• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’

metakhabar by metakhabar
२७ जेष्ठ २०८२,
0
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ ।

आज स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्पmबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गर्नुभयो । औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासङ्घ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताउनुभयो । अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तरराष्ट्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।

महासङ्घको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको छ, तर पनि भारत चीनलगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।” उहाँले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसर रहेको बताउनुभयो ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभए पनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले निर्वाह गरेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो । उहाँले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिनुभयो ।

सम्मेलनमा विश्वका १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासङ्घका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराउनुभयो ।

Previous Post

ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक

Next Post

आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post

आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In