• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिरासतमा रहेका दुर्गा प्रसाईंको फेसबुक लगातार अपडेट, दिइरन्छन् व्यवस्था ढाल्ने धम्की

metakhabar by metakhabar
१९ जेष्ठ २०८२,
0
हिरासतमा रहेका दुर्गा प्रसाईंको फेसबुक लगातार अपडेट, दिइरन्छन् व्यवस्था ढाल्ने धम्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दुर्गा प्रसाईं यतिखेर प्रहरी हिरासतमा छन् । गत वर्ष १५ चैतमा तिनकुनेमा भएको हिंसात्मक घटनाको आरोपमा उनी प्रहरी हिरासतमा छन् । प्रसाईं हिरासतमा भए पनि उनको फेसबुक भने निरन्तर अपडेट भइरहेको हुन्छ । ‘दुर्गा प्रसाईं’ र ‘दुर्गा प्रसाईं महाअभियान संस्थापक सचिवालय’ नामका पेजबाट प्रसाईंका भनाइहरू पोस्ट भइरहेका छन् । प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामको संगठन चलाउँछन् । उनी २०७९ देखि यही नाममा कहिले लघुवित्तको ऋण नतिर्न उर्दी जारी गर्छन् त कहिले राजा फर्काउने आन्दोलन ।

‘दुर्गा प्रसाईं महाअभियान संस्थापक सचिवालय’ नामको पेजमा ‘प्रसाईंमाथि राज्यले प्रतिसोध साँधेको, प्रसाईंलाई रिहा गर्नुपर्ने’ माग राखिएका विषयहरू पोस्ट भइरहेका छन् । (१८ जेठ)को बिहान पौने ९ बजे पनि अन्यायका पक्षमा आवाज उठाउन र लड्न प्रसाईंले गरेको आह्वान पोस्ट गरिएको छ । यी पेजमा प्रसाईंका भर्ना स्वकीय सचिवको सहयोगमा पोस्ट गर्ने गरिएको बताइन्छ ।  १४ जेठमा प्रसाईंको पेजमा ‘म चाँडै फर्किन्छु’ भन्दै लामो पोस्ट गरिएको छ । ‘नेपालमा शान्ति होस् भनेर म राजा र धर्म खोजिरहेको छु,’ भन्दै प्रसाईंले आफू चाँडैं रिहा हुन लागेको दाबी गरेका छन् ।

१३ वैशाखमा प्रसाईंको फेसबुक पेजमा प्रसाईंको नामबाट एउटा विज्ञप्ति पोस्ट भएको छ । नयाँ वर्षको शुभकामना दिदैं प्रसाईंले आफूले हिम्मत नहारेको दावी विज्ञप्तिमा गरेका छन् । उनले लेखेका छन, ‘मक्किई सकेको यो कथित लोकतन्त्र/गणतन्त्रको ठुटोरूपी ढल्नै लागेको व्यवस्थालाई एक धक्का अझै दिउँ भन्ने आह्वानका साथ अघि बढ्न म आग्रह गर्दछु ।’ यही विज्ञप्तिमा उनले आफू प्रहरी हिरासतमा कठिन परिस्थतिबाट गुज्रिरहेको पनि दावी गरेका छन् ।

१३ जेठमा उनले प्रधानमन्त्रीप्रति र गणतन्त्रप्रति कटाक्ष गर्दै स्टाटस लेखेकाछन् । उनले लेखेकाछन, ‘गणे–तन्त्रवादी उखानेको रेलमा राष्ट्रवादीहरू जेलमा ! वाह रे तेरो …..तन्त्र !’

हिरासतमा रहेर पनि फेसबुक पेजबाट प्रसाईंले सक्रियता देखाएको यो पहिलोपटक होइन । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको दाबी गर्दै फेसबुकमा नक्कली कागजात सार्वजनिक गरेपछि गत वर्ष ४ मंसिरमा दुर्गा प्रसाईं पक्राउ परे ।

