• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

    वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल

    वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल

    युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

    सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

    सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

    माटोले चिनेको, माटोलाई चिन्ने नेतृत्व : संखुवासभाबाट मिङ्मा शेर्पाको संसद यात्राको संकल्प

    संखुवासभामा परिवर्तनको एजेन्डासहित मिङ्मा शेर्पा मतदाता समक्ष विश्वास र साथको अपेक्षा गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकार–व्यवसायी सहमति कागजमै सीमित, यात्रुको पीडा यथावत्

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
सरकार–व्यवसायी सहमति कागजमै सीमित, यात्रुको पीडा यथावत्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

आज पनि बिहानैदेखि देशभर यातायातका साधन नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेका छन् । सोमबारदेखि नै अलपत्र परेका यात्रु पनि सवारी साधनको प्रतीक्षामा रहेका छन् ।

कतिपय पैदलै हिँडेर गन्तव्यमा गइरहेको देखिएका छन्भने काठमाडौँ उपत्यकामा न्यून मात्रामा साझा यातायातले सेवा दिए पनि कोचाकोच यात्रु राख्न बाध्य भएको देखिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आज पनि सार्वजनिक सवारीसाधन प्रभावित भएको देखिएको र फाट्टफुट्ट चलिरहेको बताए ।

उनले चालकहरूको मागका आधारमा ‘स्कटिङ’ गरेर यातायातका साधनलाई गन्तव्यतर्फ पठाउन ७७ वटै जिल्लामा प्रहरी टोलीलाई निर्देशन दिएअनुसार उक्त कार्य जारी रहेको उनले बताए ।

यसरी सार्वजनिक यातायातका साधन नचलेपछि ‘राइड सेयरिङ’ प्रयोग गर्नुपर्ने बाध्यता यात्रुहरूमा रहेको छ । उनीहरुले चर्को भाडा असुलेको गुनासो आइरहेको छ । उनीहरुले २५० लाग्ने ठाउँमा ४०० सम्म लिइरहेको यात्रुहरूले गुनासो गरेका छन् ।

एक्कासि सोमबार र मङ्गलबार यातायात नचल्दा त्यसअघि विभिन्न क्षेत्रमा पुगेका सर्वसाधारण नागरिकलाई फर्कन सास्ती भएको छ । उनीहरु लामो दूरीका सवारीसाधनको प्रतीक्षामा रहेका छन् ।

सहमति हुँदा पनि किन चलेनन् गाडी ?

गएराति भएको सहमतिको मुख्य बुँदा गण्डकी प्रदेशले निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावली, यससम्बन्धी संघीय कानुन तर्जुमाको क्रममा रहेकाले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशको राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने रहेको छ ।

यसका साथै सहमतिपत्रमा यातायातसम्बन्धी सर्वोच्च अदालतको परमादेश कार्यान्वयन, सार्वजनिक यातायात सुधार सुझाव सिफारिस कार्यदल गठन गर्ने, ऐन, कानुन, नियम र निर्देशिकाहरूमा यातायात व्यवसायी तथा यातायात मजदुरहरूका मागलाई सम्बोधन गर्ने, स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमतासम्बन्धी नियम कानुन कार्यान्वयन, विदेशी सवारी साधनलाई भन्सार नाकामै पाइराखेको ७२ घन्टे सुविधा सम्बन्धमा सुझाव पेस गर्ने, सार्वजनिक सवारी साधनको आयु सम्बन्धमा सर्वोच्चको परमादेशको यथाशीघ्र कार्यान्वयनलगायतका विषय रहेको छ ।

यातायात व्यवसायीले सबै विषयमा सहमति जनाएर पनि बुँदा नम्बर १ को विषय पूर्ण कार्यान्वयन नभएसम्म आन्दोलन भने स्थगित नगर्ने अडान कायम राखेका छन् । सोही कारण आज पनि देशभर यातायातका साधन सञ्चालन भएका छैनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा वार्ता टोली सदस्य सरोज सिटौलाले गण्डकी प्रदेश सरकारबाट निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीको उक्त बुँदा हटाएको निर्णयको प्रतीक्षामा रहेको र सो निर्णय आउने बित्तिकै आन्दोलन स्थगित हुने बताए ।

गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यस विरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।

सोमबार सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन गरेको आठ सदस्यीय सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोलीबिच राती ११ बजेसम्म छलफल गरी उक्त सहमति गरेको हो ।

यता सरकारले भने सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको र आज समस्या समाधान हुने जानकारी गराएको छ । सरकारी वार्ता टोलीका संयोजक पन्थले आज अपराह्नसम्ममा निकास निस्किने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

प्रधानमन्त्री ओली नारच्याङमा

Next Post

ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
आवाज

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

१८ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

१८ फाल्गुन २०८२,
वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल
आवाज

वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल

१८ फाल्गुन २०८२,
आवाज

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

१८ फाल्गुन २०८२,
सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान
आर्थिक

सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

१८ फाल्गुन २०८२,
माटोले चिनेको, माटोलाई चिन्ने नेतृत्व : संखुवासभाबाट मिङ्मा शेर्पाको संसद यात्राको संकल्प
फिचर-ब्यानर

संखुवासभामा परिवर्तनको एजेन्डासहित मिङ्मा शेर्पा मतदाता समक्ष विश्वास र साथको अपेक्षा गर्दै

१८ फाल्गुन २०८२,
Load More
Next Post
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In