• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

metakhabar by metakhabar
४ जेष्ठ २०८२,
0
‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै सहायताको निरन्तरताका लागि संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन्।

स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनको ७८ औँ सभा शुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताए।

नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रहरूको सूचीमा स्तरोन्नतिका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ।

प्रजनन उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्त्वपूर्ण सेवा तथा पाँच वर्षमुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको मन्त्री पौडेलले बताए। उनले ३५ लाख वयस्कले प्रजनन शिक्षा तथा सेवामा सहयोग कटौतीले प्रभाव पर्ने जानकारी दिए।

“प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालका मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रम जस्ता प्रमुख स्वास्थ्य कार्यक्रमहरू प्रभावित हुने देखिएको छ,” मन्त्री पौडेलले भने, “समस्यासँग जुध्न नेपालले यी क्षेत्रमा आन्तरिक बजेट वृद्धि गरेको छ।”

सहयोग र बजेट कटौतीका बावजुद नेपालले आन्तरिक स्रोतबाट लगानी बढाउने प्रयास गरेको भन्दै मन्त्री पौडेलले तर पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रूपमा रहेको बताए।
मन्त्री पौडेलले विश्वका अल्पविकसित देशहरू सहयोग कटौतीको मारमा परेको भन्दै स्वास्थ्य चुनौती सामना गर्नका लागि राष्ट्रसङ्घ तथा दातृ निकायहरूले दिगो आर्थिक तथा प्राविधिक सहयोगमा जोड दिनुपर्ने उल्लेख गरे।

मन्त्री पौडेलले बैठकमा नेपालले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा प्राप्त गरेको सफलताबारे जानकारी दिएका थिए। नेपालले सन् २०२३ मा मातृ मृत्युदर प्रति एक लाख जन्ममा हुने मृत्युदर सन् २००० को तुलनामा ७१ प्रतिशतले गिरावट ल्याएको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री पौडेलले सुधार जारी रहेमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।

Previous Post

‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

Next Post

सर्लाहीमा तस्लीम अन्सारीमाथि अमानवीय हमला, सुंगुरको खोरमा थुनेर कुटपिट, १० जना पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
सर्लाहीमा तस्लीम अन्सारीमाथि अमानवीय हमला, सुंगुरको खोरमा थुनेर कुटपिट, १० जना पक्राउ

सर्लाहीमा तस्लीम अन्सारीमाथि अमानवीय हमला, सुंगुरको खोरमा थुनेर कुटपिट, १० जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In