• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    हिमपातले किसानलाई राहत

    हिमपातले किसानलाई राहत

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    हिमपातले किसानलाई राहत

    हिमपातले किसानलाई राहत

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्वादिलो तर घातक: यस्ता खानेकुरा जसले तपाईंलाई गम्भीर रोग र मृत्युको नजिक पुर्याउँछन्

metakhabar by metakhabar
४ जेष्ठ २०८२,
0
स्वादिलो तर घातक: यस्ता खानेकुरा जसले तपाईंलाई गम्भीर रोग र मृत्युको नजिक पुर्याउँछन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- विभिन्न आठ देशमा गरिएका अनुसन्धानको विश्लेषण गर्दा व्यापक मात्रामा केक, कूकी, तयारी अवस्थाका खाद्य पदार्थ वा त्यस्तै प्रकारका खानेकुराहरू खाँदा अल्पायुमै हुने मृत्युको जोखिम बढ्ने सम्भावना भएको देखिएको छ।

कोलम्बिया, चिले, मेक्सिको, ब्रजिल, अस्ट्रेलिया, क्यानडा, यूके र अमेरिकाबाट अतिप्रशोधित खानेकुरा (अल्ट्रा-प्रोसेस्ड फूड ‘यूपीएफ’) सँग सम्बन्धित डेटा सङ्कलन गरेर ब्रजिलस्थित ओज्वाल्डो क्रुज फाउन्डेशन अर्थात् फियोक्रुजका डा एड्वार्डो निल्सनको टीमले विश्लेषण गरेको थियो।

उक्त अध्ययनको नतिजा भर्खरै अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित भएको छ। त्यसमा विज्ञहरूले यूपीएफको खपत कम गर्ने उद्देश्यका साथ सरकारहरूलाई पोषणसम्बन्धी मापदण्ड तय गर्न आह्वान गरेका छन्।

ब्रजिलको वयस्क जनसङ्ख्यामध्ये आधाको तौल हुनुपर्ने भन्दा बढी छ। विश्व स्वास्थ्य सङ्गठनको सन् २०२२ को तथ्याङ्कअनुसार त्यहाँ चारमध्ये एक जनामा चिकित्सकीय रूपमै ‘मोटोपन’को अवस्था रहेको छ।
फियोक्रुजले उक्त देशको स्वास्थ्य मन्त्रालयलाई बढ्दो स्वास्थ्य चुनौती सामना गर्नका निम्ति सहयोग गर्न उक्त अध्ययनको नेतृत्व गरेको हो।

कोलम्बियाजस्ता यूपीएफ कम खपत गर्ने देशका तुलनामा यस्ता खानेकुरा अधिक प्रयोग गर्ने देशहरूमा अल्पायुमै हुने मृत्यु चार प्रतिशतदेखि १४ प्रतिशतसम्म बढी देखिएको छ।

त्यसरी यूपीएफ धेरै खपत गर्ने देशहरूमा यूके र अमेरिका अगाडि देखिएका छन्। यो ती अनुसन्धानकर्ताहरूको ‘म्याथम्याटिकल मोडलिङ’का आधारमा निस्किएको नतिजा हो। उनीहरूले गरेको विश्लेषणअनुसार यूकेमा वयस्कहरूको पोषणको मात्रामा ५३ प्रतिशत यूपीएफको हिस्सा हुने गरेको छ। त्यो भनेको अमेरिकापछिको दोस्रो अधिक मात्रा हो।

ती अनुसन्धानकर्ताहरूको विश्लेषणअनुसार सन् २०१८/१९ मा यूकेमा भएका झन्डै १७,७८१ वटा अल्पायुका मृत्युको सम्बन्ध यूपीएफसँग हुन सक्ने देखिएको छ।

लन्डनको किङ्स यूनिभर्सिटीस्थित पोषणविज्ञान विभागकी रिसर्च फेलो डा मेगन रोसी भन्छिन्, “तथ्याङ्कहरू दरिलै खालका छन्। मृत्युदरको जोखिमसँग यूपीएफको सम्बन्ध मेरा लागि धेरै अचम्मको कुरा होइन।”

“हामीलाई लामो समयदेखि के थाहा छ भने फाइटोकेमिकल र फाइबर समावेश भएका खानेकुराहरूले हाम्रो कोषहरूलाई अक्सिडाइजेशन र सुजनबाट जोगाउँछन्। ती खानाहरू अत्यावश्यक र रोगविरुद्ध लड्न सुरक्षा दिने खालका हुन्छन् अनि यदि हामीले त्यस्ता खानाको मात्रा घटायौँ भने त्यस्तो सुरक्षा गुमाउँछौँ,” उनले बीबीसीसँग भनिन्।
उनी त्यसको नकारात्मक असर दुई गुना हुने बताउँछिन्। यदि तपाईँले धेरै यूपीएफ मात्र खपत गर्नुभयो भने तपाईँले फलफूल र सागसब्जीमा जस्तो एन्टिअक्सिडेन्ट प्राप्त गर्नुहुन्न।

