• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
‘जन्तीलुङ्ग र मरामकोट’ लाई ‘होमस्टे’ गन्तव्य बनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), २९ जेठः यहाँको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस क्षेत्रमा टहलिन रुचाउँछन् । यहाँँबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दुश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । यहाँ बर्सेनि पर्यटकको चहलपहल बढ्द गएपछि व्यवस्थित घरबास (होमस्टे) सञ्चालन गर्न थालिएको छ ।

हाल पनि स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई स्वागत गर्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति रु एक हजार २०० मा स्वागत, साँझको खाजा, लोकल कुखुराको मासुसहितको खाना र बिहानको खाजाको प्याकेज रहेको छ ।

प्राकृतिक रूपमा सुन्दर जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ । यहाँ भएका होमस्टेलाई थप व्यवस्थित गरी दुवै क्षेत्रलाई होमस्टेको गन्तव्य बनाउने गरी तिनाउ गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले तयारी गरेका छन् ।

यहाँ प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरूलाई एकहप्ते होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिमसमेत दिन थालिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जन्तीलुङ्ग र मरामकोटलाई पर्यटकीय गतिविधिमार्फत आम्दानीको स्रोत बनाउने गरी योजना अगाडि सारिएको बताउनुभयो ।

“हाल बुटवल र भैरहवालगायत क्षेत्रमा गर्मीले बस्न सकिने अवस्था छैन, तर यहाँको जन्तीलुङ्ग र मरामकोटमा चिसो मौसम छ । यसकारण यहाँ पाहुना बोलाएर मनग्ये आम्दानी गर्न सकिन्छ । सोहीअनुसार योजना बनाएर काम थालेका छौँ”, उहाँले भन्नुभयो, “हामीले पाहुनालाई व्यवस्थित रूपमा राख्न, स्थानीय परिकार खुवाएर खुसी बनाउन, यहाँको प्राकृतिक वातावरणमा रमाउने अवस्था निर्माण गर्न होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।”

पछिल्लो समय होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । पाहुनाले पैसाभन्दा पनिस्थानीय मौलिक खानपान, कलासंस्कृति रोज्ने गरेका छन् । यहाँ आउने पर्यटकको रोजाइलाई ध्यानमा राखेर होमस्टे व्यवस्थित गर्न थालिएको गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले बताउनुुभयो । उहाँले भन्नुभयो, “जन्तीलुङ्ग र मरामकोटको वातावरण निकै राम्रो छ, अब स्थानीयवासीले पाहुनाको मन जित्नेगरी काम गर्न सके आम्दानीको राम्रो स्रोत बन्नेमा हामी आशावादी छौँ ।”

हाल जन्तीलुङ्गमा आउने बाटोघाटो राम्रो रहेकाले झुम्सा, चर्चरे र डुम्रेबाट आधा घण्टामै आउन सकिने भएकाले गाउँको आम्दानी र प्रचार–प्रसार गर्न होमस्टे व्यवसाय उत्तम रहेको उपाध्यक्ष थापाको भनाइ छ ।

होमस्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल होमस्टे व्यवसायबाट नै गाउँलाई आर्थिक रूपमा बलियो बनाउन सकिने बताउनुहुन्छ । यसबाट गाउँको कृषि उत्पादन, पशुपालन, अन्य किसिमका रोजगारीसमेत बढ्ने र त्यसले पैसा कमाउन विदेश धाउनुपर्ने अवस्थामा समेत कमि आउने उहाँको विश्वास छ ।

तिनाउ गाउँपालिकाले होमस्टेमा आउने पाहुनाको लागि जन्तीलुङ्गमा सातवटा र मरामकोटमा दुईवटा नयाँ घर निर्माण गरिरहेको छ । दुवै वडावासीलाई मौरीपालन, बङ्गुरपालन तालिम सञ्चालन गरिसकिएको र अब केही दिनमा तरकारीखेती, बाख्रापालन, खाना पकाउने, अतिथि सत्कार, पाहुना सुत्ने कोठा सजावटसम्बन्धी तालिम र अवलोकन भ्रमण जस्ता कार्यक्रमहरू सञ्चालन गरिने सशक्तिकरण विकास नेपाल पाल्पाकी अध्यक्ष एन्जिना खनालले बताउनुभयो ।

Previous Post

धानको उचित मूल्य नपाउँदा किसान निराश

Next Post

एमसीसी परियोजना फेरि अघि बढ्ने सङ्केत, तर बजेटमा भारी कटौती प्रस्ताव

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
एमसीसीबाट आगामी वर्षमा करिव ६ अर्ब अनुदान आउने सरकारलाई आश

एमसीसी परियोजना फेरि अघि बढ्ने सङ्केत, तर बजेटमा भारी कटौती प्रस्ताव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In