पक्राउ परेको पाँच दिनपछि ९ मंसिरमा प्रसाईंले आफू जुन अभियोगमा पक्राउ परेका थिए त्यही अभियोगबारे लेखे । फेसबुकमा प्रसाईंले केपी ओलीको कम्बोडियामा लगानी देखाउने कथित कागजात सही भएको दाबी गर्दै पोस्ट गरे । त्यतिखेर उनले आफूमाथि अनुसन्धान गरिरहेका तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र प्रहरी उपरीक्षक होबिन्द्र बोगटीविरुद्ध राज्यद्रोहको मुद्दा लिएर अदालत जाने धम्की दिएका थिए । उनले आफूलाई ‘नक्कली मुद्दामा फसाइएको’ दावी गर्दै फेसबुकमा पोस्ट गरेका थिए ।

प्रसाईं हिरासतभित्र रहँदा उनको फेसबुक पेजमा स्वकीय सचिवको नाममा प्रसाईंको भनाइ पोस्ट भइरहेको देखिन्छ ।

फेसबुकको विवरणअनुसार, ‘दुर्गा प्रसाईं महाअभियान संस्थापक सचिवालय’ नामको फेसबुक पेज १५ भदौ २०८० मा खोलिएको हो । उनको फेसबुक पेज नेपालबाट एक जनाले मात्र चलाउँछन् । त्यसैगरी दुर्गा प्रसाईं नामको फेसबुक आईडी १५ भदौं २०८० मा बनाइएको देखिन्छ र यो फेसबुक पनि नेपालबाट एकजनाले चलाउने गरेको फेसबुकको विवरणमा देखिन्छ ।

सामान्यतः अभियुक्तले घटनाको प्रमाण लुकाउन र मेटाउन नसकोस्, अभियुक्त भाग्न नपाओस् र थप असुरक्षा नहोस् भनेर हिरासतमा राख्ने गरिन्छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार हिरासतमा रहेका व्यक्तिले फेसबुक त परै जाओस् मोबाइलसमेत चलाउन पाउँदैन् । तर, प्रसाईं भने हिरासतभित्रैबाट फेसबुकमार्फत आफूमाथि लागेका अभियोग नकार्दै राजनीतिक वयानबाजी गरिरहन्छन् ।

प्रसाईंमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराका अनुसार अदालतको आदेशबाट थुनामुक्त भएका प्रसाईंका सहयोगीले प्रसाईंको फेसबुक चलाएका हुन सक्छन् । उनले भने, ‘केही दिनअगाडि प्रसाईंका केही समर्थक, बडिगार्ड छुटेका थिए, तिनले चलाए होलान् ।’

१३ जेठमा दुर्गा प्रसाईंका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल अदालको आदेशमा रिहा भएका थिए । उनीहरूविरुद्ध मुद्धा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै काठमाडौं जिल्ला अदालतले रिहा गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराका अनुसार रिहा भएका खड्का र धिमालले नै प्रसाईंको नामको फेसबुकबाट अपडेट गराएका हुन सक्छन् ।

तर, खड्का र धिमाल हिरासतमा हुँदा पनि प्रसाईंको फेसबुकमा पोस्ट भइरहन्थ्यो । प्रसाईंको नाममा उनका स्वकीय सचिवले पोस्ट गर्ने गर्छन् । तर, प्रसाईंको फेसबुकमा स्वकीय सचिवको नाम कहिले माधव कल्पित, कहिले विनन्जय थापा लेखिएको हुन्छ ।

अनुसन्धान प्रभावित पार्ने र अनुसन्धानमा रहेको विषयमाथि समाजमा धारणा बनाउने गरी हिरासतमा रहेको व्यक्तिको सामाजिक सञ्जालमा केही पोस्ट भएमा यही विषयमाथि कारबाही गरिनुपर्ने बताउँछन साइवर कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल ।

उनी भन्छन्, ‘हिरासतमा रहेको व्यक्तिले हिरासतबाटै वा बाहिरबाट कसैले उसको सामाजिक सञ्जालमा अनुसन्धान भइरहेको विषयमा केही पोस्ट भएको पाइएमा त्यसैअनुसार थप कारबाही गर्नुपर्छ ।’ व्यक्ति हिरासतमा भए पनि उसको सामाजिक सञ्जालमा अनुसन्धान भइरहेको विषयमा लगातार पोस्ट हुने चलन बढेको हुँदा अब प्रहरीले अभियुक्तको सामाजिक सञ्जाल पनि नियन्त्रणमा लिनुपर्ने खरेलको धारणा छ ।

Previous Post

बजेट सकारात्मक : निकासी पैठारी सङ्घ

Next Post

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In