• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकबाट प्राप्त हुने आम्दानी वृद्धि

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
अप्रिलमा ऐतिहासिक पर्यटक आगमन: एक लाख १६ हजारभन्दा बढी विदेशी नेपाल भित्रिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। पर्यटन क्षेत्र चलायमान भएसँगै पछिल्लो समय पर्यटकबाट प्राप्त आम्दानी वृद्धि भएको छ । आर्थिक सर्वेक्षण २०८१/०८२ का अनुसार पर्यटन क्षेत्र पुनरुत्थान भएसँगै होटल व्यवसाय चलायमान हुँदा पर्यटन क्षेत्रको आम्दानी वृद्धि भएको हो ।

संसद्मा आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा विसं २०८० पुससम्म यस्तो सङ्ख्या १३ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ५४८ पुगेको छ । सन् २०२३ मा भ्रमण आय रु ७२ अर्ब ४५ करोड ५६ लाख रहेकामा पर्यटकीय गतिविधिमा विस्तार हुँदै सन् २०२४ मा १५ प्रतिशतले वृद्धि भई रु ८३ अर्ब ३९ करोड ४० लाख पुगेको छ ।

सन् २०२४ मा पर्यटकको औसत बसाई अवधि र प्रतिदिन खर्चमा न्यून दरले परिवर्तन भई पर्यटकको औसत बसाई १३.३ दिन र प्रति पर्यटक प्रतिदिन औसत खर्च ४०.८ अमेरिकी डलर कायम भएको छ । सन् २०२३ मा पर्यटकको बसाइ अवधि औसत १३.२ दिन र प्रतिपर्यटक औसत खर्च ४१ अमेरिकी डलर रहेको थियो ।

सन् २०२४ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६०.४ प्रतिशतले बिदा÷मनोरञ्जन÷यात्राका लागि भ्रमण गरेका थिए । यसैगरी, १५.३ प्रतिशतले तीर्थयात्रा, १४.५ प्रतिशतले पर्वतारोहण साहसिक यात्रा र ९.८ प्रतिशतले अन्य उद्देश्यले नेपाल भ्रमण गरेका थिए ।

पर्वतारोहण दलको सङ्ख्या सन् २०२४ मा ५.४२ प्रतिशतले वृद्धि भइ २.३७५ पुगेको छ । पर्वतारोहीको सङ्ख्या सन् २०२३ मा ९.३९८ रहेकोमा सन् २०२४ मा केही सङ्कुचन भई ९.१९१ रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । पर्वतारोहीको सङ्ख्यामा आएको कमीसँगै पर्वतारोहणबाट प्राप्त रोयल्टीसमेत सन् २०२३ मा रु ९९ करोड ९३ लाख प्राप्त भएकामा चालु आवमा ७.४ प्रतिशतले कमी आई सन् २०२४ मा रु ९२ करोड ५८ लाख रहेको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट हालसम्म २८ हजार २३३ दक्ष जनशक्ति उत्पादन भएका छन् । ‘डिलक्स’सहितका पाँचतारे होटलको सङ्ख्या विसं २०८० फागुनसम्म १८२ रहेकामा २०८१ फागुनसम्म २१४ पुगेको छ । त्यसैगरी, तारेस्तर बाहेकका डिलक्स, ‘लक्जरी हेरिटेज बुटिक’ होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या २०८० फागुनसम्म एक हजार २३४ रहेकामा २०८१ को सोही अवधिमा एक हजार ३६४ पुगेको छ ।

रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शय्याको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म तीन हजार २७० थप भई २०८१ फागुनसम्म २० हजार ३४३ पुगेको छ । यस्ता होटलबाहेक पर्यटकस्तरीय डिलक्स लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शय्याको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म पाँच हजार दुईबाट थप भई २०८१ फागुनसम्म ४२ हजार २९९ पुगेको छ ।

विसं २०८१ फागुनसम्म क्यासिनो नौ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाउने क्यासिनो २० गरी २९ सञ्चालनमा छन् । २०८१ असारसम्म यस्तो सङ्ख्या २६ रहेको थियो ।

सन् २०२४ मा नेपालमा अन्तरराष्टिय उडान भर्ने वायुसेवाको सङ्ख्या ३१ रहेको छ । त्यसैगरी, द्विपक्षीय हवाई सेवा सम्झौता भएको देशको सङ्ख्या ४२ पुगेको छ । दुइतर्फ हवाई सिट क्षमता सङ्ख्या वार्षिक ८९ लाख ७३ हजार रहेको छ । आन्तरिक उडान गर्ने वायुसेवाको सङ्ख्या २२ पुगेको छ । सबै मौसममा सञ्चालन हुनसक्ने कालोपत्र भएका विमानस्थलको सङ्ख्या ४२ रहेकामा ३५ सञ्चालनमा छन् ।

लुम्बिनी आउने तीर्थयात्री एवम् पर्यटकको ‘लग अनलाइन’ टिकटको व्यवस्था गरिएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण गर्ने क्रममा चालु वर्षको फागुनसम्म थप १० सम्पदा पुनःनिर्माण भई २०८१ फागुनसम्म ८१० सम्पदाको संरक्षण तथा पुनःनिर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

Previous Post

नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

Next Post

पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने गर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने गर्ने

पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In