• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
म्याग्दीको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर (म्याग्दी)। बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’ को निर्माण कार्य सुरु भएको छ। निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामाकरण गरिएको छ।

सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकहरूको आगमन बढ्दै गएपछि उनीहरूको सुविधाका लागि पार्क निर्माण गर्न थालिएको हो।

बेनी नगरपालिकाको १ लाख ५० हजार रुपियाँ लगानीमा पहिलो चरणमा जमिन सम्म्याउने काम सम्पन्न भएको झरना लभ्ली पार्क निर्माण समितिका अध्यक्ष नारायण कार्कीले बताए।

“सदरमुकाम नजिकै नयाँ पर्यटकीय स्थलका रूपमा विकास भएको कोप्रे झरनामा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न बगैंचासहितको आकर्षक पार्क बनाउन लागिएको हो। बस्नका लागि आराम कुर्सीसहित साना केटाकेटी, युवायुवती र वृद्धवृद्धाहरूका लागि अनुकूल हुने संरचनाहरू निर्माण गर्ने योजना छ,” अध्यक्ष कार्कीले भने।

“चालु आर्थिक वर्षमा नगरपालिकाले जमिन सम्याउनका लागि मात्र बजेट विनियोजन गरेकोले उक्त बजेटको परिधिमा रही काम सुरु गरेका हौँ, आगामी आर्थिक वर्षमा पार्क निर्माण कार्यलाई पूर्णता दिन्छौँ,” कार्कीले थपे। पर्यटकको आगमन बढेसँगै उनीहरूलाई आराम गर्ने ठाउँको अभाव देखिएपछि कार्कीले आफ्नै निजी लगानीमा सत्तल र चौतारीसमेत निर्माण गरेका छन्।

कोरोनाकालमा पत्ता लागेको कोप्रे झरनामा त्यसपछिका वर्षहरूमा चहलपहल बढ्दै गएको हो। हाल उक्त स्थानमा दैनिक ५० देखि २०० जना पर्यटक आउने गरेका स्थानीय पुरन घिमिरेले बताए। उनका अनुसार शनिबार र बिदाका अन्य दिन कर्मचारी, व्यापारीलगायत पनि त्यहाँ रमाउन जाने गरेका छन्।

शिरानमा घना जङ्गल, पुछारमा नागबेली परेर बगेको म्याग्दी नदी, बीचमा कलकल बग्ने दूधेखोला गाउँको बेनी–बगरफाँट–भकिम्ली सडक नजिक अवस्थित यो झरना नजिक पार्क बनेपछि युवायुवती र बालबालिकामात्र नभई जोकोहीका निम्ति मनोरञ्जनस्थल बन्ने बेनी नगरपालिका २ बगरफाँटका युवा सज्जन जिसीले बताए।

खासगरी त्यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिस फोटो र भिडियो खिच्न पुग्ने गरेका छन्। यो स्थान पछिल्लो समय बेनी बजारका बासिन्दाका लागि ‘मर्निङ वाक’ गर्नेको नयाँ गन्तव्य पनि बनेको छ। कोप्रे झरना पुग्दा आफूलाई आनन्द भएको मङ्गलाघाटका रमेश फगामीले बताए।

हिउँदमा केही सानो देखिने यो झरना वर्षामा भने निकै आकर्षक हुन्छ। कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरूले ‘वर्षे झरना’ पनि भन्छन्। भीरपहराबाट खस्ने झरना देख्दा मनै फुरुङ्ग हुन्छ। घाम लागेका बेला इन्द्रेणी पर्ने झरनालाई हेरिरहुँजस्तो लाग्छ। पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ। यो झरना अङ्ग्रेजी अक्षर भी आकारको छ।

सदरमुकाम बेनीबजारदेखि उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ। यसलाई आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए।

कोप्रे झरनाका नजिक पानी उड्ने छहरा, १२६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारो, बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक देवीको मन्दिर, शिवालय, गुफा लगायतका धार्मिक तथा पर्यटकीय स्थल पनि छन्। त्यहाँ पुग्ने प्रकृति प्रेमी पार्क घुमेर फर्कने वडाध्यक्ष कार्कीको विश्वास छ।

Previous Post

कञ्चनपुरका सात वडा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

Next Post

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In