• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा : ‘रुखहरुको जीवित संग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले भरिपूर्ण जलथल जङ्गलका दुर्लभ वनस्पति र जीवहरु लोप हुने खतरामा पुगेका छन् ।

हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका र बाह्रदशी गाउँपालिकाको छ हजार १०० हेक्टर क्षेत्रफलको यस जङ्गलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व सङ्कटमा छन् । यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो ।

नेपालमा ६०० भन्दा बढी प्रजातिका रुखहरु पाइन्छन् । जसमध्ये १५५ वटा अर्थात एक चौथाइ प्रजातिका रुखहरु जलथलमा रहेको फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता डा लिलानाथ शर्माले बताउनुभयो । धेरै प्रजातिको रुख पाइएकाले यस जङ्गललाई “रुखहरुको राजधानी” पनि भनिन्छ ।

समुन्द्र सतहबाट ७० देखि १०० मिटरसम्म उचाइमा रहेको जलथल जङ्गलमा २३५ प्रजातिका चरा, १५७ प्रजातिका पुतली, ४३ प्रजातिका माछा, १४ प्रकारका भ्यागुता र ३२ प्रजातिका सरिसृप अध्ययनका क्रममा भेटिएका छन् ।

नेपालको वन क्षेत्रमा जलथलले ०.१ प्रतिशत मात्र अंश ओगटेको छ । यति थोरै भूगोलमा यति धेरै जैविक विविधता विश्वमा अन्यत्र पाउन नसकिने उहाँ बताउनुहुन्छ । जसमध्ये नेपालमा हालसम्म अभिलेख नगरिएका छ प्रकारका रुखका प्रजाति र तीन प्रकारका साना वनस्पति यहाँ पाइएको उहाँले बताउनुभयो ।

“दुई तीन वर्ष जति भयो कसैले पनि जङ्गलमा मुसे मृग देखेको बताएका छैनन्,” उहाँ भन्नुहुन्छ, “सम्भवतः यो सानो सुन्दर जनावरको अस्तित्व जलथलबाट लोप भइसकेको हुनसक्छ ।”

अरु प्रकारका मृगभन्दा ज्यादै सानो हुने भएकाले यस प्रजातिलाई मुसे मृग भनिएको हो । रुखबाट झरेर ठूला पातहरु र झाडीमा लुक्ने लजालु स्वाभावको यो मृग चोरी शिकारी र घरपालुवा कुकुरको प्रवेशले जङ्गलबाट लोप भएको अनुमान छ ।

नेपालमै ‘लटहर’को जङ्गल जलथलमा मात्र पाइएको छ । कटहरको जस्तै हाँगा र ३० मिटरसम्म अग्लो रुख हुने लटहर फल फल्ने दुर्लभ रुख हो । कोशी पूर्व कहिँकतै एक दुई वटा यसका रुख देखिएको भए तापनि जलथलमा यसको जङ्गल नै भन्न सकिने गरी रुखहरु रहेको अनुसन्धानकर्ता डा. शर्माको भनाइ छ ।

“जलवायू परिवर्तन र मिचाहा झारको प्रकोपका कारण लटहरको पुनरुत्थान हुन नसक्नु खतराको संकेत हो,” विगत छ वर्षदेखि जलथल जङ्गलको अध्ययन गरिरहनुभएका उहाँ भन्नुहुन्छ, “घाँस र दाउरा काट्ने क्रमले भएका रुखको अस्तित्व जोखिममा परिसकेको छ ।”

नयाँ लाथ्रा नहुर्किने र भएका रुखहरु मासिने क्रमले जलथलमा लटहरको जङ्गल थियो भनेर एकादेशको कथा सुनाउने दिन भविष्यमा नआउला भन्न नसकिने उहाँले बताउनुभयो । पहाडमा मात्र पाइने ठानिएको उत्तिस, टिमुर, भोटे लहरा लगायतका वनस्पति यहाँ पाइन्छ ।

भोटे लहरा र थाकल अति दुर्लभ वनस्पति हुन् । डा शर्माका अनुसार जीव र वनस्पतिको उद्भवकालमा दुवै गुण लिएर सेतुको रुपमा विकास भएको वनस्पतिमा थाकल पर्दछ । यी वनस्पति डाइनोसरकालदेखि हालसम्म अस्तित्वमा रहेको मानिन्छ । उन्यूको जस्तो पात र कोणधारीको जस्तो बीउ हुने यो वनस्पतिलाई विश्व संरक्षण सङ्घ (आइयुसीएन)ले सङ्कटापन्न सूचीमा राखेको छ ।

जङ्गलमा मानव अतिक्रमण बढ्दै जाँदा थाकलको टुप्पो काटिदिने, पातलाई घाँसको रूपमा खुवाउने र मिचाहा झार माइकेनियाले नयाँ विरुवा हुर्किन नदिने समस्या देखिएको छ । नेपालमै हालसम्म सबैभन्दा मोटो भोटे लहरा जलथलमा भेटिएको उहाँले बताउनुभयो ।

सालक, लाम्चे कछुवा र हात्ती अति सङ्कटापन्न सूचीमा सूचीकृत भइसकेका जीव हुन् । प्राकृतिक बासस्थानको रूपमा रहेको जङ्गल र सिमसार मासिने क्रम बढेकाले यी जीवहरु लोपोन्मूख अवस्थाबाट गुज्रिरहेका छन् ।

दुर्लभ मानिएका बाँदरझुला, ढेडु झुला, रामगुवा, कुसुम, वन सुन्तला, गान्टे, वन फर्सीलगायतका फलफूल जलथलमा पाइएका छन् । प्राकृतिक जङ्गल क्षेत्रमै सामुदायिक वनले टिक, मसला, रबरजस्ता रुखहरु हुर्काउने गर्नाले रैथाने जीव र प्राकृतिक वनस्पति प्रभावित बनेका छन् ।

जलथल जङ्गल भित्र २२ वटा सामुदायिक वन छन् । काठ तथा वनयजन्तुको चोरी शिकारी, मानव अतिक्रमण, वन व्यवस्थापनका कमजोरी र ग्रामीण बासिन्दामा पर्यावरणीय चेतनाको कमी नै यहाँका दुर्लभ जीव तथा वनस्पति लोप हुने प्रमुख कारण हुन् ।

Previous Post

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो

Next Post

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In