• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वाधार अभावले कोरला नाका सञ्चालनमा चुनौती

metakhabar by metakhabar
२ जेष्ठ २०८२,
0
पूर्वाधार अभावले कोरला नाका सञ्चालनमा चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोरला (मुस्ताङ)। गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गरेपछि स्थानीयवासीले आर्थिक गतिविधि बढ्ने आशा राखेका थिए। तर, उद्घाटन भएको केही दिनमै बन्द भएको सेवा जेठ महिना लागिसक्दा पनि पुनः सञ्चालन हुन सकेको छैन। लामो समयसम्म अध्यागमन कार्यालय बन्द रहँदा स्थानीय व्यापारीहरू मर्कामा परेका छन्।

अहिले नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ र यो कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल कायमै छ। नाका पूर्ण रूपमा सञ्चालनका लागि भन्सार कार्यालयका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइनको स्थापना हुन बाँकी छ। भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन अनिवार्य मानिन्छ। स्थानीयहरू सरकारले कोरला नाका सञ्चालनमा सक्रियता नदेखाएको गुनासो गर्छन्।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्यहर्वु गुरुङका अनुसार अध्यागमन कार्यालयको उद्घाटनपछि नाकाबाट वारपार गर्न र व्यापारिक कारोबार सहज हुने अपेक्षा गरिएको भए पनि त्यो पूरा हुन सकेको छैन। नाकामा सुरक्षा व्यवस्था पनि कमजोर रहेको उनको भनाइ छ। नाकानजिकै नेपालतर्फ टिनले छाएको चारकोठे भवनबाहेक अन्य पूर्वाधार नहुँदा मानिस त्यहाँ लामो समय रोकिन सक्ने अवस्था छैन। पानी पर्दा ओत लाग्ने ठाउँसमेत नभएको उनले बताए।

“लोमान्थाङबाट नाका २१ किलोमिटर टाढा छ। नाका पुग्न १३ किलोमिटर अगाडि न्हेछुङमा प्रहरी चौकी (यस क्षेत्रको अन्तिम चौकी) भए पनि नाकामा प्रहरीको उपस्थिति कमजोर छ,” अध्यक्ष गुरुङले भने। नाकामा पूर्वाधार नभएको र तीव्र गतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिक्न गाह्रो हुने गरेको छ। त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गरेका छन्। कोरला नाकामा चीनतर्फ भने सुविधासम्पन्न अध्यागमन कार्यालय, भन्सार र सुरक्षाकर्मी बस्ने व्यवस्था छ।

“सरकारले सामान्य टेन्टको पनि व्यवस्था गरेको छैन, सुरक्षाकर्मीका लागि बस्ने भवन छैन, विद्युत्को पोल भए पनि बिजुली पुगेको छैन,” उनले थपे, “पूर्वाधार निर्माण गरी नाकाको प्रभावकारी सञ्चालन हुनसके मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकावासीले लाभ लिने थिए।” नाकामा खानेपानी र ल्याण्डलाइन फोनको सुविधा नहुँदा पनि समस्या भएको उनको भनाइ छ। गुरुङका अनुसार नाका सहज रूपमा सञ्चालनमा आए चिनियाँ पर्यटकको नेपाल आगमन पनि सहज हुनेछ। “अहिले पनि चीनबाट पाँच सय डलरसम्म खर्चेर नेपाल आउन चिनियाँ पर्यटक इच्छुक छन्, तर नेपालतर्फको अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा समस्या भइरहेको छ,” उनले भने।

कोरला नाकामा व्यापार गर्दै आएका जिग्मे आङ्मा गुरुङका अनुसार भवन नहुँदा व्यापारीहरू खुला चौरमा व्यापार गर्न बाध्य छन्। “अहिले पनि हामी खुला चौरमै व्यापार गरिरहेका छौँ। पानी पर्दा र हुरी चल्दा समस्या हुन्छ,” उनले भने, “सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिए व्यापार गर्न सहज हुने थियो।” उनीजस्ता व्यापारीहरू बिहान ९ बजे चीनतर्फ जाने र त्यहाँबाट सामान लिएर दिउँसो २ बजेसम्म फर्कने गरेका छन्।

चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन्। नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी र पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ।

