• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्युत् विधेयकलाई एक महिनाभित्र संसद्बाट पास गर्नेगरी सरकारले काम गरिरहेको छ ः ऊर्जामन्त्री खड्का

metakhabar by metakhabar
१३ जेष्ठ २०८२,
0
विद्युत् विधेयकलाई एक महिनाभित्र संसद्बाट पास गर्नेगरी सरकारले काम गरिरहेको छ ः ऊर्जामन्त्री खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ जेठ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् विधेयकलाई एक महिनाभित्र संसद्बाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले आज साँझ यहाँ आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा उहाँले विद्युत् विधेयकलाई चाँडो संसद्बाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभएको हो । “निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी ल्याउन लागिएको विद्युत् विधेयकलाई अगाडि बढाउन रातदिन नभनी काम गरिरहेका छौँ, एक महिनाभित्र संसद्बाट पास हुन्छ”, मन्त्री खड्काले भन्नुभयो ।

उहाँले मन्त्रालयले ऊर्जा उत्पादनका क्रममा देखिएका बाधा व्यवधानलाई चिरेर काम गर्न लागिरहेको भन्दै यो समस्याबाट माथि उठ्न नसकिए मुलुक नै समस्यामा पर्ने धारणा राख्नुभयो ।

सरकारले निजी क्षेत्रलाई साथमा लिएर ऊर्जा क्षेत्रको विकास गर्ने भनेर २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न ऊर्जा उत्पादकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि ऊर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अन्तरमन्त्रालय समिति र उपसमिति गठन गरिएको छ । पुरानो मानसिकता र पुरानो कानूनलाई परिमार्जन गर्दै अगाडि बढ्ने हाम्रो प्रयास हो । निजी क्षेत्रको समस्यालाई सरकारले आफ्नो समस्याका रूपमा लिएको छ”, उहाँले भन्नुभयो ।
ऊर्जा सचिव सुरेश आचार्यले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले उक्त मार्गचित्रलाई कार्यान्वयन गर्न मन्त्रालयले विभिन्न कार्यादल बनाएर अगाडि बढेको स्पष्ट पार्नुभयो । सचिव आचार्यले सरकारले ल्याएको नीति तथा कार्यक्रममा जलाशययुक्त आयोजनालाई विशेष रूपमा अगाडि बढाएको बताउनुभयो ।

विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई समावेश गरिएकाले सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पूरा गर्न सहज हुने धारणा राख्नुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि सरकारले भर्खरै विद्युत् खरीद सम्झौता (पिपिए)लाई अगाडि बढाएको बताउनुभयो ।

इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगीलगायतले ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयनका लागि शक्तिशाली निकाय आवश्यक रहेको बताउनुभयो । उहाँहरूले ऊर्जा, वन र कानुन मन्त्रालयबीच समन्वय नहुँदा नेपालको ऊर्जा क्षेत्रको विकासले गति लिन नसकेको जिकिर गर्नुभयो ।

Previous Post

प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

Next Post

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In