• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्लडप्रेसर लो भयो भने कस्तो असर पर्छ ?

metakhabar by metakhabar
३१ बैशाख २०८२,
0
ब्लडप्रेसर लो भयो भने कस्तो असर पर्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– शरीरलाई सामान्य रूपमा चलायमान राख्न रगतको प्रवाह सन्तुलित हुनु आवश्यक हुन्छ। तर जब शरीरमा रगतको दबाव असामान्य रूपमा घट्छ । यसलाई चिकित्सा भाषामा “हाइपोटेन्सन” वा “लो ब्लडप्रेसर” भनिन्छ। धेरै मानिसलाई उच्च रक्तचापबारे जानकारी हुन्छ, तर लो ब्लडप्रेसर पनि त्यत्तिकै गम्भीर र घातक हुन सक्छ।

विशेषज्ञका अनुसार, जब मानिसको सिस्टोलिक (माथिल्लो) ब्लडप्रेसर ९० mmHg भन्दा कम र डायस्टोलिक (तल्लो) ब्लडप्रेसर ६० mmHg भन्दा कम हुन्छ, त्यो अवस्था ‘लो ब्लडप्रेसर’ हो। यस्तो अवस्थामा शरीरका प्रमुख अंगहरू – मस्तिष्क, मुटु, मिर्गौला आदिमा पर्याप्त अक्सिजनयुक्त रगत नपुग्नाले गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ।

ब्लडप्रेसर लो हुनुको मुख्य कारणहरू
१. शरीरमा पानीको कमी
गर्मी, बान्ता, पातलो दिसा, अत्यधिक पसिना आदिका कारण शरीरबाट तरल पदार्थ निस्कँदा रक्तचाप घट्न सक्छ।

२. रक्तस्राव:
अत्यधिक रगत बग्दा शरीरको भोल्युम घट्छ, जसले सिधा ब्लडप्रेसरमा असर गर्छ। यो आन्तरिक चोट, दुर्घटना वा महिनावारीमा अत्यधिक रक्तस्रावका कारण हुन सक्छ।

३. मुटुका समस्या:
हृदयले ठीकसँग पम्प गर्न नसक्दा रगतको प्रवाह कम हुन्छ, जसले रक्तचाप घटाउँछ।

४. हार्मोनको असन्तुलन:
थाइराइड, एड्रिनल ग्रन्थि र मिर्गौला सम्बन्धी समस्याले पनि लो ब्लडप्रेसर निम्त्याउन सक्छ।

५. औषधिको असर:
मुटु, डिप्रेसन, पिसाब बढाउने वा उच्च रक्तचापको औषधिले रक्तचाप अत्यधिक कम गरिदिन सक्छ।

६. गर्भावस्था:
गर्भावस्थामा हर्मोनको परिवर्तन र रक्तवाहिनीहरूको विस्तारका कारण महिलाहरूमा लो ब्लडप्रेसर सामान्य देखिन्छ।

७. न्यूरोलोजिकल अवस्था:
पार्किन्सन, न्यूरोपेथी वा spinal cord injury ले पनि रक्तचाप नियन्त्रण गर्ने प्रणालीमा असर पुर्‍याउँछ।

ब्लडप्रेसर लो हुँदा देखिने प्रमुख लक्षणहरू
टाउको हल्का हुने वा चक्कर लाग्ने
बेहोस हुने वा चेत गुमाउने
आँखा धमिलो देखिने
अत्यधिक थकान वा कमजोरी महसुस हुने
सास फेर्न गाह्रो हुने
मुटुको गति अनियमित हुने
छाला चिसो र सुनसान हुनु
मानसिक अन्योल, स्मरण शक्ति कमजोर हुनु
यदि यी लक्षणहरू पटक–पटक दोहोरिँदै छन् भने, तुरुन्त स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ। समयमै उपचार नगरे गम्भीर स्वास्थ्य जटिलता आउन सक्छ।

गम्भीर जोखिमहरू
ब्लडप्रेसर लामो समयसम्म लो रह्यो भने शरीरका महत्वपूर्ण अंगमा रगत नपुग्ने हुनसक्छ। यसले निम्न जटिलताहरू ल्याउन सक्छ:

मस्तिष्कमा असर:
अचानक चेत गुम्ने, स्मृति गुम्ने वा ब्रेन ड्यामेजसम्म हुन सक्छ।

मिर्गौलाको क्षति:
अपर्याप्त रक्त प्रवाहले मिर्गौलाले काम गर्न छोड्न सक्छ – जसले डायलासिससम्म पुर्याउन सक्छ।

हृदयघात
मुटुमा रगत नपुग्दा अक्सिजनको कमी हुन्छ, जसले घातक हृदयघात निम्त्याउन सक्छ।

झट्का (Shock) अवस्था:
अत्यधिक रक्तचाप कम हुँदा शरीरको प्रणाली काम गर्न छोड्छ, जुन जीवनघातक हुनसक्छ।

लो ब्लडप्रेसरबाट बच्ने सजिला उपायहरू
१.पर्याप्त पानी पिउनुहोस्:
पानी वा इलेक्ट्रोलाइटयुक्त तरल पदार्थ दिनभरि पिउनुहोस्।

२. बेलाबेलामा सानो सानो मात्रामा खानुहोस्:
लामो समय खाली पेट नराख्नुहोस्, सन्तुलित खाना खानुहोस्।

३.नुनयुक्त पेय पदार्थ सेवन गर्नुहोस्:
ORS वा नुन–चिनी पानी शरीरको सन्तुलन मिलाउन सहयोगी हुन्छ।

४. ओठारिएर उठ्दा ध्यान दिनुहोस्:
अचानक उठ्दा चक्कर लाग्न सक्छ, बिस्तारै उठ्ने बानी बसाल्नुहोस्।

५.क्याफिनयुक्त पदार्थको सन्तुलन:
कफी, चिया जस्ता पदार्थले ब्लडप्रेसर बढाउन सक्छ तर अत्यधिक सेवन गर्नु हानिकारक हुन्छ।

६.व्यायाम:
नियमित हल्का व्यायाम, योग वा प्राणायाम रक्तप्रवाह सन्तुलनमा राख्न सहयोगी हुन्छ।

७. शरीरमा आइरन र भिटामिन बी–१२ को मात्रा मिलाउनुहोस्:
यी तत्वहरूको कमीले पनि ब्लडप्रेसर घट्न सक्छ।

Previous Post

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

Next Post

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In