक हुन्, शासक होइनन्’ भन्ने भावनात्मक सन्देश प्रवाह गरिरहेको छ ।

Previous Post

साडीसँग यो फुल स्लिभ ब्लाउज डिजाइन लगाउनुहोस्, सबैले तपाईंको लुकको प्रशंसा गर्नेछन्

Next Post

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
Load More
Next Post
नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In