उनका अनुसार यस्ता खानेकुरालाई धेरै स्वादिष्ट बनाइएको हुने र त्यसले धेरै बेरसम्म अघाउने नबनाउने भएकाले पनि मानिसहरूले थप खाना खाने गर्छन्।

शैली
वैज्ञानिकहरू यूपीएफ हाम्रो स्वास्थ्यका लागि हानिकारक छ भन्ने खालका तथ्यहरू आइरहेकोमा सहमत भए पनि त्यसले खराब नै असर गर्छ भन्नका लागि शतप्रतिशत सुनिश्चित हुन सकिरहेका छैनन्।

खराब स्वास्थ्यका लागि यूपीएफ जिम्मेवार रहेको कैयौँ अध्ययनहरूले देखाएका भए पनि एउटाले अर्कोलाई प्रभावित गर्छ भन्ने स्पष्ट प्रमाण नभएकाले त्यसलाई अझै पनि अपूर्ण मानिएको छ र प्रमाणित भएको छैन।

यद्यपि अध्ययनकर्ताहरूले विभिन्न स्वास्थ्य अवस्था र यूपीएफबीच लगातार सम्बन्ध रहेको पत्ता लगाएका छन्। ब्रिटिश मेडिकल जर्नलमा गत वर्ष प्रकाशित एउटा शोधपत्रको अनुसन्धानका क्रममा एक करोड यूपीएफ सेवनकर्ताहरूमाथि अनुसन्धान गरिएको थियो।

त्यसमा उल्लेख भएअनुसार अध्ययनकर्ताहरूले मानिसहरूको मृत्युको उच्च जोखिम निम्त्याउने कारणहरूमा मुटुसँग सम्बन्धित बिरामी, मोटोपन, टाइप टू मधुमेह, एङ्जाइटी र डिप्रेशनजस्ता कुरा भएको औँल्याएका थिए।

यद्यपि त्यो अध्ययनमा समेत प्रशोधित खानेकुरा रोगको कारण हो वा त्यसमा प्रयोग भएका कारण उच्च मात्रामा चिल्लो पदार्थ, चिनी र नुनको अति सेवन रोगको कारण हो भन्ने पत्ता लगाउन सकेको पाइएको थिएन। यी तत्त्वहरू तौल बढाउन र केही क्यान्सरका कारकका रूपमा चिनिएका छन्।

कैयौँ पोषणविद्हरूले डा निल्सनको अध्ययनको सीमितताबारे प्रश्न उठाएका छन्। यूनिभर्सिटी अफ केम्ब्रिजस्थित एमआरसी बायोस्टटिस्टिक्समा कार्यरत विज्ञ स्टीभन बर्जेस उक्त अध्ययन अवलोकनमा आधारित रहेको र त्यसले कारणलाई प्रमाणित गर्न नसकेको बताउँछन्।

“यस प्रकारको अनुसन्धानले अतिप्रशोधित खानाको उपभोग हानिकारक छ भनेर प्रमाणित गर्न सक्दैन तर यसको खपतलाई खराब स्वास्थ्य परिणामहरूसँग जोड्न सकिने प्रमाणहरू चाहिँ दिन्छ,” उनले भने।

“के चाहिँ सम्भव छ भने वास्तविक जोखिमका कारक अतिप्रशोधित खानाहरू होइनन् तर त्यससँग सम्बन्धित उपयुक्त शारीरिक कसरतहरू हुन सक्छन् र अतिप्रशोधित खानेकुराहरू चाहिँ भूमिकाविहीन तत्त्व बराबर हुन सक्छन्।”

“तर जब हामी यी सम्बन्धहरू धेरै देशहरू र संस्कृतिहरूमा दोहोरिएको देख्छौँ त्यसले कतै अति प्रशोधित खानेकुराहरू त्यस्ता भूमिकाविहीन तत्त्व बढी नै पो हुन् कि भन्ने शङ्का उत्पन्न हुन्छ।”

अतिप्रशोधित खानेकुरा कसरी चिन्ने
विगत ५० वर्षमा खानेकुराको उत्पादन नाटकीय रूपमा परिवर्तन भएको छ। यूपीएफलाई कति पटक औद्योगिक प्रशोधनबाट त्यो खानेकुरा गुज्रिएको छ र त्यसमा कति प्रकारका तत्त्वहरू मिसाइएको छ भन्ने आधारमा परिभाषित गर्न सकिन्छ।

