• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राज्यका संरचना समावेशी बनाउन राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

metakhabar by metakhabar
२१ जेष्ठ २०८२,
0
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर), २१ जेठः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचना समावेशी हुन नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाका सन्दर्भमा नेपाली कांग्रेसअन्तर्गतको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीतिक दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले निरङ्कुश शासन व्यवस्थामा दलित समुदायले भोगेका भेदभावविरुद्ध आवाज उठाउने पहिलो पार्टी नेपाली कांग्रेस भएको बताउनुभएको छ ।

समाजको निश्चित जाति, वर्ग, समुदायले भोग्नुपरेको नारकीय जीवनबाट मुक्ति दिलाउनलाई कांग्रेसले २००७ सालको क्रान्तिमा ‘जातपात मान्दैनौँ, सँगै बसौँ, सँगै खाऔँ, भात भताहाको खुसी’ भन्ने नारा लगाएको उहाँले स्मरण गराउनुभयो ।

“राज्य निर्माण र शासन सञ्चालनका विभिन्न कालखण्डमा विश्वका हरेक मुलुकका श्रमजीवी वर्गले कुनै न कुनै किसिमका अन्याय, शोषण र भेदभावको सिकार बन्नुपरेको देखिन्छ”, उहाँले भन्नुभयो, “दक्षिण एशिया र विशेष गरेर नेपालमा हजारौँ वर्षदेखि धर्म, प्रथा र परम्पराका रूपमा कायम हुँदै आएको जातीय भेदभाव र छुवाछूतले हाम्रो समाज विकृत बनाएको छ ।”

सभापति देउवाले विद्यमान जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न पुनःस्थापित संसद्ले २०६३ जेठ २१ गतेका दिन ‘नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा’ गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको आजको दिन सामाजिक रूपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले वर्तमान संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ प्रयत्नशील रहेको र नेपाल दलित सङ्घले जुझारू ढङ्गले विभेदविरूद्ध आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरसंवादमा विभाग प्रमुख लक्ष्मी परियारले २०६३ साल जेठ २१ गते संसद्बाट राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भए पनि हालसम्म संसद्बाट सम्बन्धित कानुनहरु पारित हुन बाँकी रहेको बताउनुभयो ।

लेखक एवं अध्येता जेबी विश्वकर्माले देशमा १३ दशमलव ४ प्रतिशत दलितहरुको जनसङ्ख्या रहेको तथ्याङ्क प्रस्तुत गर्दै दलित समुदायको मुख्य समस्या र सरोकार, राजनीतिमा पहुँच र समावेशीकरणका साथै दलित समुदायलाई राज्यको सबै ठाउँमा आरक्षण आवश्यक रहेको बताउनुभयो ।
—

Previous Post

‘दबङ’ गर्ल सोनाक्षी सिन्हा (फोटोफिचर)

Next Post

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In