कोरला नाका राजनीतिक रूपमा पनि महत्त्वपूर्ण छ। २०७२ सालको भूकम्पपछि तातोपानी र केरूङसँगै यो नाकाको पनि चर्चा भएको थियो। यो नाका सहज रूपमा सञ्चालनमा आउँदा यस क्षेत्रले ठूलो आर्थिक लाभ लिन सक्ने व्यापारी गुरुङको बुझाइ छ। व्यापार गर्ने र नाका पुगेकाहरूका लागि आवश्यक पूर्वाधार नहुँदा धेरै समस्या हुने गरेको उनले बताए। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेश पास दिने गरिएकाले उनीहरू सहजै चीन जान पाउँछन् भने अन्यलाई विशेष पासको व्यवस्था गरिएको छ।

कोरला नाकामा एकीकृत भन्सार कार्यालय खोल्न सरकारले १३४४ रोपनी जग्गा भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया चार वर्षदेखि सुरु गरे पनि अहिलेसम्म आवश्यक संरचना निर्माण सुरु भएको छैन। यद्यपि, यसका लागि सीमाङ्कन गरी सिफारिस भने भइसकेको छ।

कोरला नाकाबाट ल्याएको सामान जाँच गर्न १३ किलोमिटर टाढा न्हेछुङ पुग्नुपर्ने बाध्यता छ। चीनले सीमा नजिकै जाँचपासको व्यवस्था गरे पनि नेपालले पूर्वाधार निर्माण गर्न नसकेको स्थानीयको गुनासो छ।

यो नाका तिब्बतमा रहेको हिन्दूहरूको आस्थाको केन्द्र कैलाश र मानसरोवर जानका लागि पनि उपयुक्त मानिन्छ। लोमान्थाङबाट तिब्बततर्फ ४० किलोमिटरमा ढोङवासेन पर्छ। त्यहाँबाट करिब ६०० किलोमिटर दूरी पार गरेपछि मानसरोवर पुग्न सकिन्छ। नाका सहज रूपमा सञ्चालन हुने हो भने नेपालबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज बाटो बन्न सक्ने स्थानीय जानकार बताउँछन्।

पछिल्ला केही वर्षमा आन्तरिक पर्यटक कोरला नाकासम्म पुग्ने गरेका छन्। उनीहरूका लागि खानेपानी र शौचालयको व्यवस्था छैन। पर्यटक त्यहाँ रहेको २४ नम्बर पिलरमा तस्बिर लिन्छन् र फर्कन्छन्। त्यहाँ पुग्न सडकको पहुँच भए पनि बस्ने सुविधा नहुँदा पर्यटक केही समय घुमेर फर्कने गरेका छन्। न्हेछुङमा रहेको प्रहरीका अनुसार पर्यटक आउने समयमा दैनिक औसतमा तीन सयवटा सवारीसाधन आउने गरेका छन्।

यसअघि गत कात्तिक दोस्रो सातामा गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोलीले कोरला नाकाको निरीक्षण गरी कोरलामा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिएको थियो। जसमध्ये खानेपानी, शौचालय र फोहोर व्यवस्थापनको काम तत्कालै गर्नुपर्ने सुझाव दिइएको थियो।

यो नाका कोरोना महामारीको समयमा २०७६ सालमा पूर्ण रूपमा बन्द भएको थियो। त्यसको चार वर्षपछि २०८० साल कात्तिक २७ गते सञ्चालनमा आएको थियो। त्यसअघिका वर्षमा नाकामा वर्षमा दुईपटक वैशाख–जेठ र दसैँका समयमा अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो। तर, कोरोना महामारीपछि व्यापार मेला हुन सकेको छैन। नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता भएको तत्कालीन समयमा समितिले सुझाव दिएको थियो। नाकाको प्रभावकारी सञ्चालनका विषयमा दुवै देशका अधिकारीहरूबीच पटकपटक छलफल पनि भइसकेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा पनि कोरला नाका सञ्चालनका विषयमा चासोपूर्वक छलफल भएको थियो।

जोमसोमदेखि कोरला नाकासम्म ११० किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच विस्तार भएको छ। गण्डकी प्रदेश सरकारले चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकता दिएर स्तरोन्नति अगाडि बढाएको छ। यो सडक निर्माणपछि आर्थिक र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

Previous Post

सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ : अध्यक्ष दाहाल

Next Post

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In