प्राय: राम्ररी पढ्न नसकिने गरी यस्ता खानेकुराका प्याकेटमा मिश्रण गरिएका तत्त्वहरूबारे लेखिएको हुन्छ। अधिकांश यस्ता खानेकुरामा उच्च मात्रामा चिल्लो पदार्थ, चिनी वा नुन प्रयोग गरिएको हुन्छ र ती खानेकुरालाई ‘फास्ट फूड’ भनेर चिनिन्छ।

मानिसहरूले कम उपभोग गर्ने खानेकुरामा फलफूल र सागसब्जीजस्ता कुराहरू पर्छन्। तर ती खानेकुराहरू प्रशोधित होइनन्। प्रशोधित खानेकुराहरूलाई स्वादिलो, दीर्घकालसम्म टिक्ने बनाउनका लागि अधिक मात्रामा नुन, तेल वा चिनी प्रयोग गरिन्छ भने कतिपयलाई अमिल्याएर बनाउने पनि गरिन्छ।

अतिप्रशोधित खानेकुराका उदाहरणहरूमा आइसक्रीम, प्रशोधित मासु, चिप्स, व्यापक रूपमा उत्पादन गरिने पाउरोटी, ब्रेकफास्टका बेला खान मिल्ने खालका सिरिअल्स, बिस्किट्स, प्रशोधित पेय पदार्थलगायत पर्छन्।

हामी यस्ता खानेकुराहरू किन खान्छौँ भने धेरै सम्मिश्रणहरू यसरी बनाइएका हुन्छन् कि ती चाख्नेबित्तिकै खाँऊखाँऊ लाग्ने गरी स्वादिष्ट हुन्छन्। यस प्रकारका सामग्रीहरू सस्तो र सहज हुन्छन् भने विशेष गरी बालबालिकालाई लक्षित गरी यी खानेकुराको व्यापक विज्ञापन गरिएको हुन्छ।

डा रोसीका अनुसार त्यस्तो हुनुको एउटा कारण के पनि हो भने अतिप्रशोधित खानेकुारहरू खाने मानिसहरूमा अधिक मात्रामा अस्वस्थकर बानीहरू पनि बसेको हुने गर्छ। त्यस्ता बानीहरूमा धूमपान र मद्यपान गर्ने तथा कसरत वा शारीरिक श्रम कम गर्ने आदि पर्छन्।

यी हुन् चिन्ता गर्नुपर्ने विषय
तपाईँले चिन्न नसक्ने प्रकारका तत्त्वहरू
प्याकेटमा पाँचभन्दा बढी तत्त्वहरूको सूची दिइनु
खानामा मिसाइको कुनै तत्त्व जसलाई तपाईँकी हजुरआमाले खानाका रूपमा पहिचान गर्नुहुन्नथ्यो

केही निश्चित पदार्थले खानेकुरा अतिप्रशोधिन हुन् भन्ने सङ्केत गर्न सक्छन्
तरल पदार्थलाई बाक्लो बनाउने ‘मोडिफाइड स्टार्च’ अर्थात् स्वरूप फेरिएको माडजस्ता पदार्थ
गमहरू (ज्यान्थम गम, ग्वार गम)
इमल्सिफाइअर (जस्तै, सोया लेसिथिन र क्यारगीनन)
चिनीको विकल्पमा प्रयोग गरिने गुलियो बनाउने तत्त्वहरू ( जस्तै, एस्पर्टेम र स्टीभिआ)
बोटबिरुवाबाट नबन्ने कृत्रिम खाद्य रङ्गहरू
कृत्रिम स्वाद बढाउने सामग्रीहरू जुन तपाईँले न आफ्नो भान्सामा देख्नुहुन्छ न सूपरमार्केटमा किन्न पाउनुहुन्छ – बिबिसीबाट साभार

Previous Post

हेराफेरीः३ मा अब परेश रावल नहुने

Next Post

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष दाहाल

metakhabar

metakhabar

सम्बन्धित खबर

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
आवाज

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

८ चैत्र २०८२,
हिमपातले किसानलाई राहत
आर्थिक

हिमपातले किसानलाई राहत

८ चैत्र २०८२,
रसुवा अस्पतालद्वारा सेवा विस्तार
आवाज

रसुवा अस्पतालद्वारा सेवा विस्तार

८ चैत्र २०८२,
आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
आर्थिक

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

८ चैत्र २०८२,
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आवाज

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

८ चैत्र २०८२,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

८ चैत्र २०८२,
Load More
Next Post
हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष दाहाल

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In