• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ जेठ २०८२,
0
सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कञ्चनपुर, २८ जेठ : सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने सगुना फागलगायत लोकगीत लोप हुने अवस्थामा पुगेको छ । अघिल्लोबाट पछिल्लो पुस्तामा मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका मौलिक लोकगीत सगुना र फाग गाउनेहरु पाउन मुस्किल भएको छ ।
सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, कैलाली, कञ्चनपुरलगायत जिल्लामा विवाह, व्रतबन्ध, न्वारन र धार्मिक समारोहमा सगुनाफाग गाउने चलन छ । युवापुस्ताले सिक्न लाज मान्नाले ज्येष्ठ महिलाहरूले सिकाउन प्रयत्न नगर्दा यस्ता मौलिक गीत लोप हुने अवस्था उत्पन्न भएको हो ।

महिलाहरूको अगुवाइमा माङ्गलिक समारोहमा गाइने गीतले धार्मिक, सांस्कृतिक, सामाजिक र नैतिक भाव बोकेको हुन्छ । सुदूरको सगुना गीतको सङ्ग्रहकर्ता लेखिका कलसा महरा सगुनाफाग शुभकार्यमा गाइने भएकाले यसले आशिष, मङ्गलकामना र सौभाग्यको सङ्केत दिने गरेको बताउनुहुन्छ । “डोटेली भाषामा गाइने यी गीतले स्थानीय संस्कृति, भाषा र परम्परालाई जगेर्ना गर्न ठूलो भूमिका खेल्छ, नारी सशक्तीकरणको साङ्गीतिक स्वरुपका रूपमा सगुनाफागलाई लिन सकिन्छ”, उहाँले भन्नुभयो ।

लेखिका महराका अनुसार सगुना यसरी प्रारम्भ हुन्छः
सगुना बोल सर्सर्ती लगुनु बोल बिरस्पती बोल मया भला सगुन बोल कसुघर सरसती कसु घर बिरस्पती ।
बोल माया भला सगुन बोल सीता घर राम घर बिरस्पती

त्यसपछि माङ्गलिक कार्यअनुसार फाग गाउने गरिन्छ । सगुनाफाग गाउने क्रममा दमाहा बजाएर बढाइँ गर्ने चलन डोटेलीभाषी समुदायमा प्रचलित छ । ज्येष्ठ महिलाले मात्रै मौलिकता बोकेका यी गीत धार्मिक तथा माङ्गलिककार्यमा गाउने गरेको पाइछ ।

युवा वयका बुहारीले सामाजिक सञ्जालमा अधिकांश समय टिकटक बनाउन र फोटो अपलोड गर्नमै बिताउने गरेको उहाँ बताउनुहुन्छ । बुढापाकाले गाउने गीत भनेर लाज मान्ने गरेका कारण पछिल्लो समयमा सगुना फाग गाउने थोरै मात्र महिला छन् ।

देउडा संस्कृति संरक्षण प्रतिष्ठानले कञ्चनपुरस्थित झलारीमा हराउँदै गएका सगुना फागलगायत गीतबारे नयाँ पिँढीलाई जानकारी दिन शुक्लाफाँटा नगरपालिकाको सहयोगमा पाँच दिवसीय तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएका महराले सगुन, फाग, ठाडो खेल, रोपाइँ मेलामा गाइने भैना देउडा गीत ओझेलमा पर्दै जान थालेपछि तालिममार्फत महिलाहरूलाई लयबद्ध रूपमा गायन गर्ने तौरतरिका सिकाउने काम गरिरहेको बताउनुभयो । सगुनाफागका शब्दहरुको भाव एउटै हुने भए पनि गाउने लय जिल्लापिच्छे फरक हुने गरेको उहाँले बताउनुभयो ।

सहायक प्रशिक्षक महेशकुमार जोशीका अनुसार, सगुनाफाग प्रमुख रूपमा महिलाले गाउने परम्परागत मौलिक गीतले महिलाहरूलाई भाव व्यक्त गर्ने, अनुभव बाँड्ने र सामाजिक सन्देश दिने अवसर प्रदान गर्ने छ । जिल्लाजिल्ला र गाउँगाउँअनुसार सगुनाफागको लय फरक हुने भए पनि यसले दिने सन्देश र भाव भने एकै प्रकारको हुने गरेको छ ।

नयाँ पिँढीलाई जागरुक गराई डोटेली सभ्यताको पहिचानका रुपमा रहेका गीत जगेर्ना गर्न लाग्नुपर्ने उहाँले बताउनुभयो । यी गीतमा उपदेश, संस्कार, सामाजिक व्यवहारजस्ता सन्देश समेटिएका हुन्छन्, जसले भावी पुस्तालाई पनि संस्कार सिकाउने उहाँ बताउनुहुन्छ । महिलाले सगुनाफाग सामूहिक रूपमा गाउने भएकाले समाजमा ऐक्यबद्धता र सहकार्यको भावना पैदा गर्ने देउडा संस्कृति संरक्षण प्रतिष्ठानका शुक्लाफाँटा नगर अध्यक्ष गोदावरी ठगुन्ना मार्कण्ड बताउनुहुन्छ ।

“गाउँमा सगुना फाग गाउने थोरै मात्र बुढापाका महिला हुने भएकाले उहाँहरूलाई समाजमा उच्च सम्मान दिने गरिन्छ, गायनबापत सम्मानपूर्वक दानदक्षिण दिएर मात्र बिदा गरिन्छ, फागसुगना गायन गर्ने महिलाको खोजी गरेर माङ्गलिक कार्यमा सहभागी गराउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार न्वारन, कपाल काटने (क्षौर), ताइ लगाउने, जग्यो लगाउने, हातमा पटली बाँध्ने, छोरीको विवाहमा खुट्टा धुने, लया भुटने, विवाहमा दुलही दुलहाले फेरा लगाउने, जन्ती दुलहाको घरमा पुग्ने, दुलही भित्र्याउने बेला सगुनाफाग गाउने गरिन्छ ।

त्यसैगरी, सासुले टीका लगाउने, बेहुला तयार हुने, बरियात दुलहीको घरमा पुग्ने, गौरा पर्वमा बिरुडा भिजाउने, व्रतबन्ध गर्ने, सत्यनाराण कथा, सप्ताह पुराणलगायत महायज्ञका बेला सगुनाफाग गाइन्छ ।
सगुनाफाग गाउनेलाई फगारी भन्ने गरिन्छ । एक जना जानकार महिलाले लयबद्ध रूपमा सगुनाफाग गाउँछन् भने अरु माङ्गलिक कार्यमा सहभागी महिलाले उहाँकै सिको गर्दै लयमा लय मिलाउँदै गाउने गर्छन् । डोटेली समुदाय मात्र होइन भारतको कुमाँउ गढवाल क्षेत्रमा पनि माङ्गलिक अवसरमा यो गाउने प्रचलन छ ।
–––

अघिल्लो समाचार

कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्काशन

अर्को समाचार

सरकारले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
फिचर-ब्यानर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सरकारले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी

सरकारले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन