• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनुदानमा भैंसी पाएसँगै फेरियो किसानको दैनिकी

by
१ माघ २०७९,
0
अनुदानमा भैंसी पाएसँगै फेरियो किसानको दैनिकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्ने लक्ष्यले उन्नत जातको भैँसी वितरण गरेपछि स्थानीय किसानको दैनिकी फेरिएको छ । दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ वटा भैँसी र उन्नत जातको राँगो वितरण गरेपछि किसानको दैनिकीमा परिवर्तन आएका हो ।

गाउँपालिकाले भैंसी वितरण गरेपछि अहिले किसानले उत्पादित दूधलाई बजारमा पठाउन थालेका छन् । गाउँपालिकाले यहाँको प्रगतिशील सहकारीमार्फत गत असारमा १६ लाख लागतमा नौ ओटा लैनो भैंसी एउटा राँगो, चार ओटा च्याप कटर र पीठो चोकर किसानलाई वितरण गरेको हो ।

त्यस्तै वडा नं ५ सानोदुम्ममा रहेको खड्का कृषि तथा पशुपालन फार्मलाई रु तीन लाख ९४ हजार बराबरको तीन ओटा भैंसी, एउटा राँगो र च्याप कटर तथा उन्नत जातको घाँसको बीउ समेत वितरण गरेको छ । गाउँपालिकालाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’ नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । पशुपालन किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

‘पशुपालक किसानलाई प्रोत्साहन गर्दै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भैंसी वितरण गरेका हौं’, अध्यक्ष राईले भने, ‘अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् । यो कार्यक्रमलाई आगामी दिनमा पनि थप विस्तार गर्दै लैजान्छौं । दूधको उत्पादनका आधारमा बजारीकरणमा पनि सहजीकरण गर्ने योजना छ ।’

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले उन्नत जातको भैँसी दिएपछि कृषक उत्साहित भएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी रहेको स्थानीय भैंसीपालक कृषक नवीन खड्काले बताए ।

‘अहिले आर्थिक रुपमा टेवा पुगेको छ’, कृषक खड्काले भने, ‘दैनिकी घर खर्च चलाउन सकेका छौँ । गरिब तथा विपन्न परिवारले त अहिले भैँसी किनेर पाल्न सक्ने अवस्था नै छैन । हामी आफैले तराईका भैँसी फार्ममा गएर छानेर ल्याएका हौँ । त्यस्ता कृषकको पीडालाई बुझेर गाउँपालिकाले गरिरहेको काम प्रशंसायोग्य छ । अन्य स्थानीय तहहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’

लैनो भैंसी पाएकाले आफ्नो जीविका मार्फतमा प्रत्यक्ष लाभ पुगेको अर्का कृषक सुवास अधिकारीले बताए । तराईबाट ल्याएको उन्नत जातको भैँसी भए पनि यहाँको हावापानीमा सहज रुपमा नै घुलमिल भएको अधिकारीको भनाइ छ । भैंसीबाट उत्पादन भएको दूध बजारमा बेच्न थालेको समेत उनले बताए । ‘गाउँपालिकाले हामी जस्ता कृषकको उदार गरेको छ’, कृषक अधिकारीले भने, ‘कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमले हामीलाई प्रत्यक्ष रुपमा लाभ पुगेको छ । अहिले हाम्रो दैनिकी फेरिएको छ । उत्पादित दूध बजारमा बिक्री गरिरहेका छौँ ।’

उत्पादन भएको दूध स्थानीय बजारमा तथा तिवारीभञ्ज्याङमा रहेको डेरीमा प्रतिलिटर रु ५५ मा बिक्री गरिरहेको अधिकारीले बताए । आफ्नो ठाउँका किसानहरुबाट सङ्कलन भएको दूध भोजपुर सदरमुकाममा जाने गरेको उनको भनाइ छ । कृषक अधिकारीले भने, ‘हामीले यहाँको स्थानीय डेरीमा बिक्री गरिरहेका छौँ । यहाँ प्रतिलिटर रु ५५ पाउँछौं । यसले दैनिक जीवन गुजारा गर्न सहज भएको छ । यहाँको खपत हुन नसकेको दूध सदरमुकाम जान्छ ।’ गाउँपालिकाले कृषिमा बहुवर्षीय बालीहरु ९एभोकाडो, किवी, चिउरी० खेतीमा प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाको भनाइ छ ।

त्यस्तै तरकारीको खेतीमा पनि किसानलाई सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताइन् । उपाध्यक्ष राईले भनिन्, ‘गाउँपालिका तरकारीमा आत्मनिर्भर बनिसकेको छ । यहाँको उत्पादन अहिले अन्य ठाउँमा समेत जान थालेको छ । अब भने हामीले तरकारीसँगसँगै पछिल्लो वर्षमा आएर कृषकलाई बहुवर्षीय बाली लगाउनमा केन्द्रित गरिरहेका छौँ । यस्ता बालीले उनीहरुले धेरै वर्षसम्म आम्दानी लिन सक्छन् ।’

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत साझेदारीमा भैँसी दिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । ‘हामीले किसानलाई दुग्ध उत्पादनमा जोड्नका लागि ७५ प्रतिशत अनुदानमा भैँसी दिएका छौं’, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘खास गरेर बजारमा भैँसीको दूधको माग र मूल्य पनि बढी हुन्छ । त्योसँगै उनीहरुले पाडापाडी बेचेर पनि थप आम्दानी लिन सक्छन् । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सकून् भन्ने हाम्रो लक्ष्य हो ।’

त्यस्तै गाउँपालिकाले बाख्रापालनका लागि पनि उन्नत जातको बोका वितरण गरिरहेको जनाएको छ । खास गरेर गाउँपालिकाले वडा नं ४ बास्तिम, ५ सानोदुम्मा र ६ ठूलोदुम्मालाई बाख्रापालनका लागि उपयुक्त क्षेत्रका रुपमा छुट्याएको छ । तातो भूगोल तथा प्रशस्त चरण क्षेत्र भएकाले यो क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेका कृषकलाई पनि आवश्यकताका आधारमा प्रोत्साहनमूलक कार्यक्रम गरिरहेको गाउँपालिकाको पशु शाखाले जनाएको छ।

Previous Post

विमान दुर्घटना अपडेट: दुई जनाको जीवितै उद्धार

Next Post

एमाले झस्काउने प्रचण्डको अभिव्यक्तीको अर्थ के ?

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
एमालेलाई अर्को संकट आउनसक्ने संकेत, माघ ५ गते के होला ?

एमाले झस्काउने प्रचण्डको अभिव्यक्तीको अर्थ के ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In