काठमाडौं, गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक यो गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय एवं नृत्य देख्न सकिन्छ ।
सार्वजनिक गीतमा मोहन थापाको शब्द, सुवास भुषालको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ ।
शिशिर खातीको निर्देशन रहेको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमकहानी देख्न सकिन्छ । राम कुमार केसीको छायाँकन रहेको भिडियो मनोज कार्कीको सम्पादनपश्चात सार्वजनिक भएको हो ।













